Dictionary

All Word

67451 मगाउनु प्रे.क्रि. टाढाको मानिस वा वस्तु पठाउने वा आउने पार्नु; माग्न लाउनु; झिकाउनु।
67452 मगिया ना. नेपालमा हुने, धोबी जातिको एक वर्ग वा भेद।
67453 मग्न वि. १. कुनै विषय वा चिन्तनमा डुबेको; तन्मय; तल्लीन।
67454 मग्न वि. २. सुखसयलमा लट्ठ; मस्त।
67455 मग्नमस्त वि. १. सुख- सयलमा डुबेको; हर्षविह्वल।
67456 मग्नमस्त वि. २. सुखसम्पन्नताले मात्तिएको।
67457 मग्नमस्त वि. ३. नशालु वस्तुमा निश्चिन्त।
67458 मग्राहा ना. १. प्रायः गोहीको झैँ थुतुनोबाट झर्ने काठ, ढुङ्गा वा धातुको धारो। ( उदा.- हिउँद तातो बर्खा चिसो मग्राहाको पानी/सुख धीर दुःख धीर सज्जनको बानी)।
67459 मग्राहा ना. २. झरीको पानी पर हुत्याउनलाई टिन वा झिँगटीका छानामा खास-खास ठाउँमा जडिने विशेष प्रकारको डुँड।
67460 मघा ना. ज्योतिषमा सत्ताइस नक्षत्रहरूमध्ये दसौँ नक्षत्र; अश्लेषा र पूर्वाफाल्गुनी नक्षत्रका बिचमा पर्ने नक्षत्र।
67461 मघै ना. मगही; मगध।
67462 मघै बङ्गला ना. भेट्ना लामा हुने एक जातको पान; अम्लसरा।
67463 मघैया ना. १. प्राचीन कालमा स्तुति, गाथा आदि गाएर जीवनवृत्ति गर्ने एक जाति।
67464 मघैया ना. २. एक असल जातको पान; मगही।
67465 मघैया जिरा ना. मसिना दाना हुने एक जातको जिरा।
67466 मघैसाँची ना. बाटुला खालका असल जातको पान; श्रीवाटी।
67467 मङ्गल ना. १. शुभ लक्षणले युक्त, शुभ हुने तथा श्रेयकारी मानिने कुनै पनि काम वा कुरो; कल्याण; हित; भलाइ।
67468 मङ्गल ना. २. सौरमण्डलको एक प्रसिद्ध ग्रह; नवग्रहमध्ये एक; भौम।
67469 मङ्गल ना. ३. उक्त ग्रहका नाममा रहेको, सात वारमध्ये तेस्रो वार; सोमवार र बुधवारका बिचको वार।
67470 मङ्गल ना. ४. शुभ अवसर, शकुन वा लक्षण। वि.
67471 मङ्गल ना. ५. कल्याणकारी; भलो हुने; हितकर।
67472 मङ्गल ना. ६. शुभ लक्षणले युक्त।
67473 मङ्गलकर्म ना. कुनै कार्य निर्विघ्न पूर्ण होस् भनी गरिने गणेश, सरस्वती आदिको पूजा तथा प्रार्थना; माङ्गलिक कर्म।
67474 मङ्गलकलश ना. १. शुभकार्यका अवसरमा देवताका सन्मुख राखिने जलपूर्ण कलश।
67475 मङ्गलकलश ना. २. मङ्गल वा सगुनका निम्ति द्वार, मार्ग, पूजास्थान आदिमा राखिने जलपूर्ण घडा।
67476 मङ्गलकामना ना. शुभ वा भलो चिताउने काम; शुभ-कामना।
67477 मङ्गलकारक/कारी वि. मङ्गल वा भलाइ गर्ने; कल्याणकारी।
67478 मङ्गलकार्य ना. विवाह-व्रतबन्धजस्ता शुभकार्य।
67479 मङ्गलगान/गीत ना. शुभ अवसरमा गाइने गीत।
67480 मङ्गलग्रह ना. १. सौरमण्डलमा रहेको एक ग्रह; नवग्रहमध्येको एक ग्रह।
67481 मङ्गलग्रह ना. २. शुभग्रह; कल्याणकारी फल प्रदान गर्ने ग्रह।
67482 मङ्गलध्वनि ना. शुभ अवसरमा बजाइने बाजाको ध्वनि; मङ्गलवाद्य।
67483 मङ्गलमय वि. १. सबै प्रकारको मङ्गल हुने; कल्याणमय; मङ्गलस्वरूप। ना.
67484 मङ्गलमय वि. २. परमेश्वर।
67485 मङ्गलयात्रा ना. १. कुनै माङ्गलिक कार्यका निम्ति हुने यात्रा।
67486 मङ्गलयात्रा ना. २. आनन्द वा मनबहलाउका निम्ति कतै जाने काम।
67487 मङ्गलवाद्य ना. मङ्गलकार्यमा बजाइने बाजा; मङ्गलध्वनिका निम्ति बजाइने बाजा; मङ्गलध्वनि।
67488 मङ्गलवार ना. भौमवार।
67489 मङ्गलसूत्र ना. १. मङ्गलका निम्ति घाँटीमा वा नाडीमा बाँधिने रक्षासूत्र।
67490 मङ्गलसूत्र ना. २. सधवा स्त्रीले घाँटीमा लगाउने सौभाग्यको प्रतीक, एक किसिमको आभूषण।
67491 मङ्गला ना. १. पार्वती; दुर्गा; शक्ति।
67492 मङ्गला ना. २. पतिव्रता स्त्री; सती नारी।
67493 मङ्गला ना. ३. योगिनी दशाका आठवटा योगिनीमध्ये चन्द्रमाकी पत्नी मानिने पहिलो दशा; अष्टयोगिनीमध्ये एक योगिनी।
67494 मङ्गलाचरण ना. १. कुनै मङ्गलकार्यको प्रारम्भमा पढिने वा गाइने मन्त्र वा श्लोक।
67495 मङ्गलाचरण ना. २. ग्रन्थको आरम्भमा मङ्गल- कामना तथा सफल समाप्तिका निम्ति लेखिने पद्य।
67496 मङ्गलामुखी ना. रन्डी, वेश्या (व्यङ्ग्यार्थमा)।
67497 मङ्गलिनी ना. विवाह आदि शुभ कार्यमा मङ्गलगान गाउने स्त्री; मङ्गलेनी।
67498 मङ्गलु ना. मङ्गलकार्यमा गाइने गीत; मङ्गलगान।
67499 मङ्गले वि. १. मङ्गलगीत गाउने।
67500 मङ्गले वि. २. मङ्गलवार जन्मेको; मङ्गलबारे। स्त्री. मङ्गली।