Dictionary

All Word

67901 मत्स्यगन्धा ना. २. माछाको जस्तो गन्ध आउने (स्त्री)।
67902 मत्स्यजीवी ना. १. जाल, बल्छी आदि साधनले माछा मारेर बिक्री गरी जीविका चलाउने व्यक्ति; माझी। वि.
67903 मत्स्यजीवी ना. २. माछा पाल्ने पेसाबाट जीवन निर्वाह गर्ने।
67904 मत्स्यपालन ना. वैज्ञानिक प्रक्रियाबाट माछा पाल्ने र हुर्काउने काम।
67905 मत्स्यपुराण ना. व्यासद्वारा निर्मित अठार महापुराणमध्ये एक।
67906 मत्स्ययुग ना. भूगर्भशास्त्रअनुसार उनन्चालीस करोड वर्षपहिले प्रारम्भ भएको पुराजीवक युगहरूमा चौथो मानिने, माछा सृष्टि भएको युग।
67907 मत्स्यविकास ना. वैज्ञानिक तरिकाले हुर्काई माछा उत्पादनमा वृद्धि गरिने काम।
67908 मत्स्यविकास केन्द्र ना. कृषि-कार्यक्रममा सहयोग पुऱ्याउने उद्देश्यले विभिन्न प्रकारका माछा पाली पैदावारी बढाउन स्थापना गरिएको केन्द्र; माछा पाल्ने फार्म।
67909 मत्स्यावतार ना. पुराणअनुसार वैवस्वत मन्वन्तरका पालामा संसार जलमग्न हुँदा संसारको बीजतत्त्व बचाउन विष्णुले लिएको माछाको रूप; दश अवतारमध्ये एक; पहिलो अवतार।
67910 मत्स्येन्द्रनाथ ना. १. हठयोगी, एक प्रसिद्ध महात्मा; गोरखनाथका गुरु।
67911 मत्स्येन्द्रनाथ ना. २. एक बोधिसत्त्व।
67912 मथ्नु स.क्रि. १. तत्त्वज्ञानका लागि कुनै विषय वा ग्रन्थको गहन अध्ययन गर्नु; मनन गर्नु।
67913 मथ्नु स.क्रि. २. नौनी आदि सारतत्त्व निस्कने गरी दही, दुध आदि हुँडल्नु; मन्थन गर्नु।
67914 मथन ना. १. मथ्ने वा हुँडल्ने काम।
67915 मथन ना. २. गम्भीर अध्ययन।
67916 मथल्नु स.क्रि. मथ्ने काम गर्नु; मथ्नु; हुँडल्नु; छिलबिल पार्नु; घोल्नु।
67917 मथल ना. मथल्ने काम।
67918 मथलमाथल ना. मथल्नेवर्ने काम; हुँडलहाँडल।
67919 मथलाइ ना. मथल्ने क्रिया वा प्रक्रिया।
67920 मथलारम्भ ना. १. भद्रगोल पार्ने काम।
67921 मथलारम्भ ना. २. घारघुर पार्ने काम।
67922 मथाइ ना. मथ्ने भाव, क्रिया वा प्रक्रिया।
67923 मथाइनु क.क्रि. मथ्न लाइनु; मन्थन गराइनु।
67924 मथाउनु प्रे.क्रि. मथ्न लाउनु; मन्थन गराउनु।
67925 मथिँगल/मथिङ्गल ना. मस्तिष्क; गिदी; खोपडी।
67926 मथित वि. १. मथिएको; मन्थन गरिएको; हुँडलिएको।
67927 मथित वि. २. दुःख दिइएको; सताइएको।
67928 मथिनु क.क्रि. मन्थन गरिनु; हुँडलिनु।
67929 मथुरा ना. १. हिन्दु धर्मग्रन्थमा चर्चित सप्तपुरीमध्येको एक पुरी; सोही प्रसिद्ध तीर्थस्थल।
67930 मथुरा ना. २. भारतको पश्चिमी उत्तरप्रदेशमा रहेको यमुनाको तटवर्ती प्रदेश।
67931 मथेउडो/मथेडो ना. शिरमा पहिरिने फेटा; शिरपोस।
67932 मथेलो ना. मथिएको वस्तु।
67933 मद१ ना. १. मुख्य कार्यालय वा संस्थाको वर्गीकृत; विभाग फाँट।
67934 मद१ ना. २. रकम; बजेट।
67935 मद२ ना. १. मादक पदार्थको सेवनबाट उत्पन्न मानसिक विकृति; नशा।
67936 मद२ ना. २. धन, सम्पत्ति, रूप, यौवन, अधिकार आदिबाट हुने घमन्ड; अभिमान।
67937 मद२ ना. ३. हात्तीको गण्डस्थल फुटी निस्कने गन्धयुक्त तरल पदार्थ।
67938 मद२ ना. ४. जाँडरक्सी आदि मादक पदार्थ; मदिरा।
67939 मद२ ना. ५. नाभिमा सुवासयुक्त दाना हुने एक मृगविशेष; कस्तूरी।
67940 मद२ ना. ६. वीर्य।
67941 मद कल वि. १. मदले मधुर आवाज गर्ने; मधुर स्वरको।
67942 मद कल वि. २. मदले मात्तिएको; मदोन्मत्त; मदमत्त।
67943 मद जल ना. हात्तीको गण्डस्थलबाट चुहुने तरल पदार्थ; मदवारि।
67944 मदत/मदद ना. एकले अर्कालाई गर्ने सहयोग; सहायता; सहारा।
67945 मदत/मददगार वि. १. अर्कालाई सघाउने भावना भएको; मदत दिने; सहायक।
67946 मदत/मददगार वि. २. मतियार; साथी।
67947 मदती वि. मदत पुऱ्याउने; मदतगार; सहायक।
67948 मदन ना. १. रतिको पति; कामदेव।
67949 मदन ना. २. भँवरो; भ्रमर।
67950 मदन ना. ३. मैना चरो।