Dictionary

All Word

68801 मल ना. ९. कपूर। १०. बोटबिरुवा हुर्काउनाका लागि माटामा मिलाइने उर्वरक तत्त्व; खाद।
68802 मलखाल्डो ना. गोठकटेरोसँगै रहेको, गोबर, भकारो आदि जम्मा गर्ने ठाउँ; मल बनाउनाका लागि घाँस सोतर आदि कुहाउने खाल्डो।
68803 मलचाँदी ना. कमसल खालको वा कसर भएको चाँदी।
68804 मलडोको ना. बर्खे मल खेतबारीमा पुऱ्याउँदा बोक्नका लागि प्रयोग गरिने डोको।
68805 मलद्वार ना. दिसा निस्कने प्वाल; गुदद्वार।
68806 मलन ना. १. लिपपोत।
68807 मलन ना. २. घसघास।
68808 मलम ना. घाउ, खटिरा आदिमा लगाइने एक लेसिलो औषधी; लेप; प्रलेप; मलहम।
68809 मलमपट्टी घाउखटिरा आदिमा मलम आदि लाएर त्यसमाथि बाँधिने पट्टी।
68810 मलमल ना. एक जातको सेतो मिहिन कपडा।
68811 मलमास ना. अधिक मास; पुरुषोत्तम महिना।
68812 मलमूत्र ना. मूत्रज; युरिया; नाइट्रोजन मल।
68813 मलय ना. १. भारतको दक्षिण भागमा अवस्थित एक पर्वतशृङ्खला; मलयाचल।
68814 मलय ना. २. चन्दन; श्रीखण्ड।
68815 मलयागरु/मलयागिरि ना. सेता भावका फूल, हरिया फल, लाम्चा पात र सेता काण्ड हुने एक प्रकारको रुख वा त्यसैको फल।
68816 मलयाचल ना. भारतको दक्षिण भागमा रहेको, श्रीखण्डका वृक्ष पाइने एक प्रसिद्ध पर्वत; मलयागिरि।
68817 मलयानिल ना. मलयाचल पर्वत भएर आउने सुगन्धी हावा; मलयसमीर; दक्षिणी हावा।
68818 मलसाँप्रो ना. खैरो र कालो रङको, न्याउरीमुसाका आकारको एक वन्य जन्तु।
68819 मलसाङ्लो ना. मल भएका ठाउँमा हुने कालोकालो रङको साङ्लो।
68820 मलहम ना. हे. मलम।
68821 मलहमपट्टी ना. मलमपट्टी।
68822 मलाइ ना. मल्ने भाव, क्रिया वा प्रक्रिया।
68823 मलाइनु क.क्रि. मल्न वा मिच्न लाइनु।
68824 मलाई ना. दुधको तर; बसौँदी छाली; क्षीरसार।
68825 मलाउनु प्रे.क्रि. मल्न वा मिच्न लाउनु।
68826 मलाम ना. मृत व्यक्तिको दाहसंस्कार गर्न नियत स्थानमा वा मसानघाटमा लैजाने काम; शवयात्रा।
68827 मलामी ना. मलाम जाने मानिस; मुर्दाको सद्गतिका लागि साथ जाने व्यक्ति।
68828 मलायो ना. ठुलो केराउका दानाजत्रा राता, गुलिया भावका अमिला गेडा हुने, झुप्पा फल फल्ने, आँख्लैपिच्छे लाम्चा किसिमका बाटुला पात हुने र प्राय: चुक बनाइने एक जातको लेकाली लहरो वा त्यसैको फल।
68829 मलावरोध ना. १. खुलेर दिसा नहुने अवस्था; कब्जियत।
68830 मलावरोध ना. २. गोटा पर्ने स्थिति।
68831 मलाशय ना. पेटभित्र लादी रहने थैलो; लाद्रो।
68832 मलाहा ना. नाविक; मल्लाह; माझी।
68833 मलिगिरी ना. विभिन्न आकारका पात हुने, भेट्नु भएको कपूरजस्तो फुल्ने (लरेसी समूहको) बास्नादार एक बोट।
68834 मलिन वि. १. मल भएको; घिनलाग्दो; फोहोर।
68835 मलिन वि. २. अशुद्ध; अपवित्र।
68836 मलिन वि. ३. उज्ज्वल नभएको; अँध्यारो; मलिनु।
68837 मलिन वि. ४. ओइलाएको; निस्तेज।
68838 मलिन वि. ५. नीच; कपटी।
68839 मलिन वि. ६. पापी; दुश्चरित्र।
68840 मलिनता ना. मलिन हुनाको भाव वा अवस्था।
68841 मलिनु१ वि. हे. मलिन।
68842 मलिनु२ क.क्रि. मल्ने काम गरिनु; माडिनु; मालिस गरिनु।
68843 मलिमस वि. १. कालो; कल्सौँदो।
68844 मलिमस वि. २. मलिन।
68845 मलिलो१ वि. १. कालो; कल्सौँदो।
68846 मलिलो१ वि. २. मलिन।
68847 मलिलो२ वि. मल पुगेको; उब्जाउ हुने खालको; उर्वर (माटो वा जग्गाजमिन)।
68848 मलुको१ वि. पाइन कडा नभएको; मलुवा।
68849 मलुको२ ना. हिमालयमा पाइने, कर्कलाका जस्ता केही लाम्चा पात, गानु र गाभो हुने एक जातको वनस्पति; जलुकोको एक प्रकार।
68850 मलुवा वि. १. माडिएको; मलेको।