Dictionary

All Word

68601 मरमर२ क्रि.वि. ३. त्यस्ता खालको शब्द वा ध्वनि।
68602 मरमरती क्रि.वि. मरमर।
68603 मरमरम्मत ना. मरम्मत; मरमर्मत।
68604 मरमरी क्रि.वि. मरमर; मरमरती।
68605 मरमर्मत ना. मर्मत आदि गर्ने काम; मर्मत; सम्भार।
68606 मरमऱ्याइ ना. मरमऱ्याउने भाव, क्रिया वा प्रक्रिया।
68607 मरमऱ्याइनु क.क्रि. मरमर शब्द आउने गरी चपाइनु।
68608 मरमऱ्याउनु स.क्रि. १. मरमर शब्द आउने गरी दाँतले चपाउनु।
68609 मरमऱ्याउनु स.क्रि. २. सुकेका पातपतिङ्गर, खोस्टा, नल आदि माड्नु।
68610 मरमसला ना. १. जिरा, मरिच, धनियाँ आदि तरकारीमा हाल्ने मसला र यस्तै अरू चिज।
68611 मरमसला ना. २. पान; सुपारी; ल्वाङ, सुकुमेल आदि खाने मला।
68612 मरमिजास ना. राम्रो सुहाउँदो मिजास, बानीबेहोरा, बोली आदि।
68613 मरमोलाहिजा ना. खरखुसामद; मोलाहिजा; बेहोरा।
68614 मरम्मत ना. १. टुटेफुटेका वा भत्केबिग्रेका वस्तु बनाउने काम; मर्मत।
68615 मरम्मत ना. २. कसैलाई पिटपाट पारेर राम्रो बाटोमा लगाउने काम (लाक्षणिक अर्थमा)।
68616 मरम्मती वि. मरम्मत गरिएको; मरम्मत गर्नुपर्ने।
68617 मरवट ना. लडाइँमा मर्ने व्यक्तिका छोराछारी, स्वास्नी आदिलाई छोरा कमाउन सक्ने नहुन्जेल भरणपोषणका लागि दिइने जग्गाजमिन वा वृत्ति; मरेपछिको इनाम (दिव्य.)।
68618 मरहट्टी ना. ठुलठुला पात, टुप्पामा रातो किसिमका लप्सीका गेडाका आकारको फूल हुने एक बुटी।
68619 मरहट्ठा ना. महाराष्ट्रका निवासी, महाराष्ट्री; मराठी।
68620 मराइ ना. मर्ने भाव, क्रिया वा प्रक्रिया।
68621 मराइ ना. मार्ने क्रिया वा प्रक्रिया।
68622 मराइनु क.क्रि. मर्न लाइनु; मर्ने पारिनु।
68623 मराउनु प्रे.क्रि. मर्न वा मार्न लाउनु।
68624 मराठी वि./ना. महाराष्ट्रको; महाराष्ट्रसम्बन्धी। महाराष्ट्रका निवासी; महाराष्ट्रको भाषा।
68625 मराल ना. १. रजहाँस; राजहंस।
68626 मराल ना. २. एक जलचर पक्षी; कारण्डव।
68627 मराल ना. ३. घोडा।
68628 मराल ना. ४. बादल।
68629 मराल ना. ५. बदमास।
68630 मरिच ना. लाम्चा साना पात हुने, झुप्पा परेका साना काला गेडा फल्ने एक लहरो वा त्यसैको फल।
68631 मरिच बुट्टा ना. प्रायः घरबुना कपडामा काला थोप्लाथोप्ला देखिने हिसाबले राखिएका बुट्टा; मरिचका जस्ता बुट्टा।
68632 मरिचे खोर्सानी ना. साना ढिँडी हुने पिरो खालको खोर्सानी।
68633 मरिचे वि. १. मरिचजस्तो पिरो।
68634 मरिचे वि. २. सानो भए पनि कडा स्वभावको (मानिस)।
68635 मरिनु अ.क्रि. १. प्राण त्याग गरिनु।
68636 मरिनु अ.क्रि. २. लज्जित भइनु।
68637 मरिमेटाइ ना. मरिमेट्ने काम।
68638 मरिमेटाइनु क.क्रि. मरिमेट्न लाइनु।
68639 मरिमेटाउनु प्रे.क्रि. मरिमेट्न लाउनु।
68640 मरिमेटिनु अ.क्रि. कुनै कामका लागि अदम्य प्रयास गरिनु; प्राणै दिने गरी काममा लागिनु।
68641 मरिमेटी क्रि.वि. मरिमेट्ने किसिमले; दिलोज्यान दिएर।
68642 मरिमेट्नु अ.क्रि. कुनै कामका लागि अदम्य प्रयास गर्नु; दिलोज्यान दिएर काममा संलग्न हुनु।
68643 मरियाँत ना. मलामी।
68644 मरीचि ना. १. प्रथम मनुबाट उत्पन्न भएका दश मूल पुरुषमध्ये एक; ब्रह्माका दश मानस पुत्रमध्ये एक; प्रजापति।
68645 मरीचि ना. २. किरण; कान्ति; चमक।
68646 मरीचि ना. ३. मृगतृष्णा।
68647 मरीचि ना. ४. सप्तर्षिमध्येका एक प्राचीन ॠषि।
68648 मरीचिका ना. मृगतृष्णा; मृगमरीचिका।
68649 मरीचे वि. हे. मरिचे।
68650 मरु१ ना. तुलसीका जस्ता पात हुने, साना गोलागोला सेता फूल हुने एक वन्य बुटी; मरुवा।