Dictionary

All Word

68101 मध्य पुरापाषाण ना. पुरातत्त्वशास्त्रका अनुसार पुरापाषाण युगलाई पनि गरिएको विभाजनअनुसार दोस्रो चरण प्रयोग हुने पाषाण-औजारहरूको समय; पुरापाषाणका शाखामा दोस्रो।
68102 मध्यपूर्व ना. १. एसियाको दक्षिण तथा पश्चिम दिशामा रहेको भूभाग; इरानदेखि इजिप्टसम्मका देश।
68103 मध्यपूर्व ना. २. अफ्रिकामा पर्ने इजिप्ट, सुडान, लिबिया आदि र पश्चिमी एसियामा रहेका सउदी अरब, लेबनान, प्यालेस्टाइन, इजरायल, सिरिया आदि देश तथा तिनका वरिपरिका देशको समूह।
68104 मध्य प्रतिनूतनाश्म ना. भूगर्भशास्त्रका अनुसार प्रातिनूतनाश्म युगलाई विभाजन गर्दा पर्ने दोस्रो चरण; आजभन्दा दश लाख वर्षपहिले प्रारम्भ भएको समय।
68105 मध्य बिन्दु ना. कुनै घेरा, परिधि, वस्तु वा रेखालाई ठिक आधामा छुट्ट्याउने हिसाबले सङ्केतका लागि लगाइएको बिन्दु; बिचको बिन्दु; केन्द्रबिन्दु।
68106 मध्यम वि. १. गुण, परिमाण, स्तर आदिका दृष्टिले न घटीको न बढीको; बिचको; मझौला।
68107 मध्यम वि. २. जेठोभन्दा पछिको; माहिलो। ना.
68108 मध्यम वि. ३. सङ्गीतका सप्तस्वरमध्येको तीन सय बिस नादलहरी हुने 'म'-स्वर।
68109 मध्यम काव्य ना. भित्री व्यङ्ग्य अर्थ भए पनि वाच्यार्थलाई जित्न नसक्ने भई व्यङ्ग्यार्थ गौण भएको काव्य; गुणीभूतव्यङ्ग्य काव्य।
68110 मध्यम छँटाइ ना. साधारण किसिमको र बिच समयमा पर्ने हिसाबले बिरुवाहरू छाँटेर मिलाउने काम।
68111 मध्यम पुरुष ना. व्याकरणअनुसार आफूले कुरा गरिरहेको वा आफ्नो कुरा सुन्ने मानिस; तीन पुरुष-उत्तम, मध्यम र प्रथममध्ये एक; द्वितीय पुरुष (तँ, तिमी आदि)।
68112 मध्यमलोक ना. भूलोक; मर्त्यलोक; पृथ्वी।
68113 मध्यम वयस्क वि. आधा उमेर गुमेको; अधबैँसे।
68114 मध्यम वर्ग ना. १. बौद्धिक दृष्टिले सचेत भए पनि आर्थिक दृष्टिले पुगीसरी नआउने श्रेणीका मानिसहरूको समूह; मझौला स्तरका जनता।
68115 मध्यम वर्ग ना. २. आर्थिक दृष्टिले बिचको श्रेणीका मानिस।
68116 मध्यमवर्ण लोप ना. शब्दका माझको वर्ण लोप हुने भाषावैज्ञानिक प्रक्रिया।
68117 मध्यमा ना. १. हात वा खुट्टाका पाँच औँलामध्ये बिचको औँलो; माझी औँलो।
68118 मध्यमा ना. २. नायकका गुण वा दोषका आधारमा मानअपमान गर्ने नायिका।
68119 मध्यमा ना. ३. मध्यम श्रेणीको परीक्षा; प्रमाणपत्र वा इन्टरमिडिएट तहको परीक्षा।
68120 मध्यमा ना. ४. रजोवती स्त्री।
68121 मध्यमाङ्क ना. पूर्णाङ्कभन्दा पछिका अङ्कहरूमा प्रत्येक दशका बिचमा पर्ने अङ्क; दशमलवपछिको पाँच अङ्क।
68122 मध्यमाङ्गुल ना. वास्तु वा मूर्तिकलाको नापोमा प्रयोग हुने, जौको पेटतिरबाट मिलाएर राख्दा सात जौ बराबरको नापो ।
