Dictionary

All Word

67801 मतदान ना. निर्वाचनमा कुनै उम्मेदवारलाई मत दिने काम; भोट खसाल्ने काम।
67802 मतदान अधिकृत ना. मतदान केन्द्रको व्यवस्था मिलाउन खटिएको अधिकारी; मतदान केन्द्रको अधिकारी।
67803 मतदान केन्द्र ना. चुनावमा मतदाताले मत दिन व्यवस्था गरिएको तोकिएको ठाउँ; भोट खसाल्ने ठाउँ (बुथ)।
67804 मतपत्र ना. निर्वाचनमा कुनै उम्मेदवारलाई रोज्न मतदाताले मतपेटिकामा खसाल्ने सरकारी छाप लागेको पत्र; प्रतिनिधि छान्ने टिकट (ब्यालेट-पेपर)।
67805 मतपेटिका/मतपेटी ना. मतदाताहरूले मतपत्रहरू खसाल्ने बाकस (ब्यालेट-बक्स)।
67806 मतप्रणाली ना. १. मत दिएर आफूले चाहेको प्रतिनिधि छान्ने पद्धति।
67807 मतप्रणाली ना. २. मत खसाल्ने प्रक्रियाको जानकारी दिने नियम।
67808 मतभेद ना. मत वा राय नमिल्ने स्थिति; ठ्याक नमिल्ने वा राय बाझ्ने काम।
67809 मतमत ना. रूप, यौवन, शक्ति, सम्पन्नता आदिले मत्त भएको अवस्था; मदमत्त।
67810 मतमताइ ना. मतमत हुने भाव वा क्रियाप्रक्रिया।
67811 मतमताइनु अ.क्रि. मदले मत्त होइनु।
67812 मतमताउँदो वि. १. एकदम मात्तिएको; उन्मत्त; मात लागेको।
67813 मतमताउँदो वि. २. बैँस आदिले गर्दा ज्यादै उरन्ठेउलो।
67814 मतमताउनु अ.क्रि. १. यौवनले मत्त हुनु; बैँस चढ्नु।
67815 मतमताउनु अ.क्रि. २. धन, मान, उमेर आदिले मत्त हुनु; घमन्डले मात्तिनु।
67816 मतमतान्तर ना. फरकफरक विभिन्न मत; अनेक मत; मत-मतका बिचको अन्तर।
67817 मतमुखी ना. जाँडरक्सी खाने व्यक्ति।
67818 मतया: ना. ललितपुर इलाकाको बौद्ध, विहार, चैत्यादिमा सीमित क्षेत्रमा गाईजात्राको भोलिपल्ट दिनमा घुमेर गरिने दीपजात्रा।
67819 मतलब ना. १. आन्तिरक भाव; आशय; तात्पर्य; अभिप्राय।
67820 मतलब ना. २. कुनै भनाइको अर्थ; माने।
67821 मतलब ना. ३. आफ्नै मात्र हित सिद्ध गर्ने नियत; स्वार्थ।
67822 मतलब ना. ४. लक्ष्य; उद्देश्य।
67823 मतलब ना. ५. सरोकार; वास्ता; सम्बन्ध; प्रयोजन।
67824 मतलबी वि. आफ्नो मात्र मतलब सिद्ध गर्ने; स्वार्थी।
67825 मतवाला१ वि. कसैको मतका पछि लाग्ने; मतियार।
67826 मतवाला२ वि. १. मादक पदार्थ सेवन गरेको; नशा लागेको; मदमत्त।
67827 मतवाला२ वि. २. वंशपरम्पराबाट नै मदिरा खाने।
67828 मतवाला२ वि. ३. विक्षिप्त; पागल।
67829 मतवाला२ वि. ४. कसैको मत वा सिद्धान्तको अनुयायी।
67830 मतवाली ना. १. जाँडरक्सी खाने जाति; मदिरा सेवन गर्ने वंश; मतमुखी। वि.
67831 मतवाली ना. २. वंशपरम्पराबाट मदिरा खाँदै गरेको।
67832 मत व्यवस्था ना. मतदानका आधारमा निर्णय गरिने शासन-व्यवस्था।
67833 मत सङ्ग्रह ना. कुनै आवश्यक प्रश्न, विषय, स्थिति आदिमा र प्रतिनिधिका छनोटको निर्णयका लागि सम्बन्धित व्यक्तिहरूबाट मत लिने तथा एकत्र गर्ने काम वा परिपाटी।
67834 मताधिकार ना. निर्वाचनमा नियमानुसार प्रतिनिधि छान्नका लागि मत वा भोट दिने अधिकार; राय दिने हक।
67835 मताधिकारी ना. निर्वाचनमा मतदान गर्ने अधिकार पाएको व्यक्ति; मतदाता।
67836 मतानुयायी वि. कुनै व्यक्तिको वा धार्मिक सम्प्रदायका मत वा सिद्धान्तको अनुसरण गर्ने; मतावलम्बी।
67837 मतान्तर ना. १. अर्को मत।
67838 मतान्तर ना. २. अलग सम्प्रदाय।
67839 मतान्तर ना. ३. विरोधी राय वा विचार।
67840 मताप ना. १. कमबेसी नभएको चाल; एकनासको गति।
67841 मताप ना. २. उग्र वा मन्द नभएको प्रकृति, आगो आदि; सरल स्वभाव।
67842 मतापी वि. १. सधैँ मध्य गतिले चल्ने; मतापको।
67843 मतापी वि. २. सुहाउँदो; मनासिब।
67844 मतावलम्बी वि. कुनै सिद्धान्त, मत वा सम्प्रदायको अवलम्बन गर्ने; मतानुयायी।
67845 मतावली ना. कुनै खास विषय वा समस्याबारे व्यक्तिका आफ्ना विचार, दृष्टिकोण वा मत प्रकट गर्न वा सङ्कलन गर्न उपयोग गरिने प्रश्नावली।
67846 मति ना. १. ज्ञान; बुद्धि, समझ।
67847 मति ना. २. राय; मत; सम्मति।
67848 मति ना. ३. इच्छा; मनसुबा।
67849 मतिभ्रम ना. बुद्धि बिग्रने काम; बुद्धिको विभ्रम।
67850 मतिमान् वि. समझदार; बुद्धिमान्।