Dictionary

All Word

68001 मद्दतिया ना. १. सहायक व्यक्ति। वि.
68002 मद्दतिया ना. २. सहायक।
68003 मद्दती वि. मद्दत गर्ने; मदती।
68004 मद्धिम ना. मध्यम; ठिक्क; साधारण।
68005 मद्य ना. रक्सी, जाँड आदि मादक पेय पदार्थ; मदिरा; सराब।
68006 मद्य निषेध ना. १. जाँडरक्सी आदि मादक पदार्थको प्रचलनमा प्रतिबन्ध लगाउने काम।
68007 मद्य निषेध ना. २. बुद्धधर्मका पञ्चशील सिद्धान्तमध्येको एक।
68008 मद्यप वि. जाँडरक्सी पिउने; रक्सीबाज; जँड्याहा।
68009 मद्यप पान ना. जाँड, रक्सी आदि मादक पदार्थ सेवन गर्ने काम; मदिराको पान।
68010 मद्यपपायी वि. मद्यपान गर्ने; सराबी।
68011 मधानी ना. प्रायः बाँसको सरोमा चारैतिर छेडिएको च्याप्टा चारपाटे पोरा राखी नेतीले तान्दा ठेकीको दही मथ्ने साधन; मही पार्ने उपकरण; मन्थनी; मदानी।
68012 मधाने वि. १. ठुलो र चाक्लो।
68013 मधाने वि. २. कामकुरो बिथोल्ने; अघिसरा; भाले। ना.
68014 मधाने वि. ३. लप्सीका जस्ता तर गाढा हरिया पात हुने, काठ, टेबुल, कुर्सी आदि बनाउने काममा प्रयोग गरिने एक वृक्ष।
68015 मधिसे वि. मदिसे।
68016 मधिसे काँडो ना. मदिसे काँडो; च्याप्टे सिउँडी।
68017 मधिसे सुप ना. मदिसे सुप।
68018 मधु ना. १. माहुरीले चाकामा जम्मा गरेको गुलियो पदार्थ; मह।
68019 मधु ना. २. फूलका कलिकामा जमेर बस्ने र भँवरा, माहुरी आदिले चुस्ने गुलियो रस; पुष्परस; मकरन्द।
68020 मधु ना. ३. मदिरा।
68021 मधु ना. ४. चैत-वैशाख; वसन्त ॠतु।
68022 मधु ना. ५. पानी; जल।
68023 मधु ना. ६. मदिरा बनाउने काममा प्रयोग हुने टपजस्तो आकारका फूल फुल्ने एक वृक्ष; महुवा।
68024 मधु ना. ७. पुराणअनुसार विष्णुका कानेगुजीबाट उत्पन्न भएका र विष्णुले आफ्नै जाँघमा राखेर मारेका मधु र कैटभ नामक दुई राक्षसमध्ये एक।
68025 मधु ना. ८. औषधीमा प्रयोग गरिने, सानो नली भएको, गुलियो स्वाद हुने लेकाली बुटी; जेठीमधु।
68026 मधु ना. ९. अमृत। वि. १०. मिठो; मधुर; गुलियो।
68027 मधुकर ना. १. भवँरो; भ्रमर।
68028 मधुकर ना. २. कामुक पुरुष; स्त्रीलम्पट व्यक्ति।
68029 मधुकारी ना. १. पोथी भँवरो; भ्रमरी।
68030 मधुकारी ना. २. जोगीसन्न्यासी र भाटहरूलाई दिइने पकाएका अन्नको भिक्षा।
68031 मधुकर्कटी ना. निबुवा जस्तै आकारका बास्नादार पात हुने, त्यस्तै खालको फूल फुल्ने, डल्ला हरिया, पाक्दा पहेँलो बोक्रो हुने फल फल्ने, भित्र केस्राकेस्रामा रस हुने काँडादार बोट वा त्यसैको फल।
68032 मधुकोश ना. १. माहुरीले मह सञ्चय गर्ने चाका; महको घार।
68033 मधुकोश ना. २. फूलको परागमन्तिर पुष्परस जम्ने ठाउँ; रसकुड्मल।
68034 मधुप ना. १. भवँरो।
68035 मधुप ना. २. माहुरी। वि.
68036 मधुप ना. ३. मद्यपान गर्ने; रक्सीबाज; सराबी।
68037 मधुपर्क ना. मह, घिउ, चिनी, सखर र जल मिलाएर बनाइएको, देवता, वर, अतिथि आदिलाई अर्पण गरिने पदार्थ; घिउ, मह र चिनीको मिश्रण।
68038 मधुप्राशन ना. नवजात बालकलाई पहिलोपल्ट मह, घिउ चटाउने एक संस्कार।
68039 मधुबिमिरो ना. पहाडखण्डमा हुने, बोक्रो बाक्लो भएको निबुवाभन्दा केही ठुलो फल लाग्ने एक बोट; त्यसकै फल।
68040 मधुमक्खी/मक्षिका/मक्षी ना. माहुरी।
68041 मधुमती ना. योगशास्त्रअनुसार रजोगुण र तमोगुणको नाश भएर सत्त्वगुणको पूर्ण प्रकाश हुने मनको स्थिति।
68042 मधुमय वि. मधु वा मिठासले युक्त; गुलियो रसले भरिएको।
68043 मधुमल्लिका ना. मालतीको लता; मधुमालतीको लहरो।
68044 मधुमाधव ना. चैत्र र वैशाख दुई महिना; वसन्त ॠतु।
68045 मधुमालती ना. १. भेट्नु खस्रो भएको ठुला पात हुने, झुप्पो भएर फूल फुल्ने जलन, कफ, वातज्वर आदिमा औषधी हुने एक जातको बोट वा त्यसकै फूल।
68046 मधुमालती ना. २. प्राचीन आख्यानमा प्रसिद्ध एक सुन्दरी युवती; सोही नामको नेपाली आख्यान।
68047 मधुमास ना. १. चैत्र महिना।
68048 मधुमास ना. २. वसन्त याम।
68049 मधुमेह ना. पिसाबसँगै महजस्तो केही बाक्लो तरल पदार्थ आउने रोग; प्रदरको रोग; प्रमेह।
68050 मधुर वि. १. मिठो महक भएको; स्वादिलो।