Dictionary

All Word

68651 मरु२ ना. ऊसर जमिन; मरुभूमि।
68652 मरु३ अ.क्रि. छैन; नभएको (ढङ्ग मरु)।
68653 मरुई ना. लाम्चा पात, राता फूल, सेता टीकाटीका परेका हरिया फल र ठुलो कन्द हुने एक लहरो।
68654 मरु गणेश ना. काष्ठमण्डप वा काठमाडौँको छेउमा रहेका एक प्रसिद्ध गणेश; अशोक विनायक।
68655 मरुत् ना. १. हावा; वायु।
68656 मरुत् ना. २. वायुका देवता।
68657 मरुत् ना. ३. प्राण।
68658 मरुत्वान् ना. १. हनुमान्।
68659 मरुत्वान् ना. २. इन्द्र।
68660 मरुद्यान ना. मरुभूमिको रसिलो वा सेपिलो जमिन।
68661 मरुभूमि ना. पानी नभई सर्वत्र बालुवैबालुवा भएको, ज्यादै सुक्खा जमिन; रेगिस्तान; मरुस्थल।
68662 मरुले ना. सेती अञ्चलको अछाम जिल्लाहुँदो प्रत्येक वर्ष भाद्रसङ्क्रान्तिका दिन सार्वजनिक रूपमा मनाइने, गाईजात्रासँग मिल्दोजुल्दो एक चाड।
68663 मरुवा१ वि. १. मर्ने किसिमको; मरेर जाने।
68664 मरुवा१ वि. २. बहालवाला जागिरदार कोही मरेर रिक्त हुन गएको (कुनै पद वा खान्गी)।
68665 मरुवा२ ना. हे. मरु (बुटी)।
68666 मरुस्थल ना. मरुभूमि; रेगिस्तान।
68667 मरूद्भिद् ना. मरुभूमिमा पाइने बोटबिरुवा।
68668 मरोट/मरौट ना. मर्ने काम; मराइ।
68669 मरोट/मरौट छाप/बिर्ता ना. पुरानो चलनअनुसार देशको भलाइका निम्ति प्राण दिने मानिसका सन्तानलाई सरकारबाट जीविकाका लागि दिइने बिर्ता।
68670 मरौटे वि. १. मरेकाका लागि गरिने, मृतकका उद्देश्यको। ना.
68671 मरौटे वि. २. मर्ने रोग; रूढी।
68672 मरौटो ना. मृतकका निमित्तको वस्तु; मृतकका उद्देश्यले दिइने वस्तु।
68673 मरौपरौ ना. मर्दापर्दाको अवस्था; आपत्-विपत्मा हेर्नुपर्ने र अरू वेला सघाउनुपर्ने स्थिति।
68674 मर्कनु१ अ.क्रि. १. भाँचिए झैँ हुनु; टेढिनु; बाङ्गिनु।
68675 मर्कनु१ अ.क्रि. २. निमोठिनु; बटारिनु।
68676 मर्कनु१ अ.क्रि. ३. मर्मर चपाइनु।
68677 मर्कनु२ अ.क्रि. १. शरीरका अङ्गप्रत्यङ्ग भाँचिने, खँजाहा हुने गरी निमोठिनु वा बटारिनु।
68678 मर्कनु२ अ.क्रि. २. करकरी जिउ खानु; डाहा हुनु।
68679 मर्कट ना. १. बाँदर; लङ्गुर।
68680 मर्कट ना. २. माकुरो।
68681 मर्कट ना. ३. सारस।
68682 मर्कट ना. ४. एक किसिमको विष।
68683 मर्करी ना. १. पारो; पारोको बाफ राखिएको, नली आकारको, ज्यादै उज्यालो प्रकाश दिने बिजुली बत्ती (ट्युबलाइट)।
68684 मर्का ना. १. कुनै चिजको अभाव खड्कनाले हुने पिरलो; चर्को खाँचो।
68685 मर्का ना. २. अड्काउ; बाधा।
68686 मर्का ना. ३. अन्याय।
68687 मर्का ना. ४. आन्तरिक वेदना; मर्म।
68688 मर्काइ ना. १. मर्कने भाव, क्रिया वा प्रक्रिया। [मर्काउ+आइ]
68689 मर्काइ ना. २. मर्काउने भाव, क्रिया वा प्रक्रिया।
68690 मर्काइनु क.क्रि. मर्कन लाइनु।
68691 मर्काउनु स.क्रि. / प्रे. क्रि. १. हातले समातेर परपरी बेर्नु वा बटार्नु; निमोठ्नु।
68692 मर्काउनु स.क्रि. / प्रे. क्रि. २. मर्म पर्ने गरी हात, खुट्टा आदि बङ्ग्याउनु; भाँचिएलाजस्तो पार्नु।
68693 मर्काउनु स.क्रि. / प्रे. क्रि. ३. थकाइ मेट्न आङ तान्नु; जोरसँग आङ चलाउनु।
68694 मर्किनु अ.क्रि. १. मर्कनु।
68695 मर्किनु अ.क्रि. २. मर्कने वा निमोठिने होइनु।
68696 मर्की ना. १. भुईँतला आदिमा वज्र ठोक्ने काठको मुङ्ग्रो।
68697 मर्की ना. २. खोकीसहितको रुघाको जरो; रुघाखोकी।
68698 मर्चमाने ना. मसिना र छोटाछोटा कोसा हुने एक जातको केरा।
68699 मर्चा ना. जाँडरक्सी आदि बनाउने अन्नमा अनुपात मिलाई घोलिने एक प्रकारको मसला।
68700 मर्जा ना. विवाहका समयमा जन्तीलाई खुवाउन केटापक्षकाले केटीपक्षलाई दिइने धान, चामल आदि रासन। (विशेषतः कालीकोट जिल्लाका मतवाली क्षेत्रीहरूमा प्रचलित )।