Dictionary

All Word

67701 मडारिनु अ.क्रि. ४. मनमा नाना थरी कुरा खेल्नु।
67702 मडारिनु अ.क्रि. ५. अरूको उन्नति वा वृद्धि देखेर मनमा डाहा हुनु; ईर्ष्या हुनु; इखिनु।
67703 मडारिनु अ.क्रि. ६. बटारिनु; उमेठिनु।
67704 मडाऱ्याइ ना. मडारिने भाव, क्रिया-प्रक्रिया।
67705 मडाऱ्याहट ना. मडाऱ्याइ।
67706 मडिलो ना. १. घुम अड्याउनाका निम्ति टाउकामा अडाइने डोरी।
67707 मडिलो ना. २. परबरका आकारका फल फल्ने र गुन्दरका जस्ता गाना हुने एक जातको लहरो।
67708 मडिलो ना. ३. धानसँगै फल्ने गुदी नभएको दाना; मल्लिँडो।
67709 मडिलो सर ना. गहुँ वा सामाका जस्ता पात र जौका जस्तै बाला फल्ने, खेतमा हुने एक किसिमको बर्खे झार।
67710 मडुवा१ वि. १. मिसिन आदिमा पेलेर नरम पारिएको वा सिउन सजिलो हुने गरी माडिएको (छाला)।
67711 मडुवा१ वि. २. गोरु, मिसिन आदिले माडेर झारेको; माडेर वा दाइँ गरेर पराल, कुसाउरो आदि छुट्ट्याइएको (अन्न)।
67712 मडुवा२ वि. १. माड लगाएर बाक्लो पारेको; मड्याएको (कागज, कपडा आदि)।
67713 मडुवा२ वि. २. चिनीका चास्नीमा डुबाएर बनाइएको अमलाको अचार।
67714 मडुवा३ ना. आँख्ला-आँख्लाबाट हाँगा पलाई फल्ने एक जातको कोदो।
67715 मडेउली ना. विवाहमा मङ्गलगीत गाउने स्त्री; बेहुलीका साथीहरूको समूह; मड्यौली।
67716 मडेल ना. मडेउलीको पुरुष साथी।
67717 मड्कनु अ.क्रि. कागज, कपडा आदिमा लगाइएको कलप, रोगन, पालिस, घोट आदि बिग्रनु; पुरानो भएर उज्जर नदेखिनु; घसिटिनु; मड्किनु; खुइलिनु।
67718 मड्काइ ना. १. मड्कने भाव, क्रिया वा प्रक्रिया।[मड्काउ+आइ]
67719 मड्काइ ना. २. मड्काउने क्रिया वा प्रक्रिया।
67720 मड्काइनु क.क्रि. मड्कने पारिनु।
67721 मड्काउनु स.क्रि. मड्किलो तुल्याउनु; मड्किने पार्नु।
67722 मड्किनु अ.क्रि. १. मड्कनु।
67723 मड्किनु अ.क्रि. २. मड्कने होइनु; घसिटिनु; घस्टिनु।
67724 मड्किलो वि. १. मड्किन वा घसिटिन लागेको; मड्किने अवस्थामा पुगेको; पुरानो हुँदै गएर उज्जर नदेखिने भएको; मड्किएको; घसिटिएको।
67725 मड्किलो वि. २. मटकिलो।
67726 मड्किलोपन ना. मड्किलो हुनाको भाव वा अवस्था।
67727 मड्क्याइ ना. मड्किने भाव, क्रिया वा प्रक्रिया।
67728 मड्क्याइनु क.क्रि. मड्किन लाइनु; घसिट्याइनु।
67729 मड्क्याउनु प्रे.क्रि. १. कागज, कपडा आदिको कलप, पालिस, घोट आदि बिगार्नु; घस्ट्याउनु।
67730 मड्क्याउनु प्रे.क्रि. २. माटाको जस्तो रङ पार्नु; मड्किलो तुल्याउनु।
67731 मड्क्याउनु प्रे.क्रि. ३. उज्जरपन नष्ट पार्नु।
67732 मड्याइ ना. मड्याउने भाव, क्रिया वा प्रक्रिया।
67733 मड्याइनु क.क्रि. मड्याउने पारिनु; कलप, पालिस आदि चढाइनु।
67734 मड्यौली ना. हे. मडेउली।
67735 मड्याउनु स.क्रि. कागज, कपडा आदि दह्रो पार्न माड लगाउनु; कलप हाल्नु।
67736 मढ्नु स.क्रि. १. प्रायः चारैतिर छाला, कपडा आदि लपेट्नु; मोहोर्नु।
67737 मढ्नु स.क्रि. २. तबक आदि लाउनु; टाँस्नु।
67738 मढाइ ना. मढ्ने भाव, क्रिया वा प्रक्रिया।
67739 मढाइनु क.क्रि. मढ्न वा मोहोर्न लाइनु।
67740 मढाउनु प्रे.क्रि. मढ्न वा मोहोर्न लाउनु।
67741 मढिनु क.क्रि. मढ्ने काम गरिनु; मोहोरिनु।
67742 मढिया ना. कामधाम बेगरको स्थिति।
67743 मढिया मार्नु कामकाज नगरी निश्चिन्त भई समय बिताई बस्नु।
67744 मढी ना. १. योगी, सन्न्यासीहरूको आश्रम; कुटी; मठ।
67745 मढी ना. २. नदीका किनारामा धार्मिक कृत्य गर्नाका निम्ति बनाइएको मण्डप।
67746 मढुली ना. सानो कुटी।
67747 मणि ना. १. अत्यन्त; मूल्यवान्, चम्किलो पत्थर; रत्न; जवाहिरात।
67748 मणि ना. २. सुयोग्य र श्रेष्ठ व्यक्ति।
67749 मणि ना. ३. भगाङ्कुर; स्त्रीमणि।
67750 मणि ना. ४. पुरुषका जननेन्द्रियका टुप्पाको छत्राकार कामोत्तेजक अवयव; पुम्मणि; टेप्रो।