Dictionary

All Word

68051 मधुर वि. २. सुन्दा कानलाई आनन्द दिने; कर्णप्रिय (बोली)।
68052 मधुर वि. ३. कोमल; मृदु।
68053 मधुर वि. ४. मधुरो; मन्द; हल्का। ना.
68054 मधुर वि. ५. मिठो स्वाद; मिठास।
68055 मधुरता/त्व ना. मधुर हुनाको भाव वा अवस्था; मिठोपन; माधुर्य।
68056 मधुरभाषी वि. मिठो बोली बोल्ने; मृदुभाषी।
68057 मधुरस वि. १. मधुर रस भएको; मिठो।
68058 मधुरस वि. २. गुलियो। ना.
68059 मधुरस वि. ३. मह।
68060 मधुरिमा ना. माधुर्य; मधुरता; मिठास।
68061 मधुरो वि. १. चर्को राप वा ताप नभएको; मिठो वा न्यानो लाग्ने (घाम, आगो आदि)।
68062 मधुरो वि. २. हल्का खालको; बिस्तारै चल्ने; मत्थर; मन्द (हावा आदि)।
68063 मधुरो वि. ३. गुलियो वा पिरो आदि अलिअलि मात्र लागेको (खानेकुरो)।
68064 मधुरो वि. ४. हलौँ खालको बास्ना भएको (कमल, गुलाफ आदिका फूलको जस्तो)।
68065 मधुरो वि. ५. सुन्दा राम्रो वा मिठो लाग्ने (कुरो)।
68066 मधुरो वि. ६. मधुर; मिठो।
68067 मधुशाला ना. जाँडरक्सी आदि मादक पदार्थ बनाउने, बेच्ने वा खाने ठाउँ; मदिरागृह; भट्टी; बार।
68068 मधुश्री ना. वसन्त ॠतुको आनन्ददायक सौन्दय; वसन्तशोभा।
68069 मधुसार ना. चिनी र यस्तै तागतदार वस्तु।
68070 मधुसूदन ना. मधु नामक राक्षसलाई मार्ने देवता; विष्णु।
68071 मधूलिका ना. १. जेठीमधु।
68072 मधूलिका ना. २. गहुँबाट बनाइएको रक्सी।
68073 मधेस ना. १. अग्लो होचो र डाँडाकाँडा नभएको,एकदम समथर भूमि; तराई; मधेश।
68074 मधेस ना. २. हिमालदेखि दक्षिण, विन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व प्रयागदेखि पश्चिमपट्टि पर्ने समथर भूभागको पुरानो नाउँ; मध्यप्रदेश।
68075 मधेसी वि. १. मदेसमा बस्ने; मदेसको बासिन्दा।
68076 मधेसी वि. २. मदेसको; मदेससँग सम्बन्धित।
68077 मधौरु/मधौरो ना. रोगले थला परेको व्यक्ति वा प्राणी; रोगी; बिरामी। (भूतले पाएको मधौरु बाँच्न सक्तैन -उखान)।
68078 मध्य ना. १. कुनै चिजको बिचको भाग; माझ; केन्द्र।
68079 मध्य ना. २. शरीरको मध्यभाग; कटि; कमर।
68080 मध्य ना. ३. फरक; अन्तर।
68081 मध्य ना. ४. दश अरबको सङ्ख्या। वि.
68082 मध्य ना. ५. बिचको; माझको।
68083 मध्य ना. ६. मध्यस्थ।
68084 मध्य काल ना. प्राथमिक काल र आधुनिक कालका बिचमा पर्ने काल; मध्ययुग; माध्यमिक काल।
68085 मध्यकालिक/कालीन वि. प्राचीन काल र आधुनिक कालका बिचको; भाषाको विकासका दृष्टिले मोटामोटी रूपले सातौँ शताब्दीदेखि सत्रौँ वा अठारौँ शताब्दीका बिचको; मध्ययुगीन; मध्ययुगको।
68086 मध्यकालिक/कालीन आर्य भाषा ना. विक्रमपूर्व पाँचौँ शताब्दीदेखि दसौँ शताब्दीसम्म प्रचलनमा आएको प्राकृत भाषा।
68087 मध्यकालिक/कालीन ॠण ना. कुनै संस्था वा राष्ट्रले दिने ॠणको अल्प, मध्य र दीर्घकालीन हिसाबले तोकेअनुसार बिचको समय तोकेर दिइएको ॠण।
68088 मध्यगत वि. बिचमा रहेको; बिचमा आएको वा ल्याइएको; मध्यस्थ।
68089 मध्यगति ना. तटस्थ रहने नीति वा स्थिति।
68090 मध्यजीवक ना. भूगर्भशास्त्रअनुसार संसारमा जीवको सृष्टि भएका समयको विभाजनमा दोस्रो खण्डको समय।
68091 मध्यता ना. मध्य हुनाको क्रिया, भाव, धर्म वा अवस्था।
68092 मध्यदिन ना. दिनको पूर्वार्द्धको समाप्ति र उत्तरार्द्धको प्रारम्भमा पर्ने समयरेखा; दिनको माझ; आधा दिन; मध्याह्न।
68093 मध्यदेश ना. १. मदेस; मधेस।
68094 मध्यदेश ना. २. बिचमा पर्ने ठाउँ; केन्द्रस्थल।
68095 मध्यनजर ना. १. दृष्टिगत।
68096 मध्यनजर ना. २. ध्यान।
68097 मध्य नूतनाश्म युग ना. भूगर्भशास्त्रअनुसार आजभन्दा तीन करोड पचास लाख वर्षपहिले प्रारम्भ भएको एक युग; नवजीवक युगभित्र पर्ने एक युग।
68098 मध्यपाषाण ना. १. अपरपुरापाषाणयुगभन्दा पछि र नवपाषाणयुगभन्दा पहिलेका मानिसहरूले प्रयोग गर्ने ढुङ्गाहरूको हतियार।
68099 मध्यपाषाण ना. २. प्रागैतिहासिक पुरातत्त्वशास्त्रका अनुसार अपरपाषाणयुग र नवपाषाणयुगका बिचको पूर्वी र दक्षिणी अफ्रिकालीहरूको व्यवसाय; ढुङ्गे व्यवसाय।
68100 मध्यपाषाण ना. ३. युरोप, उत्तरी अफ्रिका र मध्यपूर्वको मुस्तेर शैलीको हाते बन्चरो प्रयोग हुने समय।