Dictionary

All Word

68901 मशक ना. १. लामखुट्टे।
68902 मशक ना. २. पानी राख्नका लागि बनाइएको छालाको थैलो।
68903 मशक ना. ३. जिउमा निस्कने एक प्रकारको कोठी वा मुसो।
68904 मशान ना. हे. मसान।
68905 मशाल ना. हे. मसाल।
68906 मसक्क क्रि.वि. १. बलियो गरी बाँध्ने चालले; मस्कने वा मस्काउने गरी।
68907 मसक्क क्रि.वि. २. कुनै कामकुरो एकाएक आँट्ने गरी; सहसा।
68908 मसक्क क्रि.वि. ३. धाक वा लाज मान्ने चालले; सर्माएर।
68909 मसनद ना. अडेसा लाग्ने आरामदायक ठुलो तकिया; बालिस्ट।
68910 मसमन्डी क्रि.वि. बालीनाली, लुगाफाटो आदि चिजबिजलाई माड्ने र कुल्चीमिल्ची पार्ने गरी; खाँदखुँद पार्ने गरी छरेर।
68911 मसराइज ना. कास्टिक सोडाजस्ता रासायनिक वस्तुद्वारा बलियो र रेसमी कपडाजस्तो चम्कने पारिएको सुती कपडा। (बेलायतका जे. मर्सर (१७९१-१८६६ इ.) यस प्रविधिका आविष्कारक थिए)।
68912 मसल ना. पाखुरा, छाती, पुट्ठा आदिमा भएको मासुको खाँदिएको भाग।
68913 मसलदार वि. १. मसल भएको।
68914 मसलदार वि. २. कसरती।
68915 मसलन्द ना. कार्यालयको दैनिक कार्यसञ्चालनका लागि चाहिने कागत, कलम, मसी आदि वस्तु र यस्तै फुटकर कामका लागि छुट्ट्याइने खर्च वा रकम।
68916 मसला ना. १. तिहुन, तरकारी आदि खाद्य परिकारलाई स्वादिष्ठ पार्न अनुपात मिलाई मिसाइने वस्तु; जिरा, धनियाँ, मरिच, ल्वाङ, जाइफल आदि पदार्थ; मसला।
68917 मसला ना. २. काजु, पेस्ता, किसमिस, सुपारी, नरिवल आदि सुकेका फलहरू; ल्वाङ-सुपारी।
68918 मसला ना. ३. टर्च बाल्न र रेडियो आदि बजाउन भित्र हालिने विद्युत्तत्त्वीय एक रासायनिक पदार्थ; ब्याटरी।
68919 मसला ना. ४. कुनै विशेष कामकुराका निम्ति तयार पारिएका औषधी वा रासायनिक वस्तुहरूको मिश्रण।
68920 मसला ना. ५. ढलान गर्न वा इँटा, ढुङ्गा आदि जोर्न तयार पारिएको सिमेन्ट, बालुवा, गिट्टी आदिको आनुपातिक मिश्रण।
68921 मसला ना. ६. प्रायः चौडा सडकका छेउछेउमा लाइने, सेता भुवादार फूल फुल्ने र घण्टीका आकारका साना फल लाग्ने एक जातको सुगन्धी फूल।
68922 मसला ना. ७. हलक्क बढ्ने र अग्लो झुरो बोट हुने एक जातको रुख।
68923 मसलादार वि. सुगन्धित मसला मिलाइएका (तिहुन-तरकारी, पुलाउ आदि)।
68924 मसला दोसा ना. मसला हालेर तयार पारिएको, सुपसमेत राखेर खाइने दोसाको एक प्रकार।
68925 मसल्ची ना. मालिस गर्ने व्यक्ति।
68926 मसविदा ना. हे. मसौदा।
68927 मसाइ ना. मास्ने वा खर्च गर्ने क्रिया वा प्रक्रिया।
68928 मसाइनु क.क्रि. मास्न लाइनु; खर्च गराइनु।
68929 मसाउनु प्रे.क्रि. मास्न लाउनु; खर्च गराउनु।
68930 मसाङ्ग्रिनु अ.क्रि. १. बिस्तारै सुकेर चाउरिनु; सुक्तै जानु; साँघुरिनु।
68931 मसाङ्ग्रिनु अ.क्रि. २. लाज वा सरमले मस्कनु।
68932 मसाङ्ग्रिनु अ.क्रि. ३. रोग आदि मत्थर हुनु वा कम हुनु।
68933 मसाङ्ग्य्राइ ना. मसाङ्ग्रिने भाव, क्रिया वा प्रक्रिया।
68934 मसाङ्ग्य्राइनु क.क्रि. मत्थर वा कम पारिनु।
68935 मसाङ्ग्य्राउनु प्रे.क्रि. मसाङ्ग्रिन लाउनु; मत्थर पार्नु।
68936 मसान ना. मुर्दा जलाउने वा गाड्ने ठाउँ; मरेको मान्छेको सद्गत गर्ने ठाउँ; मसानघाट; चिहान; मशान।
68937 मसानघट्टा/घाट ना. मुर्दा जलाउने वा गाड्ने ठाउँ।
68938 मसान चोक ना. हे. कन्हेलचोक।
68939 मसाने वि. १. मसानसँग सम्बन्धित; मसानको।
68940 मसाने वि. २. मसानमा बस्ने (व्यक्ति)। ना.
68941 मसाने वि. ३. धामीझाँक्री विद्या जान्ने व्यक्ति; झारफुके मान्छे।
68942 मसाने भूत ना. मसानमा बस्ने भूत-प्रेत आदि।
68943 मसान्त ना. सौर मासको अन्तिम दिन; महिनाको सबैभन्दा पछिल्लो दिन।
68944 मसार्नु स.क्रि. १. हल्का किसिमले सुमसुम्याउनु; मुसार्नु।
68945 मसार्नु स.क्रि. २. दाह्री, जुँगा, कपाल आदिलाई हातले बिस्तारै तह लाउनु; सम्म्याउनु।
68946 मसाराइ ना. मसार्ने भाव, क्रिया वा प्रक्रिया।
68947 मसारिनु क.क्रि. मसार्न लाइनु; मुसारिनु।
68948 मसाल ना. चिराक; बल्दो आगो; मशाल।
68949 मसाल जुलुस ना. राती हातमा मसाल लिएर निस्कने जुलुस।
68950 मसाला ना. हे. मसला।