Dictionary

All Word

67251 भ्रम ना. १. कुनै विषयवस्तुलाई अर्कै सम्झने स्थिति वा प्रक्रिया; मिथ्या ज्ञान; गलत आभास।
67252 भ्रम ना. २. शङ्का; सन्देह।
67253 भ्रम ना. ३. भुल; बिराम।
67254 भ्रम जाल ना. वेदान्तवादीहरूले जीवन र जगत्लाई भ्रम ठान्ने काम; मायाजाल; मोहपाश।
67255 भ्रम निवारण ना. धुकचुक नरहेको अवस्था; भ्रम हटाउने काम।
67256 भ्रमण ना. १. घुमफिर वा डुलफिर गर्ने काम; नजिक वा टाढाको आइजाइ।
67257 भ्रमण ना. २. देशदेशावरको विचरण; देशाटन।
67258 भ्रमण ना. ३. यात्रा; सफर।
67259 भ्रमण आदेश ना. कार्यालयले कसैलाई आवश्यक काममा कतै खटाउँदा यति समयसम्म यस - यस साधनद्वारा यहाँसम्म जाने भनी भत्तासमेत दिई प्रदान गरिने औपचारिक पत्र; भ्रमणको अनुमति प्रमाणित गर्ने कागत।
67260 भ्रमण केन्द्र ना. पर्यटकहरूलाई आकर्षित पार्न सक्ने ठाउँ; पर्यटकले मूल केन्द्र मानेको ठाउँ।
67261 भ्रमण पेस्की ना. कार्यालयद्वारा कसैलाई भ्रमणमा पठाउँदा अग्रिम रूपमा दिइने रकम; भ्रमणमा जानुअगावै पाइने रकम।
67262 भ्रमण भत्ता ना. काज खटिई जाने व्यक्तिले नियमबमोजिम पाउने भ्रमणका अवधिको थप सुविधा; काजभात्त।
67263 भ्रमण साधन ना. भ्रमण गर्दा प्रयोग गरिने रेल, मोटर, हवाईजहाज, पैदाल आदि साधन।
67264 भ्रममूलक वि. मूल रूपमा भ्रम पार्ने; भ्रमका कारणले उब्जिएको।
67265 भ्रमर ना. भमरो; भँवरो।
67266 भ्रमात्मक वि. १. भ्रम उत्पन्न भएको; भ्रममूलक; भ्रम पैदा गर्ने।
67267 भ्रमात्मकता ना. भ्रमात्मक हुनाको भाव वा स्थिति।
67268 भ्रमित वि. १. फनफनी घुमेको; चक्कराएको।
67269 भ्रमित वि. २. भ्रममा परेको; भुल परेको।
67270 भ्रमी वि. १. चक्कर लाउने; फनफनी घुम्ने।
67271 भ्रमी वि. २. भ्रममा परेको; चक्कराएको।
67272 भ्रष्ट वि. १. कहीँबाट फ्यात्त खसेको; च्युत भएको; गिरेको।
67273 भ्रष्ट वि. २. आचरण र अनुशासनबाट तल झरेको; दुश्चरित्र।
67274 भ्रष्ट वि. ३. अपवित्र; दूषित।
67275 भ्रष्ट वि. ४. बिग्रेको; विनाश भएको।
67276 भ्रष्टा ना. चरित्र वा आचरण भ्रष्ट भएकी नारी; दुश्चरित्र स्त्री; कुलटा।
67277 भ्रष्टाचरण ना. नीतिनियमले मनाही गरेको व्यवहार; कानुनले निषेध गरेको आचरण; दुराचरण।
67278 भ्रष्टाचार ना. १. पतित आचरण; दूषित मर्यादा।
67279 भ्रष्टाचार ना. २. नियम वा कानुनविरुद्ध नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम; भ्रष्ट मनसाय वा घुसखोरीको काम।
67280 भ्रष्टाचार निवारण ना. भौतिक वा नैतिक रूपमा हुने भ्रष्टाचारलाई रोक्ने काम; घुसखोरी र अवैध व्यवहार हुने वातावरणलाई हटाउने काम।
67281 भ्रष्टाचार निवारण आयोग ना. प्रशासनिक क्षेत्रबाट हुने भ्रष्टाचार, ढिलासुस्ती, घुसखोरी आदि निवारण गर्ने उद्देश्यले पहिले गठित विशेष समिति।
67282 भ्रष्टाचारी वि. भ्रष्टाचार गर्ने आचरण भएको; नैतिक र भौतिक दुवै रूपमा आचरणको पतन भएको।
67283 भ्राता ना. १. एकै गर्भबाट वा एउटै बाबुका छोरा भएर जन्मेका दाजु वा भाइ; सहोदर दाजु वा भाइ।
67284 भ्राता ना. २. बन्धुवर्ग।
67285 भ्राता ना. ३. समान स्तरका पुरुषलाई सम्बोधन गरिने शब्द।
67286 भ्रातृ ना. हे. भ्राता।
67287 भ्रातृक वि. दाजु वा भाइ भएको (जस्तै- सभ्रातृक)।
67288 भ्रातृज ना. १. भतिजो।
67289 भ्रातृज ना. २. भदो।
67290 भ्रातृजाया ना. १. दाजु वा भाइकी पत्नी।
67291 भ्रातृजाया ना. २. भाउजू वा बुहारी।
67292 भ्रातृत्व ना. दाजुभाइमा रहने आत्मीयता; भ्रातृभावको सम्बन्ध।
67293 भ्रातृ द्वितीया ना. कार्तिक शुक्लपक्षको द्वितीया; भाइटिका; भाइतिहार।
67294 भ्रातृभाव ना. दाजुभाइमा रहने आत्मीय स्नेह; भ्रातृत्व।
67295 भ्रान्त वि. १. भुलेको; भ्रममा परेको।
67296 भ्रान्त वि. २. देशदेशावर घुमफिर गरेको; चक्कर खाएको; घुमेको।
67297 भ्रान्तापहनुति ना. भ्रम पर्दा भ्रम हटाउका लागि सत्य कुरा बताउँदा हुने एक काव्यालङ्कार; अपह्नुति अलङ्कारको एक भेद।
67298 भ्रान्ति ना. १. कुनै कुरो देख्दा वा सुन्दा त्यस्तै अर्को कुराको भान हुने अवस्था; कुनै कुराको आभास।
67299 भ्रान्ति ना. २. चक्कर; भ्रमण; घुमफिर।
67300 भ्रान्ति ना. ३. मानसिक असन्तुलनबाट आउने भ्रम।