Dictionary

All Word

68701 मर्जी ना. १. अह्रोट; आदेश; आज्ञा; आडर।
68702 मर्जी ना. २. कुनै कामकुरामा दिइने सहमति; मन्जुरी; स्वीकृति।
68703 मर्जी ना. ३. राणाशासनका समयमा प्रधानमन्त्रीभन्दा तलका उच्च अधिकारीले दिने आज्ञा।
68704 मर्जी ना. ४. मनसुबा; इच्छा।
68705 मर्तापर्ता ना. रैती मर्नाले बाँझो रहेको जग्गा।
68706 मर्त्य ना. १. मान्छे; मनुष्य; मानव।
68707 मर्त्य ना. २. मर्त्यलोक; पृथ्वी। वि.
68708 मर्त्य ना. ३. नाश हुने वा मर्ने स्वभाव भएको; मरणशील।
68709 मर्थरी ना. अलखा; कठालो नभएको ह्वार्लाङे कुर्था।
68710 मर्द ना. १. पुरुष जातिको व्यक्ति; लोग्नेमान्छे; पुरुष; भाले। वि.
68711 मर्द ना. २. पुरुष जातिको; पुंस्त्व भएको।
68712 मर्द ना. ३. शक्तिशाली; वीर; जमामर्द।
68713 मर्द ना. ४. साहसी; आँटी।
68714 मर्दन ना. १. जिउमा तेल, बुकुवा आदि घस्ने काम; तेलारी; मालिस।
68715 मर्दन ना. २. रगड्ने वा मिच्ने काम; आङमिचाइ।
68716 मर्दन ना. ३. सताउने काम।
68717 मर्दन ना. ४. नाश; विध्वंश।
68718 मर्दल ना. मृदङ्गका छाँटको एक थरी प्राचीन तालबाजा।
68719 मर्दाङ्गी ना. मर्दसुहाउँदो काम; बहादुरी; पौरख।
68720 मर्दाना वि. १. मर्दको; मर्दसँग सम्बन्धित (धोती, शौचालय आदि)। वि. जनाना।
68721 मर्दापर्दा क्रि.वि. गाह्रोसाङ्ग्रो परेको बेलामा; अप्ठेरो स्थिति देखेर।
68722 मर्दित वि. १. मर्दन गरिएको; मालिस गरिएको; माडिएको।
68723 मर्दित वि. २. पीडित।
68724 मर्दित वि. ३. दबाइएको।
68725 मर्दित वि. ४. नाश पारिएको; विध्वस्त।
68726 मर्द्याइँ ना. १. मर्द हुनाको भाव वा अवस्था; पुरुषत्व; पुंस्त्व।
68727 मर्द्याइँ ना. २. मर्दको गुण वा अवस्था; वीरता; पराक्रम।
68728 मर्म ना. १. चोटपटक लाग्दा वा एक्कासि बज्रँदा साह्रै दुख्ने र ज्यानसमेत जाने सम्भावना हुने शरीरको कोमल अङ्ग; मर्मस्थल।
68729 मर्म ना. २. शरीरका हाड, नसा आदिको जोर्नी; सन्धिस्थल।
68730 मर्म ना. ३. गुप्ती कुरो; आन्तरिक रहस्य; भेद।
68731 मर्म ना. ४. भित्री आशय; केन्द्रीय भाव; तात्पर्य।
68732 मर्म ना. ५. भित्री चोट; आन्तरिक वेदना; मर्का।
68733 मर्मघाती वि. १. मर्ममा चोट पुऱ्याउने; साह्रै सताउने।
68734 मर्मघाती वि. २. मनमा आघात पुऱ्याउने।
68735 मर्मच्छेदन ना. १. कसैलाई मनमा चोट पुग्ने गरी वचन लाउने काम।
68736 मर्मच्छेदन ना. २. मर्ममा आघात पुऱ्याउने काम।
68737 मर्मच्छेदी वि. मर्मच्छेदन गर्ने, मनमा, दिलमा चोट पुऱ्याउने; मर्मभेदी।
68738 मर्मज्ञ वि. १. मर्म जान्ने।
68739 मर्मज्ञ वि. २. रहस्यको सुइँको पाएको।
68740 मर्मज्ञ वि. ३. वास्तविक तत्त्वसँग परिचित; तत्त्वज्ञ।
68741 मर्मत ना. १. बिग्रेको वा टुटेफुटेको वस्तुलाई फेरि ठिक पारेर राम्रो अवस्थामा ल्याउने काम।
68742 मर्मत ना. २. ठिक बाटामा ल्याउन गरिने मारपिट (लाक्षणिक अर्थमा)।
68743 मर्मभेद ना. १. मर्ममा चोट पुऱ्याउने काम; मन दुखाउने व्यवहार।
68744 मर्मभेद ना. २. रहस्य खोल्ने काम; रहस्यको उद्घाटन।
68745 मर्मभेदी वि. १. मर्मस्थलमा चोट पुऱ्याउने; मर्मच्छेदी।
68746 मर्मभेदी वि. २. सताउने; ज्यादै दुःख दिने। ना.
68747 मर्मभेदी वि. ३. बाण।
68748 मर्मर क्रि.वि. १. सुक्खा पातपतिङ्गर, खोस्मेरा आदि चलाउँदा वा हल्लँदा शब्द आउने गरी। ना.
68749 मर्मर क्रि.वि. २. त्यस्तो शब्द वा आवाज।
68750 मर्मवचन/मर्म वाक्य ना. हृदयमा आघात पर्ने कुरो; मनमा चोट पर्ने वचन।