Dictionary

All Word

67301 भ्रान्ति ना. ४. भुलचुक; सामान्य गल्ती।
67302 भ्रान्ति ना. ४. उपमानलाई देखेर उपमेयको भ्रम पर्दा हुने एक अर्थालङ्कार।
67303 भ्रान्तिमान् वि. १. भ्रान्ति भएको; भ्रमयुक्त।
67304 भ्रान्तिमान् वि. २. घुमेको; चक्कराउँदै गरेको। ना.
67305 भ्रान्तिमान् वि. ३. भ्रान्ति नामको अर्थालङ्कार।
67306 भ्रामक वि. १. भ्रम उत्पन्न गराउने; भ्रममा पार्ने।
67307 भ्रामक वि. २. शङ्का उत्पन्न गर्ने; सन्देहकारक।
67308 भ्रामक वि. ३. घुमाउने; चक्कर लगाउने; रिँगाउने।
67309 भ्रामरी ना. १. अष्टयोगिनी दशामध्ये मङ्गलकी पत्नी मानिने, जम्मा चार वर्ष पालो रहने एक योगिनी।
67310 भ्रामरी ना. २. दुर्गाको एक नाम।
67311 भ्रामरीको दशा ना. यता र उता भौँतारिरहनु पर्ने अवस्था।
67312 भ्रुकुंश ना. आइमाईका पोसाक लगाएर नाच्ने लोग्नेमान्छे; नट; मारुनी।
67313 भ्रुकुटी ना. १. दुवै आँखाभन्दा माथि पर्ने रौं पलाएको ठाउँ; आँखीभौँ।
67314 भ्रुकुटी ना. २. ईडा, पिङ्गला र सुषुम्णा नाडीको सङ्गमस्थल; चन्द्रमण्डल।
67315 भ्रू ना. दुवै आँखाका माथिल्लापट्टि छोटाछोटा रेखी पलाउने ठाउँ; आँखीभुईं।
67316 भ्रुकुटी ना. आँखीभुईं; भृकुटी।
67317 भ्रूक्षेप ना. रिस वा आवेगले हुने आँखीभौँको खुम्च्याइ; भ्रूभङ्ग।
67318 भ्रूण ना. पाठेघरमा रहेको सालनालसहितको बच्चो; जरायुज जन्तुको पेटमा रहेको विकासशील अवस्थाको गर्भ; पेटको नानी।
67319 भ्रूणहत्या ना. १. औषधोपचारको प्रयोगबाट गर्भमा रहेका शिशुको हत्या; गर्भ पतन गर्ने काम; गर्भपात।
67320 भ्रूणहत्या ना. २. धर्मसङ्कटमा परेको अवस्था; साह्रै असजिलो काम।
67321 भ्रूभङ्ग ना. आँखीभुईंको भङ्गिमा।
67322 भ्रूमध्य ना. दुई आँखाका बिचको नाकको डाँडी निधारमा ठाउँ; आँखीभुईंको जोर्नी।
67323 भ्वाँक क्रि.वि. भ्वाँक्को आवाजका साथमा; भ्वाँक्क।
67324 भ्वाँक्क क्रि.वि. १. अधोवायु छोड्दा आवाज आउने गरी।
67325 भ्वाँक्क क्रि.वि. २. मोटर आदिको हर्न बज्ने किसिमले।
67326 भ्वाँरपैठना ना. १. थारू समाजमा घरज्वाइँ बस्ने चलन।
67327 भ्वाँरपैठना ना. २. घरज्वाइँ।
67328 भ्वाँला ना. बढी परिश्रम, क्रोध वा अन्य कुनै कारणका आवेगले शरीरमा उत्पन्न हुने ज्वाला।
67329 भ्वाक्क क्रि.वि. तिखो चालले भ्वाक्क भएर।
67330 भ्वाङ ना. १. कुनै वस्तु वा ठाउँमा फाटेर, चिरिएर आदि किसिमले परेको ठुलो प्वाल; ठुलो प्वाल वा दुलो।
67331 भ्वाङ ना. २. भडखारो; खाडल।
67332 भ्वाङपाल ना. ठुलो र डरलाग्दो दुलो; टाल्न नसकिने खाडल।
67333 भ्वाङसी ना. खेतबारी वा अन्य जग्गा जमिनमा परेको ठुलो प्राकृतिक खाडल; होक्सी।
67334 भ्वाङ्ग/भ्वाङ्ङ क्रि.वि. १. ठुलो वा गह्रौँ वस्तु बजारिँदा शब्द आउने गरी।
67335 भ्वाङ्ग/भ्वाङ्ङ क्रि.वि. २. ठुलो र खाली भएको प्वालमा कुनै वस्तु बज्दा आवाज आउने किसिमले।
67336 भ्वाङ्ग/भ्वाङ्ङ क्रि.वि. ३. ठुलो कुकुर एकैपल्ट भुक्दाको आवाज निस्केर।
67337 भ्वाङलाखे ना. १. लाखे नाचमा नाच्ने व्यक्तिलाई जिस्क्याउने पुड्को व्यक्ति; लाखे नाचको ढँटुवारे। वि.
67338 भ्वाङलाखे ना. २. ढँटुवारेजस्तो।
67339 भ्वात्त क्रि.वि. तिखो चालले भ्यात्त हुने गरी।
67340 भ्वार्र क्रि.वि. तिखो रूपमा भ्यार्र हुने गरी।
67341 भ्वास्स क्रि.वि. १. फ्यास्स परेको वस्तु वा माटा आदिको डल्लो खस्दा आवाज आउने गरी।
67342 भ्वास्स क्रि.वि. २. खुकुलो पोकोपन्तुरो एकैपल्ट फुक्दा तिखो शब्द निस्केर।
67343 भ्वास्स क्रि.वि. ३. धुलो, धुवाँ आदि उड्ने चालले।
67344 म१ देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पच्चिसौँ वर्ण; ओष्ठ्य, सघोष, अल्पप्राण, अनुनासिक ध्वनि; पवर्गको अन्तिम तथा पाँचौँ वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; राम्रो म।
67345 म२ सर्व. व्याकरणमा उत्तम पुरुषको एकवचनलाई बुझाउने सर्वनाम शब्द; आफू; स्वयम्।
67346 मइन ना. हे. मैन।
67347 मइन्टोल ना. लाल्टिनमा जस्तै मटितेल हालेर जाली सल्काई दम दिएर बालिने चहक प्रशस्त भएको बत्ती (पेट्रोमाक्स)।
67348 मइमत्त वि. हे. मैमत्त।
67349 मई ना. ग्रेगोरी पात्रोअनुसार वर्षको पाँचौँ महिना; वैशाखको आधाआधीदेखि सुरु भएर जेठको आधाआधीसम्म पर्ने इस्वी वर्षको महिना।
67350 मकमक क्रि.वि. १. परेवा घुर्दाको आवाज निस्कने गरी वा सो घुराइको चालसँग।