Dictionary

All Word

68851 मलुवा वि. २. मलेर वा माझेर टलक्क पारिएको; टल्काइएको।
68852 मलुवा वि. ३. कडा पाइन नभएको; मलुको।
68853 मलुवा वि. ४. हल्का स्वादको (सुर्ती, तमाखु, बिडी इ.)।
68854 मलेदा१ ना. ऊनको ओढ्ने बर्को; तयँगा।
68855 मलेदा२ ना. अक्षर वा छाप खिइएर चिल्लो भएको टक वा सिक्का।
68856 मलेया ना. घेराभित्र पारिएको, ग्रामीण क्षेत्रको जमिन।
68857 मलेरिया ना. एनोफिलिस नाउँको लामखुट्टेले टोकेपछि मानिसको शरीरमा लाग्ने एक सङ्क्रामक रोग; औले ज्वरो; कामज्वरो; औलो।
68858 मलेवा ना. जङ्गलमा पाइने परेवाका जातको एक पक्षी; जङ्गली परेवा।
68859 मलेवी ना. पोथी मलेवा।
68860 मलेसिया ना. वर्मा (म्यानमार) भन्दा दक्षिणतिर रहेको एउटा मुस्लिम देश।
68861 मलोहो ना. खसीबाख्राका मुखमा आउने एक प्रकारको रोग।
68862 मलौटो वि. परिवारमा केही पनि नभएको; ठिङ्गो; एक्लो।
68863 मल्कनु अ.क्रि. १. फुर्तीसँग हिँड्नु; जाँगरका साथ यताउति जानु; फऱ्याकफुरुक गर्नु।
68864 मल्कनु अ.क्रि. २. एक्कासि देखा पर्नु; मुल्किनु।
68865 मल्काइ ना. मल्कने भाव, क्रिया वा प्रक्रिया।
68866 मल्काइनु क.क्रि. मल्कन लाइनु; मल्कने पारिनु।
68867 मल्काउनु प्रे.क्रि. मल्कन लाउनु।
68868 मल्किनु अ.क्रि. १. मल्कनु।
68869 मल्किनु अ.क्रि. २. यताउति मल्कने होइनु।
68870 मल्को१ ना. १. हलक्क बढ्ने काम; बन्दै गएको अवस्था।
68871 मल्को१ ना. २. विशेष फाइदा हुने काम वा कुरो। (उखान - जतातिर मल्को, उतातिर ढल्को।)
68872 मल्को२ ना. पानीको प्रवाह; धारा।
68873 मल्खिनु अ.क्रि. मकैको फग्ल्याँटो पर्नु; मल्खु हुनु।
68874 मल्खु ना. १. खस्रो पारेर पिँधी फग्ल्याँटो पारिएको मकै।
68875 मल्खु ना. २. पृथ्वी राजमार्गमा पर्ने एक खोलो र सोही खोलानजिकको बस्ती।
68876 मल्खे वि. १. टुक्र्याइएको; खोस्ट्याइएको।
68877 मल्खे वि. २. मल्खुजस्तो।
68878 मल्याकमिलिक क्रि.वि. १. आकाशमा झल्याकझुलुक बिजुली चम्किने गरी।
68879 मल्याकमिलिक क्रि.वि. २. काम- कुरो तुरुन्तै समाप्त हुने किसिमले; झाटझुट।
68880 मल्याकमुलुक क्रि.वि. १. जिज्ञासा, भय, शङ्का आदिका कारणले वरपर हेर्ने गरी; पल्याकपुलुक।
68881 मल्याकमुलुक क्रि.वि. २. आँखा छलेर तत्कालै सामान बेपत्ता पार्ने गरी।
68882 मल्ल ना. १. नेपालको पर्वत जिल्लाअन्तर्गत, मल्लाजवासी क्षत्रियजाति।
68883 मल्ल ना. २. नेपालको मध्यकालीन इतिहासमा प्रसिद्ध शासकवर्ग।
68884 मल्ल ना. ३. द्वन्द्वयुद्धमा पोख्त व्यक्ति; पहलमान।
68885 मल्लभूमि ना. १. मल्लयुद्ध गर्ने ठाउँ।
68886 मल्लभूमि ना. २. मल्लहरूको मूलथलो।
68887 मल्लयुद्ध ना. द्वन्द्वयुद्ध; कुस्ती।
68888 मल्लविद्या ना. कुस्ती खेल्न सिकाउने कला; पहलमानी विद्या।
68889 मल्लशाला ना. मल्लभूमि।
68890 मल्लार ना. सङ्गीतशास्त्रमा प्रसिद्ध मेघरागको एक रागिनी।
68891 मल्लाह ना. डुङ्गा वा नाउ चलाउने पेसा भएको व्यक्ति; बोटे; माझी।
68892 मल्लिँडो ना. १. जिराजस्तो गेडा फल्ने तर भित्र गुदी नहुने प्रायः धानखेतमा हुने बन्सोजस्तो एक झार।
68893 मल्लिँडो ना. २. हलुवावेद जस्तै तर अमिलो फल फल्ने एक वनस्पति; खजुरी; थाकल; चिरौँडो।
68894 मल्लिका ना. १. उज्जर र सुगन्धी खालको बेलीजस्तो एक फूल; एक जातको चमेली फूल।
68895 मल्लिका ना. २. मालती लहरो वा त्यसैको फूल।
68896 मल्लिकार्जुन ना. श्रीशैलमा अवस्थित शिवको एक ज्योतिर्लिङ्ग।
68897 मल्ली१ ना. १. मल्लिका।
68898 मल्ली१ ना. २. मल्ल राजासित सम्बद्ध वा तिनले चलाएको (मुद्रा, जस्तो- महेन्द्रमल्ली)।
68899 मल्ली२ वि. माथिल्लो; माथिको; माथि भएको।
68900 मल्लो ना. चुच्चाचुच्चा र चिल्ला पात हुने एक वृक्ष।