Dictionary

All Word

68551 मयल२ ना. १. शरीरबाट निस्कने विकार (कफ, पसिना, विष्ठा आदि)।
68552 मयल२ ना. २. दोष; विकार।
68553 मयल२ ना. ३. फोहोर पदार्थ; कस।
68554 मयलपोस ना. तुना बाँधेर सुरुवालका साथ जिउमा लाइने, झन्डै घुँडासम्म लत्रिएको एक किसिमको फेरवाल पोसाक; लबेदा; दौरा।
68555 मयाँलु वि. हे. मयालु।
68556 मयायु ना. सरकारले दयामाया गरी कसैलाई आयस्ता खान दिएको जग्गा वा भत्ता।
68557 मयालु वि. मायाँलु; मायालु; स्नेहमयी।
68558 मयूख ना. १. किरण; रश्मि; कान्ति।
68559 मयूख ना. २. चमक; दीप्ति; उज्यालो; प्रकाश।
68560 मयूख ना. ३. ज्वाला; लप्को।
68561 मयूख ना. ४. शोभा।
68562 मयूर ना. १. मुजुर।
68563 मयूर ना. २. एक फूल।
68564 मयूर ना. ३. 'सूर्यशतक'-का रचयिता एक कवि।
68565 मयूर ना. ४. पुराणअनुसार सुमेरु पर्वतभित्रको एक पर्वत।
68566 मयूरकेतु ना. स्वामिकार्तिक; स्कन्द।
68567 मयूरगति ना. प्रत्येक चरणमा पाँच यगण, त्यसपछि मगण, यगण र भगण हुने चौबिस अक्षरको एक वार्णिक छन्द।
68568 मयूरगामी ना. मयूरमा सवार हुने कार्तिकेय।
68569 मयूरपङ्खा ना. मुजुरको प्वाँखबाट तयार पारिएको एक थरी पङ्खा।
68570 मयूरशिखा ना. १. भाले मुजुरको टाउकामा हुने प्वाँखको शिखा वा सिउर।
68571 मयूरशिखा ना. २. सहस्र बुटी।
68572 मर्नु अ.क्रि. १. जीवजन्तु वा प्राणीको शरीरबाट सदाका लागि प्राण निस्कनु; आयु वा जीवनको अन्त हुनु; स्वर्गे हुनु; मृत्यु हुनु।
68573 मर्नु अ.क्रि. २. वनस्पति, वृक्ष आदि ओइलाएर सुक्नु।
68574 मर्नु अ.क्रि. ३. कामको बढी चापले साऱ्है कष्ट हुनु।
68575 मर्नु अ.क्रि. ४. कुनै कामकुरालाई अत्यधिक महत्त्वपूर्ण ठानेर त्यसका लागि हरेक प्रकारको कष्ट भोग्न तयार हुनु।
68576 मर्नु अ.क्रि. ५. खेलमा पराजित हुनु; पासा, पच्चिस आदिमा कुनै गोटी अरूद्वारा खाइनु।
68577 मर्नु अ.क्रि. ६. नष्ट हुनु; नरहनु (लाज, सङ्कोच, घिन आदि)।
68578 मर्नु अ.क्रि. ७. असह्य कष्ट हुनु।
68579 मर ना. १. मृत्यु।
68580 मर ना. २. मर्त्यलोक; पृथ्वी।
68581 मरकत ना. पन्ना नामक एक रत्न।
68582 मरक्क क्रि.वि. १. लाज, माया, अनुराग आदिले आङ मर्काउने गरी; सर्माएर।
68583 मरक्क क्रि.वि. २. दाँत आदिले चपाएर।
68584 मरट्ठी ना. बोतलको काग वा बिर्कोमा च्यापी घुमाएर झिक्ने झिरजस्तो साधन।
68585 मरण ना. १. मर्ने काम वा भाव; मृत्यु; देहान्त; निधन।
68586 मरण ना. २. साहित्यमा वियोगमा मरणासन्न हुने अवस्थाको एक व्यभिचारी भाव।
68587 मरणशील वि. मर्ने स्वभाव वा धर्म भएको।
68588 मरणान्त/मरणान्तक वि. १. नमरुन्जेल मात्र रहने; मरेपछि अन्त हुने।
68589 मरणान्त/मरणान्तक वि. २. ज्यादै कष्टपूर्ण; दुःखदायी।
68590 मरणाशौच ना. आफन्त कसैको मृत्यु हुनाले सम्बन्धी वा बन्धुवर्गलाई लाग्ने जुठो; मृत्युको आशौच।
68591 मरणासन्न वि. मर्न आँटेको; मर्न लागेको; मर्ने स्थितिमा पुगेको।
68592 मरणोत्तर क्रि.वि. मरिसकेपछि; मृत्युपछि; मृत्युउप्रान्त।
68593 मरणोन्मुख वि. मरणासन्न।
68594 मरणोपरान्त ना. मरेपछि; मृत्युपश्चात्।
68595 मरन ना. मरण; मृत्यु।
68596 मरनघाट ना. मसान; सागर।
68597 मरन्च्याँसे वि. तत्कालै मरिहाल्ला कि जस्तो दुब्लो; सिट्ठो; फुकीढल।
68598 मरमर१ ना. एक किसिमको सेतो चिल्लो ढुङ्गो।
68599 मरमर२ क्रि.वि. १. झुरो वस्तु चपाउँदा शब्द आउने गरी; मरमरी।
68600 मरमर२ क्रि.वि. २. सुकेका पातपतिङ्गर माडिँदाको आवाज निस्केर। ना.