Dictionary

All Word

67401 मक्खीचुस वि. १. भरसक झिँगाका खुट्टामा लागेको चिज पनि चुसेर खाने खालको साह्रै लोभी; द्रव्यपिशाच; कन्जुस; कृपण।
67402 मक्खीचुस वि. २. महाको छुच्चो।
67403 मक्खीबुट्टे वि. सेतो भुईँमा झिँगा बसेजस्तो देखिने बुट्टा भएको; झिँगाका आकारको बुट्टा भएको (कपडा, चोलो आदि)।
67404 मक्याइ ना. मकिने स्थिति, क्रिया वा प्रक्रिया।
67405 मक्ल्याकमुक्लुक क्रि.वि. खानेकुरा मकमक्याउने वा त्यसो गर्दा शब्द निस्कने गरी।
67406 मक्षिका ना. १. झिँगो; मक्खी।
67407 मक्षिका ना. २. माहुरी।
67408 मखन१ ना. दुध वा दही मथेर निकालिने बाक्लो, चिल्लो सारपदार्थ; नौनी; नवनीत; मक्खन।
67409 मखन२ ना. हे. मखाना।
67410 मखमल ना. एकापट्टि नरम भुवा राखी अर्कातिर चिल्लो हुने गरी बुनिएको एक जातको, असल, मोटो रेसमी कपडा।
67411 मखमली ना. १. दुईतीन फिटसम्मको अग्लो, राता डाँठ हुने र लाम्चा पात हुने, खस्रा गाढा सेता वा राता रङका फूल फुल्ने एक जातको बोट; सोही बोटको प्रसिद्ध फूल। वि.
67412 मखमली ना. २. मखमलसम्बन्धी।
67413 मखमली ना. ३. मखमलका छाँटको।
67414 मखमली किरो ना. वर्षाकालमा आउने रातो रङको एक जातको किरो; इन्द्रगोप।
67415 मखाना ना. पानी वा सिमसार जग्गामा उम्रने, बीज भुटेर मसलाको रूपमा खाइने एक जातको लहरो; सोही लहराका गाँठामा फल्ने फल; मखन।
67416 मखिबुट्टे वि. माखा झैँ बुट्टा भएको।
67417 मखी ना. हे. मक्खी।
67418 मखीचुस वि. मक्खीचुस।
67419 मखुन्डी वि. १. काम गर्ने ढङ्ग वा सिप नभएको; सिकारु; मखन्डी।
67420 मखुन्डी वि. २. मखुन्डो लाउने; मखुन्डोधारी।
67421 मखुन्डे वि. १. मखुन्डो लगाएर खेल्ने वा नाच्ने; मखुन्डो भिर्ने।
67422 मखुन्डे वि. २. मुखले एउटा र कामले अर्को कुरा गर्ने।
67423 मखुन्डो ना. लाखे वा ढँटवारेले सकली चेहरा छिपाउन मुखमा लगाउने, देव-देवता, राक्षस आदिका अनुहारको कृत्रिम साधन; मखुन्डी; मुकुन्डो।
67424 मखुन्डोधारी वि. मखुन्डो लाउने।
67425 मखौरो ना. लौरीका टुप्पामा कागतका टुक्रा, घोडाका पुच्छरको रौँ आदि बाँधेर बनाइएको, झिँगा आदि धपाइने चमरजस्तो साधन।
67426 मख्याहा ना. मुखमा निस्कने कोठीजस्ता मसिना खालका काला दाग।
67427 मख्ले ना. चामल कुटेर वा पिँधेर बचेको कनिका।
67428 मगज ना. १. मस्तिष्क; गिदी।
67429 मगज ना. २. अक्कल; दिमाग; बुद्धि।
67430 मगण ना. छन्दशास्त्रअनुसार तीनैवटा गुरु हुने गण (SSS)।
67431 मगन वि. मग्न।
67432 मगनमस्त वि. सुख वा हर्षमा डुबेको; हर्षविह्वल।
67433 मगनमस्ती ना. आनन्दातिरेक।
67434 मगनी ना. १. कुनै वस्तुको याचना; माग्ने काम।
67435 मगनी ना. २. मागिएको वा माग्दा पाएको चिज।
67436 मगनी ना. ३. राई, लिम्बु आदिका समाजमा कन्यार्थी हुनेले पहिलोपल्ट जाँड, रक्सी, कुखुरा आदि कोसेली लाने रीतभाँत।
67437 मगनी ना. ४. नेपाल तराईका मधेसी समुदायमा केटी माग्न जाने काम।
67438 मगन्ता/मगन्ते ना. १. मागेर जीविका चलाउने; मागी खाने।
67439 मगन्ता/मगन्ते ना. २. मागेकै भरमा टार्न खोज्ने।
67440 मगन्ता/मगन्ते ना. ३. कङ्गाल; फुङ्गिन; गरिब।
67441 मगमग क्रि.वि. मिठो सुवास फैलिने गरी; बास्ना आउने किसिमले।
67442 मगमगती/मगमगी क्रि.वि. मगमगाएर बास्ना आउने गरी।
67443 मगर ना. नेपालको मध्यपश्चिमी पहाडी क्षेत्रमा बस्ने भोटबर्मेली भाषिक समूहको एक जाति; मगरातका आदिवासी।
67444 मगराँत/मगरात ना. विशेष रूपमा मगरहरूको बसोबासो तथा प्राचीन राज्य भएको क्षेत्र।
67445 मगही वि. १. मगधप्रदेशमा हुने; मगध-प्रदेशसम्बन्धी।
67446 मगही वि. २. मगधवासी।
67447 मगही वि. ३. मगधप्रान्तमा हुने, असल एक जातको पान।
67448 मगाइ ना. १. माग्ने क्रिया वा प्रक्रिया। [मगाउ+आइ]
67449 मगाइ ना. २. मगाउने क्रिया वा प्रक्रिया।
67450 मगाइनु क.क्रि. माग्न लाइनु; झिकाइनु।