Dictionary

All Word

68751 मर्मविद्/मर्मवेत्ता ना. मर्मज्ञ।
68752 मर्मवेधी वि. मर्मभेदी।
68753 मर्मस्थल/मर्मस्थान ना. १. मर्म पर्ने ठाउँ; चोट लाग्दा साह्रै दुख्ने र ज्यान पनि जान सक्ने शरीरको कुनै कमलो भाग।
68754 मर्मस्थल/मर्मस्थान ना. २. हाड, मासु आदिको जोर्नी; सन्धिस्थल।
68755 मर्मस्पर्शी वि. १. हृदयमा छोएर तीव्र प्रभाव पार्ने; मार्मिक।
68756 मर्मस्पर्शी वि. २. मनमा आघात पुऱ्याउने; मर्मभेदी।
68757 मर्माघात ना. मर्मस्थलमा गरिएको आघात; दिलमा परेको चोट।
68758 मर्मान्तक/मर्मान्तिक वि. हृदयमा गहिरो चोट पर्ने; मर्मभेदी।
68759 मर्मान्वेषण ना. मर्म वा भित्री रहस्यको खोजीनिती; रहस्य पत्ता लगाउने काम; वस्तुतथ्यको अन्वेषण।
68760 मर्माहत वि. मर्ममा आघात गरिएको; हृदयमा गहिरो चोट लागेको; पीडित।
68761 मर्मोद्घाटन ना. भित्री गुह्य कुरो प्रकाशमा ल्याउने काम; रहस्यको उद्घाटन।
68762 मऱ्याक ना. चपाउने, भाँचिने, दोब्रिने आदि चाल वा शब्द।
68763 मऱ्याकमऱ्याक ना. मुला, काँक्रो आदि टोकिने वस्तु चपाउने वा चपाउँदा शब्द आउने गरी।
68764 मऱ्याकमुरुक क्रि.वि. १. झुरो वस्तु दाँतले चपाउँदा शब्द आउने गरी; मऱ्याकमऱ्याक।
68765 मऱ्याकमुरुक क्रि.वि. २. भाँच्ने वा निमोठ्ने चालले; भाँचभुँच।
68766 मऱ्याकमऱ्याक्क क्रि.वि. १. झुरो चिज जोडसँग चपाउँदा शब्द आउने गरी।
68767 मऱ्याकमऱ्याक्क क्रि.वि. २. एक्कासि भाँचिने वा भाँच्दा आवाज निस्कने चालले।
68768 मऱ्याकमऱ्याक्क क्रि.वि. ३. सहसा मर्कने वा मर्काउने चालले।
68769 मऱ्याङ ना. काँक्रो, मकै आदि चपाउने चाल वा शब्द।
68770 मऱ्याङमऱ्याङ/मुरुङ क्रि.वि. भुटेका गेडागुडी (मकै, भटमास आदि) चपाउने गरी।
68771 मऱ्याङ्ङ क्रि.वि. एकै खेपमा मऱ्याङको वेग, चाल वा शब्दका साथमा।
68772 मर्यादा ना. १. कुनै कामकुरो यतिसम्म गर्न हुन्छ भन्ने वा यहाँसम्म जान सकिन्छ भन्ने टुङ्गो; सीमा; हद।
68773 मर्यादा ना. २. परम्परागत रीतिथिति; चालचलन।
68774 मर्यादा ना. ३. नैतिक बन्धन।
68775 मर्यादा ना. ४. प्रचलित नियम; व्यावहारिक प्रणाली।
68776 मर्यादा ना. ५. कबुल; प्रतिज्ञा।
68777 मर्यादा ना. ६. इज्जत; प्रतिष्ठा; मान।
68778 मर्यादा ना. ७. सात्त्विक आचरण; धर्म।
68779 मर्यादा ना. ८. तोकिएको समय; निश्चित अवधि।
68780 मर्यादा ना. ९. किनारा; तट।
68781 मर्यादा पालक/पालन ना. सदाचार वा परम्परागत नीति-नियमको पालन।
68782 मर्यादा पुरुषोत्तम ना. दशरथका पुत्र राम।
68783 मर्यादाभङ्ग ना. मर्यादा वा नैतिक विधिविधान पालन नगर्ने काम; मर्यादाको उल्लङ्घन।
68784 मर्यादी वि. १. मर्यादाको राम्रो पालन गर्ने; सदाचारी।
68785 मर्यादी वि. २. निश्चित सीमाभित्र रहेको।
68786 मर्लान्त वि. १. चोटपटक आदि लागेर वा बिरामी परेर मर्ने अवस्थामा पुगेको।
68787 मर्लान्त वि. २. साह्रै थाकेको; लत्र्याँस्स।
68788 मर्स्याङ्दी ना. मुक्तिनाथ डाँडाको पूर्वी ढालबाट पैदा भई मुगलिङमा त्रिशूली नदीसँग मिसिने सप्त-गण्डकीमध्येको एक प्रसिद्ध नदी।
68789 मल्नु स.क्रि. १. हातगोडा मिच्नु; माड्नु।
68790 मल्नु स.क्रि. २. तेल, बुकुवा आदि जिउमा दल्नु; मालिस गर्नु।
68791 मल्नु स.क्रि. ३. घोटेर वा दलेर कुनै वस्तुहरू आपसमा मिलाउनाका लागि मुछ्नु।
68792 मल्नु स.क्रि. ३. खुसामद गर्नु (हात मल्नु)।
68793 मल ना. १. मयल; कस।
68794 मल ना. २. शरीरबाट निस्कने विकार (खकार, सिँगान, कानेगुजी, चिप्रा आदि)।
68795 मल ना. ३. विष्ठा; गुहु।
68796 मल ना. ४. धातुको कस; कीट; खिया।
68797 मल ना. ५. विकार; दोष।
68798 मल ना. ६. नैतिक वा धार्मिक अपराध; पाप।
68799 मल ना. ७. घिउको बिलाउनी वा तेलको काती।
68800 मल ना. ८. छालाको लुगा।