Dictionary

All Word

67351 मकमक क्रि.वि. २. दाँत नहुँदा अलि अलि चपाएर।
67352 मकमक क्रि.वि. ३. सर्दी, बाथ, जरो आदिले आङअठिङर दुख्ने गरी।
67353 मकमकाइ ना. मकमकाउने क्रिया वा प्रक्रिया।
67354 मकमकाउनु अ.क्रि. १. सर्दी, बाथ, जरो आदिले आङअठिङर दुख्नु।
67355 मकमकाउनु अ.क्रि. २. मकमक हुनु।
67356 मकमकिनु अ.क्रि. अलि अलि चपाइनु; मकमक हुनु।
67357 मकमक्याइ ना. मकमकिने तथा मकमक्याउने क्रिया वा प्रक्रिया।
67358 मकमक्याइनु क.क्रि. मकमक्याउने काम गरिनु।
67359 मकमक्याउनु स.क्रि. दाँत नहुँदा दनासाद्वारा अलि अलि चपाउनु।
67360 मकमक्याहट ना. मकमक्याउने भाव, स्थिति वा क्रिया; मकमक्याइ।
67361 मकर ना. १. ज्योतिषको बाह्र राशिमध्ये धनुभन्दा पछि र कुम्भभन्दा अघि पर्ने दसौँ राशि।
67362 मकर ना. २. मकरसङ्क्रान्तिदेखि प्रारम्भ हुने महिना; माघ महिना।
67363 मकर ना. ३. ठुलो र डरलाग्दो एक जलजन्तु।
67364 मकर ना. ४. ग्राह।
67365 मकर ना. ५. माछो।
67366 मकर ना. ६. कुबेरका नौ निधिमध्ये एक।
67367 मकर काँची ना. तिउरेका ढबका गुलाफी वा सेता फूल फुल्ने, पुरुनीका जस्ता कलेजी रङका छिर्कामिर्का परेका र ऐँसेलुका आकारका पात हुने, विशेष गरी भिरपहरामा पलाउने, त्यसै वा अचार बनाएर खान हुने अमिलो रस भएको बुटो।
67368 मकरध्वज ना. १. पारोबाट बन्ने चन्द्रोदय नामको आयुर्वेदीय रसौषध।
67369 मकरध्वज ना. २. कामदेव।
67370 मकरध्वज ना. ३. पुराणअनुसार हनुमान्पुत्र मानिने अहिरावणको द्वारपाल।
67371 मकरन्द ना. १. फूलका पुष्पपुटमा रहने गुलियो रस; पुष्पमधु।
67372 मकरन्द ना. २. फूलको केसर; किञ्जल्क।
67373 मकरराशि ना. ज्योतिष शास्त्रअनुसार बाह्रराशिमध्ये दसौँ राशि; उत्तराषाढाको पछिल्ला तीन चरण, श्रवण पुरै र धनिष्ठाको आधासम्मको नक्षत्रगत अवधि।
67374 मकररेखा ना. भूगोल अथवा ज्योतिषका अनुसार विषुवत् रेखादेखि साढे तेइस अंश दक्षिणमा पर्ने एक रेखा; कर्कटरेखाको ठिक विपरीत रेखा।
67375 मकर सङ्क्रान्ति ना. सूर्यले मकरराशिमा प्रवेश गरेको समय वा दिन; माघे सग्राँती।
67376 मकल ना. आगो बालेर वा गोल हालेर तापिने आरीका छाँटको धातु वा माटाको भाँडो; बोर्सी; अटल।
67377 मकवानपुर ना. नेपालको नारायणी अञ्चलमा पर्ने एक पहाडी जिल्ला; ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिने मकवानपुरे राजाहरूले आफ्नो राजधानी बनाएको ठाउँ।
67378 मकवानपुरगढी ना. मकवानपुर जिल्लामा पर्ने, सेनवंशी मकवानपुरे राजाहरूका पालामा बनेको दुर्ग वा किल्ला।
67379 मकवानपुरे वि. मकवानपुरसित सम्बन्धित; मकवानपुरको; मकवानी।
67380 मकवानी वि. १. मकवानपुरसँग सम्बन्धित; मकवानपुरे।
67381 मकवानी वि. २. मकवानपुरको बासिन्दा।
67382 मकाइ ना. मकाउने क्रिया वा प्रक्रिया।
67383 मकाउनु अ.क्रि. चिसो, पानी, माटो, धमिरा आदिका सम्पर्कले कुनै वस्तु गल्दै जानु; सड्नु; पुरानो हुनु।
67384 मकार ना. १. 'म' अक्षर; पवर्गको अन्तिम वर्ण।
67385 मकालु ना. कोसी अञ्चलको उत्तर-पश्चिम सीमामा पर्ने कुम्भकर्ण हिमालको २७,७५९ फिट अग्लो एक चुचुरो।
67386 मकिनु अ.क्रि. मकाउनु।
67387 मकुनु ना. छावाको उमेर नाघेको तर दाह्रो नआएको जवान हात्ती।
67388 मकुन्डो ना. हे. मखुन्डो।
67389 मकुला बाँस ना. कठबाँस।
67390 मकै ना. जुनेलाका आकारका पात हुने, चारदेखि दश फिटसम्म अग्लो र सुलुक्क परेको ठिङ्गो बोट हुने, सप्रिएमा दुईतीन घोगासम्म लाग्ने, घोगाका बाहिर खोस्टाले ढाक्ने र टुप्पामा जुँघा लाग्ने, खोयामा सेता- पहेँला रङका गेडा फल्ने एक बोट; बारीमा फल्ने मुख्य अन्न।
67391 मकैकिरो ना. मकै फलेर पाक्ने बेलामा आउने एक थरी किरो; लाटा।
67392 मकैचरी ना. मकैमात्र उब्जाई जीवन पाल्ने व्यक्ति; मकैका भरमा जीवन यापन गर्ने व्यक्ति।
67393 मकैपर्व ना. वि. सं. १९७७ मा 'मकैको खेती' पुस्तक लेखेबापत त्यससँग सम्बन्धित कृष्णलाल सहित लेखकहरूलाई राणाहरूद्वारा दमन, उत्पीडन गरिएको पर्व।
67394 मकैबोडी ना. मकै पाक्ने बेलामा मकैबारीभित्र फल्ने, लहरामा तनाजस्ता तन्द्रङ्ङ परेका कोसा लाग्ने, तरकारी खाइने र सुकेपछि दालसमेत खान मिल्ने एक जातको लहरा; सोही लहराका कोसा वा गेडा।
67395 मकोई ना. खोर्सानीका जस्ता पात र पहेँला रङका फूल हुने, खैरा रङका खोस्टाभित्र गोल फल फल्ने, डाँठका बिचबिचमा गाँठा हुने एक बोट; त्यसै बोटमा फल्ने फल।
67396 मक्ख वि. १. आनन्द, हर्ष आदिले लट्ठ परेको; फुरुक्क परेको; मस्त। क्रि.वि.
67397 मक्ख वि. २. आनन्द वा हर्षले मस्त हुने गरी; फुरुक्क परेर।
67398 मक्खन ना. हे. मखन१।
67399 मक्खी ना. १. माखो; झिँगो।
67400 मक्खी ना. २. काँक्रो, बदाम आदि खाँदा साथीहरूले नदेख्ने गरी थोरै लुकाएर खाइसकेपछि देखाई 'कि यो खा, कि यति दण्ड तिर् ' भनी अड्को थाप्न राखिने अंश; मखी।