Dictionary

All Word

67601 मझुवा वि. ३. दुई डाँडाका माझमा गाउँ रहेको ठाउँ; मजुवा।
67602 मझुवाली वि. मझुवामा बस्ने मान्छे; मझुवाको बासिन्दा।
67603 मझेरी ना. घरभित्र चुलो, ओछ्‌यान र कोठाका अतिरिक्त खाली छोडिएको बिचको ठाउँ; छिँडीको भुईँ; मझेरो; मजेरी।
67604 मझेरो ना. १. माझको ठाउँ वा गाउँ; मझुवा।
67605 मझेरो ना. २. टापु।
67606 मझेरो ना. ३. मझेरी।
67607 मझौ ना. १. मझेरो; मझुवा।
67608 मझौ ना. २. टप्पु; टाकुरो।
67609 मझौला वि. १. साधारण कोटिको; मध्यम कक्षको; बिचको।
67610 मझौला वि. २. रोजी पनि नभएको छाडी पनि नभएको।
67611 मझौला उद्योग ना. उद्योगसम्बन्धी कानुनमा उल्लेख भएअनुसार न्यूनतमभन्दा धेर र अधिकतमभन्दा थोर लगानीबाट चलेको उद्योग; मध्यम खालको उद्योग।
67612 मझौला खाले वि. मध्यम किसिमको; न उत्तम किसिमको न कमसल किसिमको; ठिक्कको।
67613 मञ्च ना. १. सर्वसाधारण जनताका सामु सभासम्मेलन गर्न वा नाटक आदि कार्यक्रम प्रस्तुत गर्न तयार गरिएको उच्च मण्डप वा आसन (स्टेज)।
67614 मञ्च ना. २. रङ्गमञ्च; रङ्गभूमि।
67615 मञ्च ना. ३. लाक्षणिक अर्थमा, कुनै विशष्टि क्रियाकलापको क्षेत्र (जस्तो- राजनीतिक मञ्च)।
67616 मञ्च ना. ४. खाट वा पिँढी जस्तै बस्ने, आराम गर्ने कुनै ठाउँ (चौतारी, मचान इ.)।
67617 मञ्चन ना. नाटक, कविता, गीत आदिलाई मञ्चमा दर्शकसमक्ष प्रस्तुत गर्ने काम।
67618 मञ्चिका ना. सानो खालको मञ्च; मचिया।
67619 मञ्चित वि. रङ्गमञ्चमा खेलाइएको; प्रदर्शन गरिएको; अभिनीत।
67620 मञ्चीय वि. मञ्चसँग सम्बन्धित, मञ्चको अनुकूल भएको।
67621 मञ्जरित वि. मञ्जरी लागेको; मञ्जरी भएको; मुना हालेको।
67622 मञ्जरी ना. बोट, बिरुवा, लहरा आदिमा निस्कने नयाँ पालुवा; नयाँ पात वा मुनासहितको टुप्पो; मुजुरा; कोपिला; आँकुरो।
67623 मञ्जीर ना. घुँगरुका आकारको, हल्लिँदा छमछम गर्ने, गोडामा लाउने सानो खालको पाउजेब; नूपुर।
67624 मञ्जु वि. मनोहर; मनपर्दो; सुन्दर; राम्रो।
67625 मञ्जु घोष ना. १. मिठो बोली; सुमधुर वचन।
67626 मञ्जु घोष ना. २. बौद्ध दर्शनका एक प्रसिद्ध आचार्य; मञ्जुश्री।
67627 मञ्जु पतन ना. काठमाडौँ उपत्यकाको प्रागैतिहासिक कालको नाम।
67628 मञ्जु भाषिणी ना. १. छन्दशास्त्रअनुसार सगण, जगण, सगण, जगण र गुरु अक्षर मिलेर बन्ने एक वार्णिक छन्द। वि.
67629 मञ्जु भाषिणी ना. २. अत्यन्त मिठो र प्यारो बोलीवचन भएकी (स्त्री.)।
67630 मञ्जुल वि. सुन्दर; मनोहर; मञ्जु।
67631 मञ्जुश्री ना. काठमाडौँ उपत्यकाका दक्षिणतिरको चोभार डाँडो काटेर पानी बगाई उपत्यकामा बस्ती बसाउने भनी किंवदन्ती चलेका एक बौद्धाचार्य महापुरुष; मञ्जुघोष।
67632 मञ्जूषा ना. १. सानो खालको सन्दुस; सानो पेटारो; पेटिका।
67633 मञ्जूषा ना. २. मजिटो।
67634 मटक ना. १. अभिरुचि; इच्छा।
67635 मटक ना. २. घिउ, बोसो आदि खाएर हराएको अरू चिज खाने इच्छा; अमन।
67636 मटकिलो ना. १. माटाको ढिस्को; माटाको थुप्रो।
67637 मटकिलो ना. २. माटोजस्तो वा माटाको रङको; माटो मिसिएको।
67638 मटकिलो ना. ३. चहक नभएको; मटमैलो।
67639 मटक्क क्रि.वि. १. बेसरी निमोठ्ने वा निचोर्ने गरी।
67640 मटक्क क्रि.वि. २. अरुचि भएर।
67641 मटर१ ना. ठुलठुला दाना हुने सेतो केराउ; ठुलो केराउ।
67642 मटर२ ना. मोटर (लोकजिब्रो अनुसार।)
67643 मटमैलो ना. हे. मटकिलो।
67644 मटान ना. घरमा कोठाबाहिर रहेको खाली ठाउँ; तलामा कोठा नबारी खुला छाडिएको ठाउँ।
67645 मटितेल ना. लाल्टिन, टुकी, स्टोभ आदिमा हालेर बाल्न उपयोग गरिने प्रसिद्ध खनिज तरल पदार्थ; मट्टीतेल।
67646 मटिनु क.क्रि. माटोजस्तो हुनु; हे. माटिनु।
67647 मटिया ना. माटाको सानो भाँडो (घैँटो, गोल्फु आदि)।
67648 मटिया मेट ना. नामनिसानै नरहने हिसाबले मासिने काम; नामेट हुने काम; सखाप।
67649 मटिलो वि. पत्थर, बालुवा आदि नभई मलिलो माटैमाटो भएको; मट्याइलो।
67650 मटिहानी ना. १. सीताको बिहे हुँदा वेदी बनाउन माटो लगिएको भनिने र बर्सेनि रामजानकीको विवाहोत्सव हुने, जनकपुर धामका दक्षिणपूर्वमा रहेको एक प्रसिद्ध ठाउँ।