Dictionary

All Word

67551 मच्याकमुचुक क्रि.वि. १. लच्कने वा लच्कँदा शब्द आउने गरी।
67552 मच्याकमुचुक क्रि.वि. २. मिचामिच पार्ने गरी; मऱ्याकमुरुक।
67553 मच्याकमुचुक क्रि.वि. ३. थिच्ने, किच्ने वा मिच्ने किसिमले; कच्याककुचुक।
67554 मच्याक्क क्रि.वि. मचक्क।
67555 मछाइनु ना. धसिङ्गरेका जस्ता पात र ससाना काला दाना हुने बोटविशेष; त्यसै बोटमा फल्ने फल।
67556 मछुवा ना. १. माछा मारेर जीवननिर्वाह गर्ने जाति वा व्यक्ति। वि.
67557 मछुवा ना. २. माछा मार्ने; जलाहारी।
67558 मजकुर वि. ऐजन; उक्त; निज; मौसुफ।
67559 मजदुर ना. १. अर्काको काममा शारीरिक श्रम गरी ज्यालाबनीद्वारा जीवननिर्वाह गर्ने व्यक्ति; कलकारखाना, कृषिफारम, सडक, भवननिर्माण आदि कार्यमा शारीरिक श्रम वा काम गरेर दुखजिलो गर्ने व्यक्ति; श्रमजीवी।
67560 मजदुर ना. २. कुल्ली; ज्यामी।
67561 मजदुर सङ्गठन ना. मजदुरहरूको पेसा, ज्याला, स्वास्थ्य, बसोबास, तालिम आदिको निश्चितता तथा उनीहरूको हकहितका लागि मजदुरहरूकै एकताबाट निर्माण गरिएको सङ्घ; मजदुरहरूको सङ्गठन।
67562 मजदुरी ना. १. मजदुरले पाउने पारिश्रमिक; ज्याला; मजुरी।
67563 मजदुरी ना. २. मजदुरको काम वा पेसा।
67564 मजबुत वि. १. दह्रो; दह्रिलो; बलियो।
67565 मजबुत वि. २. नडग्ने; दृढ; पक्का।
67566 मजबुत वि. ३. बलवान्; तागतदार; बलिष्ठ।
67567 मजबुती ना. १. मजबुत हुनाको भाव वा स्थिति; दृढता; दह्रिलोपन।
67568 मजबुती ना. २. तागत; बल; आँट।
67569 मजबुन ना. कुनै सिङ्गो लेख वा अनुच्छेदको सङ्क्षेपीकृत रूप; सार अंश वा रचना।
67570 मजलिस ना. १. कुनै सभा, सम्मेलन आदि हुने घर; सभाभवन; बैठक।
67571 मजलिस ना. २. परिषद्; सभा।
67572 मजलिस घर ना. सभागृह।
67573 मजहब ना. १. धार्मिक सम्प्रदाय; पन्थ; मत।
67574 मजहब ना. २. धर्म।
67575 मजा ना. कुनै कामकुराको गराइ वा भोगाइमा मानसिक तथा भौतिक रूपले हुने रमाइलो; आनन्द; सुबिस्ता; सुख; मज्जा।
67576 मजाक ना. ठट्टा रमाइलो; परिहास; हँसी; दिल्लगी।
67577 मजाकी वि. मजाक गर्ने; दिल्लगीबाज।
67578 मजाको वि. १. उत्तम र राम्रो; भनेसम्मको सुन्दर।
67579 मजाको वि. २. मनपर्दो; आनन्ददायक; रमाइलो।
67580 मजाल ना. तागत; शक्ति; बल; सामर्थ्य।
67581 मजिटो/मजिठो ना. पानका आकारका अलिक लाम्चा पात तथा अपामार्गको जस्तो डाँठ हुने, पहेँलो फूल फुल्ने र रातानिला र अन्य रङका मसिना फुल लाग्ने, रङ बनाउने काम लिइने र जरीबुटीमा उपयोग हुने एक जातको लहरो; त्यसै लहरामा फल्ने फल।
67582 मजिपाटे वि. १. काठमाडौँ उपत्यकाको मजिपाट भन्ने ठाउँमा रहेको। ना.
67583 मजिपाटे वि. २. कृष्णाष्टमीको दिनमा नचाइने लाखे।
67584 मजिपाटे लाखे ना. मजिपाटे।
67585 मजिस्ट्रेट ना. नगरको शान्ति-सुरक्षासम्बन्धी काम गर्ने र फौजदारी मुद्दामामिला हेर्ने सरकारी उच्च अधिकारी; जिल्लाधीश।
67586 मजुर ना. मुजुर; मयूर।
67587 मजुरा ना. मुजुरा।
67588 मजुरी ना. मजदुरी; ज्यालाबनी।
67589 मजुवा वि. / ना. हे. मझुवा।
67590 मजेत्रो ना. स्वास्नीमासिनहरूले शिर ढाक्न ओढ्ने सानो एकसरो कपडा; पछ्यौरा; बर्को।
67591 मजेदार वि. मजा लाग्ने; मजाको; आनन्ददायक।
67592 मज्जा१ ना. प्राणीहरूका हाडभित्र रहने सेतो र स्निग्ध पदार्थ; मासी।
67593 मज्जा२ ना. मजा; आनन्द; रमाइलो।
67594 मझ पश्चिमा ना. नेपाली भाषाको डोटी र डँडेलधुरामा बोलिने भाषिका।
67595 मझाइ ना. माझ्ने भाव, क्रिया वा प्रक्रिया।
67596 मझाइनु क.क्रि. माझ्न लाइनु।
67597 मझाउनु प्रे.क्रि. माझ्ने काम गराउनु; माझ्न लाउनु।
67598 मझिया ना. गाउँघरको थरीसरहको काम गर्ने मान्छेको एक पद; एक प्रकारको थरी।
67599 मझुवा वि. १. माझेर सफा पारिएको; माझिएको; मजुवा।
67600 मझुवा वि. २. माझ्ने काम गर्ने; माझ्ने। ना.