Dictionary

All Word

68151 मध्यानी ना. २. पुराण, यज्ञ आदिमा दिउँसो केही क्षणसम्म विश्राम गर्ने समय; मध्यान्तर; मध्याह्न।
68152 मध्यान्तर ना. चलिरहेको कुनै कार्यक्रम थोरै बेर विश्रामका लागि रोकिने समय; बिचको विश्राम; मध्य-समय।
68153 मध्यान्न ना. मध्याह्न; दोपहर।
68154 मध्यावकाश ना. चालु कार्यक्रमलाई स्थगित राखेर केही छिनका लागि गरिने विश्राम; मध्यान्तर; अल्पावकाश।
68155 मध्यावधि ना. १. बिचको अवधि वा समय।
68156 मध्यावधि ना. २. कुनै खास योजना वा कार्यक्रमका कार्यान्वयनको बिचको चरण वा अवस्था।
68157 मध्यावधि चुनाव ना. निर्धारित अवधिका लागि चुनिएका सदस्यहरूद्वारा गठित प्रतिनिधिसभा आदिको समय पूर्ण नहुँदै विशेष परिस्थितिवश बिचैमा हुने अर्को चुनाव वा निर्वाचन।
68158 मध्यावधि मूल्याङ्कन ना. त्यस चरणमा गरिने कार्यप्रगतिको मूल्याङ्कन वा लेखाजोखा।
68159 मध्यासव ना. १. धयेँराका फूलमा लाग्ने गुलियो रस; धयेँराको पुष्परस।
68160 मध्यासव ना. २. पानी र मह मिलाएर बनाइने एक किसिमको मद।
68161 मध्याह्न ना. दिनको बिचको समय; आधा दिनको बेला; मध्यदिन; मध्यानी।
68162 मध्याह्न रेखा ना. हे. देशान्तररेखा।
68163 मध्याह्नोत्तर ना. दिनको आधा भाग बितिसकेपछिको समय; अपराह्ण।
68164 मध्ये ना.यो. कुनै वस्तु वा समूहका माझमा; धेरै वा अनेकका बिचमा। (उदा.- पाठ्यक्रममा निर्धारित विभिन्न विषयमध्ये आफूलाई मन परेको विषय रोज्नुपर्छ)।
68165 मध्वाचार्य ना. दक्षिणी भारतमा प्रचलित वैष्णव सम्प्रदायका प्रवर्तक एक प्रसिद्ध आचार्य; वैष्णवाचार्य।
68166 मन१ ना. माने चालिस सेर वजन बराबरको तौल वा परिमाण।
68167 मन२ ना. १. प्रणीहरूको अनुभव, इच्छा, बोध, विचार, सङ्कल्प-विकल्प आदिलाई नियन्त्रित तथा परिचालित गर्ने अन्तकरणको अंश वा वृत्ति; नाक, कान, आँखा आदिबाट थाहा पाइने कुराबाट आफूलाई प्रभावित पार्ने आन्तरिक इन्द्रिय; अन्तःकरण; चित्त; दिल; हृदय।
68168 मन२ ना. २. इच्छा; कामना; अभिलाषा; रुचि।
68169 मन२ ना. ३. स्वभाव; प्रकृति।
68170 मन२ ना. ४. आशय; इरादा; विचार।
68171 मनकन्थे वि. मनले कथेको; मनगढन्त।
68172 मनकल्पाइ ना. मन कल्पने काम वा भाव; अग्घोर चाहना।
68173 मनकल्पित वि. मनगढन्त; मनचिन्ते।
68174 मनकान्छे ना. मनको आकाङ्क्षा; मानसिक इच्छा वा आकाङ्क्षा; मनको धोको; मनोरथ।
68175 मनकामना ना. १. नेपालको गण्डकी अञ्चलअन्तर्गत गोरखा जिल्लामा अवस्थित एक प्रसिद्ध भगवती।
68176 मनकामना ना. २. मनको इच्छा वा अभिलाषा; मनकान्छे; मनोकामना।
68177 मनकारी वि. फुक्का दिलको; उदार मन भएको; दिलदार।
68178 मनखत ना. मनमा लागेको चोट; मानसिक दुःख; खेद।
68179 मनगढन्त वि. मनमा गढेको; मनले कल्पना गरेको; कपोलकल्पित; निराधार।
68180 मनगढन्ते वि. मन गढन्त।
68181 मनग्गे/मनग्य वि. मनले चिताएजति; प्रशस्त; यथेष्ट; पउल; पुग्दो; छ्यालब्याल।
68182 मनचरी ना. १. मनको चञ्चलता; मानसिक अस्थिरता।
68183 मनचरी ना. २. मनरूपी चरो; मन।
68184 मनचिन्ते वि. मनले चिताएजस्तो दिने; मनले चिताएजति; मनमाफिकको; इच्छाअनुसारको।
68185 मनचिन्ते झोली ना. मनले चिताएको कुरा तुरुन्तै झिक्न सकिने भनी प्रसिद्ध, एक प्रकारको काल्पनिक झोली (दन्त्यकथा आदिमा प्रचलित)।
68186 मनतातो वि. सहन सकिनेजति तातो; केही मात्र तातो; अलिअलि तातो।
68187 मनन ना. १. मन लगाएर कुनै कुरा सोच्नेसम्झने काम वा प्रयास; गौरसाथको सोचाइ; विचार; चिन्तन।
68188 मनन ना. २. अनुमान; अन्दाज; अडकल।
68189 मननशील वि. मनन गर्ने स्वभावको; सोचविचार गर्ने आदत भएको; चिन्तनशील; विचारशील।
68190 मननीय वि. मनन गर्न योग्य; सोच्न लायक; विचारणीय।
68191 मन पर्नु अ.क्रि. १. रुचिकर हुनु; चित्तबुझ्दो हुनु; हृदयले स्वीकार गर्नु। स.क्रि.
68192 मन पर्नु अ.क्रि. २. मन पराउनु; दिलदेखि नै चाहना गर्नु।
68193 मन पराइ ना. मनपर्ने भाव, क्रिया वा प्रक्रिया।
68194 मनपरी क्रि.वि. १. राम्रोनराम्रो, असलखराब केही नसोचेर; मनलागी; मनपर्दी; मनमानी। वि.
68195 मनपरी क्रि.वि. २. जस्तो मन लाग्यो त्यस्तो; उटपट्याङ चालको; जथाभाबी।
68196 मनपर्दी क्रि.वि. १. मनपरी; जथाभाबी। वि.
68197 मनपर्दी क्रि.वि. २. मनले चाहेकी वा रुचाएकी; प्रिय लाग्ने (स्त्री.)।
68198 मनपर्दो वि. १. मनले चाहेको वा रुचाएको; प्रिय; चित्तबुझ्दो। क्रि.वि.
68199 मनपर्दो वि. २. मनपरी; जथाभाबी।
68200 मनपाहा ना. लामालामा खुट्टा, लाम्चो शरीर र जालीदार पन्जा हुने एक प्रकारको लेकाली भ्यागुतो।