68123 मध्यमाञ्चल ना. नेपाललाई विकासक्षेत्रका आधारमा विभाजन गर्दा बाग्मती, जनकपुर र नारायणी अञ्चललाई गाभेर बनाइएको एक क्षेत्र।
68124 मध्यमुण्ड ना. नृतत्त्व-शास्त्रअनुसार मझौला आकारको मुण्ड।
68125 मध्ययुग ना. एसिया र युरोपको इतिहासका आधारमा सभ्यता, संस्कृति, शिक्षा आदिका दृष्टिले इसाका सातौँदेखि सत्रौँ शताब्दीसम्मको समय; प्राचीन र आधुनिक कालका बिचको काल; मध्यकाल।
68126 मध्ययुगीन वि. मध्ययुगसम्बन्धी; मध्यकालको।
68127 मध्यरात ना. रातको पूर्वार्द्ध र उत्तरार्द्धका बिचको समय; रातका बिचको समय; आधा रात।
68128 मध्यरात्र/मध्यरात्रि ना. मध्यरात।
68129 मध्यवर्ती वि. १. बिचमा रहेको; मझमा रहेको; मध्यस्थ।
68130 मध्यवर्ती वि. २. कुनै पनि पक्षमा नलाग्ने; तटस्थ।
68131 मध्यवर्ती वि. ३. कुनै वृत्त वा रेखालाई बराबरी पार्ने गरी बिचमा सङ्केतको रूपमा रहेको (बिन्दु)।
68132 मध्यवर्ती वि. ४. कुनै भुजाको शीर्षबिन्दुबाट सम्मुख भुजाको मध्य बिन्दुमा पारी खिचिएको (रेखा)।
68133 मध्यवित्त वि. आर्थिक दृष्टिले मझौला स्तर भएको; न धनी न गरीब।
68134 मध्यवित्त वर्ग ना. मध्यवित्त भएका मानिसहरूको समूह; मध्यम वर्ग।
68135 मध्यवित्त समाज ना. मध्यवित्त वर्ग।
68136 मध्य व्यञ्जनागम ना. माझमा व्यञ्जन थपिने भाषावैज्ञानिक प्रक्रिया।
68137 मध्य सप्तक ना. सङ्गीतशास्त्रका अनुसार स्वरहरूको सामान्य उच्चारण हुने अवस्था।
68138 मध्यस्थ वि. १. बिचमा रहेको; माझको।
68139 मध्यस्थ वि. २. कसैको पक्षमा नलाग्ने, तटस्थ; उदासीन। ना.
68140 मध्यस्थ वि. ३. दुई पक्षका बिचमा रही कुनै विवादको निर्णय गर्ने वा झगडा आदि मिलाउने व्यक्ति।
68141 मध्यस्थता ना. १. खेल, वादविवाद, मुद्दामामिला आदिमा दुई थरीका बिचमा रही हारजितको निर्णय गर्ने वा मिलाउने काम; मध्यस्थको काम।
68142 मध्यस्थता ना. २. मध्यस्थ हुनाको भाव वा अवस्था।
68143 मध्यस्थ निर्णय ना. कुनै पक्षविपक्षका बिचमा उठेको विवादमा दुवै पक्षलाई मर्का नपर्ने हिसाबले गरिने निर्णय वा फैसला।
68144 मध्यस्वर लोप ना. कुनै शब्दका व्यञ्जनका बिचमा रहेको स्वरध्वनिको लोप हुने काम (जस्तै- समाचार > सम्चार, तमसुक > तम्सुक आदि)।
68145 मध्य स्वरागम ना. शब्दका बिचमा दुवैतिरका व्यञ्जनध्वनिका बिचमा स्वर थपिन आउने काम (जस्तै- क्रिया > किरिया, प्लेट > पिलेट)।
68146 मध्या ना. १. यौवन चढेकी, केही धृष्ट र कम लज्जालु नायिका; मझौली खालकी नायिका।
68147 मध्या ना. २. रजस्वला भइसकेकी स्त्री।
68148 मध्या ना. ३. हात वा गोडाका सबैभन्दा लामो औँला; माझीऔँला।
68149 मध्या ना. ४. छन्दशास्त्रअनुसार प्रत्येक चरणमा तीन अक्षर हुने एक वर्णवृत्त।
68150 मध्यानी ना. १. दिनको ठिक मध्य समय; आधा दिन।