Dictionary

All Word

67951 मदन ना. ४. प्रेम।
67952 मदन ना. ५. मइन-फल।
67953 मदन गृह ना. भग; योनि।
67954 मदन पुरस्कार ना. मदन शमशेरकी पत्नी जगदम्बाले आफ्ना पतिका नाममा स्थापना गरेको, नेपाली वाङ्मयका विशिष्ट साधकका उत्कृष्ट कृतिलाई प्रदान गरिने एक पुरस्कार।
67955 मदनोत्सव ना. १. वसन्त ॠतुमा कामदेवको अर्चना गरी मनाइने विशेष उत्सव।
67956 मदनोत्सव ना. २. फागु; होलिकोत्सव।
67957 मद भट्टी ना. १. रक्सीको उत्पादन र वितरण गरिने कारखाना।
67958 मद भट्टी ना. २. रक्सीपसल; सराबखाना।
67959 मदमत्त वि. १. धन, यौवन, अधिकार आदिको घमन्डले मात्तिएको; मदले मत्त।
67960 मदमत्त वि. २. घमन्डी; सेखीवाल।
67961 मदरसा ना. पाठशाला।
67962 मदलेन ना. मदलेन मानवले प्रयोग गरेको एक पुरातात्त्विक उपकरण।
67963 मदलेन मानव ना. नृतत्त्वशास्त्रअनुसार फ्रान्सको वेजेर नदीको उपत्यकामा भएको एक मानवजाति; बल्छीको आविष्कार गर्ने जाति।
67964 मदवारि ना. हे. मदजल।
67965 मद विकृति ना. नशालु वा यस्तै वस्तुको सेवनबाट बुद्धिमा पर्ने असर; मतिभ्रम।
67966 मदसार ना. रासायनिक क्रियाबाट देखा पर्ने एक अर्गानिक यौगिक पदार्थ।
67967 मदाना ना. रुबिएसी समूहमा पर्ने एक किसिमको वन्य फल; मइनफल।
67968 मदानी ना. हे. मधानी।
67969 मदान्ध वि. १. मद वा कामवासनाले आँखै नदेख्ने भएको; जवानीले मातिएको।
67970 मदान्ध वि. २. मदमत्त; विवेकहीन।
67971 मदारी ना. चटके; चटक देखाउने व्यक्ति।
67972 मदालस वि. मद वा नशाले अल्छी भएको; लट्ठिएको।
67973 मदिना ना. अरबको प्रसिद्ध सहर, जहाँ हजरत महम्मदले आश्रय लिएका थिए।
67974 मदिर वि. १. नशा लाग्ने।
67975 मदिर वि. २. आनन्द दिने।
67976 मदिर वि. ३. नयनाभिराम।
67977 मदिरा ना. १. जाँडरक्सी आदि नशालु पदार्थ; मद्य; सराब।
67978 मदिरा ना. २. सात भगण र अन्तमा एक गुरु भएको बाइसअक्षरे वार्णिक छन्द।
67979 मदिराक्ष वि. मदले लट्ठिएका आँखा भएको; मत्तलोचन।
67980 मदिराक्षी वि. १. मदले लट्ठिएका आँखा हुने (स्त्री)।
67981 मदिराक्षी वि. २. जादूले जस्तो आकर्षण गर्ने आँखा भएकी (युवती)।
67982 मदिराक्षी गृह ना. जाँडरक्सी बनाउने, बेच्ने वा बसेर खाने ठाउँ; भट्टी; बार।
67983 मदिरालय ना. मदिरागृह; भट्टी।
67984 मदिरोन्मत्त वि. रक्सीका नशाले चुर भएको; मदिराले मात्तिएको।
67985 मदिलो ना. अण्डाकार लाम्चिला पात हुने, पातका तल्लापट्टि चाँदीको जलप झैँ सेतो टल्कने, मञ्जरीका आकारका प्रशस्त फूल फुल्ने, दिसा खलास गर्ने औषधीका रूपमा तथा हृदयरोगमा समेत सेवन गरिने, भुईँमै लत्रेर फिँजारिएको एक बोटविशेष।
67986 मदिसा ना. चाँगे जस्तै फुल्ने, ठुलठुला, लाम्चा आकारका पात भएको, मसिना, काला रङका चेप्टा दाना फल्ने, अमलपित्त र गर्मीको औषधी मानिएको एक जातको झार।
67987 मदिसे वि. १. मदेसमा बस्ने; मदेसको बासिन्दा।
67988 मदिसे वि. २. मदेससम्बन्धी; मदेसको।
67989 मदिसे वि. ३. मध्यप्रदेशको निवासी।
67990 मदिसे काँढो ना. च्याप्टो खालको सिउँडी; मदिसे सिउँडी।
67991 मदिसे बदाम ना. एक प्रकारको बदाम; कागजी बदाम।
67992 मदिसे सिउँडी ना. रोटीजस्ता ठुला र लाम्चा पात हुने, पातबाटै अर्को पात पलाउने, पातभरि लामा र तिखा काँडा हुने एक प्रकारको सिउँडी; नागफणी; नागबिहिनी; मदिसे काँडो।
67993 मदिसे सुप ना. बास्ना आउने खालको, ठुलो जातको सुप।
67994 मदीय वि. मेरो; आफ्नो।
67995 मदुस ना. काठको ठुलो आकारको, अनेक सामान राखनधरन गर्न मिल्ने र खाटको कामसमेत लिन सकिने, ठुलो सन्दुस; खाटे बाकस।
67996 मदेस/मदेश ना. हे. मधेस।
67997 मदोन्मत्त वि. १. मदिराको सेवनले मातिएको; नशाले चुर भएको; मदान्ध।
67998 मदोन्मत्त वि. २. धन, यौवन, अधिकार, मान आदिले भुईँमा खुट्टा नभएको; मदमत्त।
67999 मद्दत ना. मदत।
68000 मद्दतगार ना. मदतगार।