Dictionary

All Word

68201 मनपुत वि. मनले पवित्र वा शुद्ध ठहऱ्याएको; अन्तरात्माले अनुमोदन गरेको।
68202 मनपेट ना. भित्री आशय वा अभिलाषा; मन र हृदय; आँतभेउ।
68203 मनबहलाउ ना. कुनै कुरामा मनलाई संलग्न गरी प्रसन्न रहने वा समय काट्ने काम-काइदा।
68204 मनभोग ना. सुजी, मैदा आदि घिउमा भुटी चिनी, दुध आदि हालेर पकाइने स्वादिष्ठ नरम खानेकुरो; हलुवा।
68205 मनमती ना. काठमाडौँ उपत्यकाको ईशान कोणमा रहेको मणिचूड पर्वतबाट निस्की काठमाडौँ र भक्तपुरको बिचबाट बग्ने एक नदी; मनहरा।
68206 मनमन क्रि.वि. अरूले नसुन्ने गरी; मनमा मात्र; आफैमा।
68207 मनमनै क्रि.वि. मनमनमा; मनभित्रै (मनमन हर्क डोली चढी लर्क - उखान)।
68208 मनमानी क्रि.वि. इच्छाअनुसार; मनपरी; मनलागी; जथाभाबी।
68209 मनमुटाउ ना. दुई थरीका बिच मनमनै हुने फाटो; वैमनस्य; अमेल।
68210 मनमोज ना. १. मनले चाहेको जस्तो आनन्द वा सुख; मनमाफिकको मोज; मनमौज। वि.
68211 मनमोज ना. २. मनले चिताएजस्तो; मनपर्दी।
68212 मनमोजी वि. १. मनले चाहेको जस्तो मोज गर्ने; मनमोजमा लाग्ने; मनमौजी।
68213 मनमोजी वि. २. निश्चिन्त; अलमस्त।
68214 मनमोहक वि. १. मनोहर; सुन्दर।
68215 मनमोहक वि. २. मनलाई मोहित पार्ने।
68216 मनमोहकता ना. मनमोहक हुनाको भाव, अवस्था वा विशेषता।
68217 मनमौज ना. हे. मनमौज।
68218 मनमैजी वि. मनमोजी।
68219 मन रत्यौली ना. मनको रत्याइ; मनोरञ्जन; मनोविनोद; मोजमज्जा।
68220 मनलागी क्रि.वि. जस्तो मन लाग्यो त्यस्तै गरेर; मनपरी; जथाभाबी।
68221 मनशक्ति ना. मानसिक शक्ति; मनोबल।
68222 मनशिला ना. आयुर्वेदीय औषधीमा प्रयोग गरिने एक प्रशोधित खनिजपदार्थ; मैनसिल।
68223 मनश्चक्षु ना. १. भित्री मनको आँखा; अन्तर्दृष्टि।
68224 मनश्चक्षु ना. २. ज्ञान; विवेक।
68225 मनश्चिकित्सक ना. मानसिक रोगको उपचार गर्ने चिकित्सक वा डाक्टर।
68226 मनश्चिकित्सा ना. मनोविज्ञानका क्षेत्रमा रोगीको मनको विश्लेषण गरी औषधोपचार गर्ने एक विशेष चिकित्साविधि; मनको उपचार।
68227 मन संस्कार ना. मनको परिष्कार; चित्तशुद्धि।
68228 मनसा१ क्रि.वि. १. मनले; मनद्वारा; मनबाट। ना.
68229 मनसा१ क्रि.वि. २. कश्यपकी एक छोरीको नाम; नागराज अनन्तकी बहिनी तथा जरत्कारु मुनिकी पत्नी।
68230 मनसा२ ना. १. मनको इच्छा; मनसुबा; चाहना; कामना।
68231 मनसा२ ना. २. अभिप्राय; आशय; तात्पर्य।
68232 मनसाय ना. अभिप्रायः; मन्सा।
68233 मनसा वाचा कर्मणा क्रि.वि. मन, वचन र कर्मले; मन, वचन र कर्मअनुसार।
68234 मनसिज ना. १. प्रणयोन्माद; प्रेम।
68235 मनसिज ना. २. कामदेव।
68236 मनसिला ना. धूप बनाउँदा राखिने कीटनाशक गुण भएको, सुन्तला रङको एक पदार्थ।
68237 मनसुन ना. १. ॠतुअनुसार बहने वायु; मौसमी वायु।
68238 मनसुन ना. २. हिन्दमहासागर तथा बङ्गालको खाडीबाट खास गरी बर्खायाममा बहने हावा।
68239 मनसुन ना. ३. वर्षा-ॠतु।
68240 मनसुन रोपाइँ ना. बर्खायाममा लगाइने धान।
68241 मनसुनी वि. मनसुनसम्बन्धी।
68242 मनसुबा ना. १. मनसाय; मनसा; अभिलाषा; महत्त्वाकाङ्क्षा।
68243 मनसुबा ना. २. सङ्कल्प; अठोट; मन्सुवा।
68244 मनस्ताप ना. मनको पिर वा पीडा; मानसिक ताप, कष्ट वा दुःख।
68245 मनस्तोष ना. मनको सन्तोष; मानसिक तृप्ति।
68246 मनस्थिति ना. मनको अवस्था; मानसिक स्थिति।
68247 मनस्विता ना. मनस्वी हुनाको भाव वा अवस्था।
68248 मनस्वी वि. १. मनको उच्चताले सम्पन्न; बुद्धिमान्; प्रतिभाशाली।
68249 मनस्वी वि. २. दृढ सङ्कल्प भएको; स्थिरमना।
68250 मनस्वी वि. ३. उच्च विचार भएको।