Dictionary

All Word

67751 मणि काञ्चन संयोग ना. १. मणि र सुनको संयोग।
67752 मणि काञ्चन संयोग ना. २. असल गुण वा असल वस्तुहरूको संयोग हुने ज्योतिषशास्त्रीय एक योग।
67753 मणिपद्म ना. एक बोधिसत्त्व।
67754 मणिपूर ना. १. शरीरमा कल्पना गरिने षट्चक्रमध्ये नाभिस्थानमा रहने र डकारदेखि फकारसम्मका दश वर्णहरूको पुष्प हुने, हठयोगमा प्रयुक्त तेस्रो चक्र; षट्चक्रमध्ये एक।
67755 मणिपूर ना. २. दामी रत्नहरू जडिएको चौबन्दी चोलो।
67756 मणिपूर ना. ३. नाइटो; नाभि।
67757 मणिफल ना. काला-काला दाना फल्ने र थिलथिल्याई खाइने एक प्रकारको फल।
67758 मणिबन्ध ना. हत्केला र पाखुराका बिचको भाग; नारी।
67759 मणिभ ना. रासायनिक प्रक्रियाद्वारा प्रशोधित खनिज पदार्थ सुकाएर बनाइएको, मसिना चुच्चे कण।
67760 मण्ड ना. माड; खोले।
67761 मण्डन ना. १. सजाउने काम; सिँगार; सजावट; शृङ्गार।
67762 मण्डन ना. २. गहना; आभूषण।
67763 मण्डन ना. ३. युक्ति र प्रमाणद्वारा गरिने कुनै पक्षको समर्थन; तर्कपूर्ण पुष्टि।
67764 मण्डन ना. ४. खण्डनको विपरीतार्थक शब्द।
67765 मण्डन ना. ५. विशेष उत्सवका बेला छातीमा देब्रेपट्टि धारण गरिने एक विभूषण।
67766 मण्डन ना. ६. काभ्रे जिल्लामा इन्द्रावतीका नजिक रहेको एक बस्ती।
67767 मण्डन मिश्र ना. आदिगुरु शङ्कराचार्यसित शास्त्रार्थ गर्ने एक प्रसिद्ध मीमांसक।
67768 मण्डने वि. १. मण्डनको; मण्डनसम्बन्धी। ना.
67769 मण्डने वि. २. मण्डनको बासिन्दा; मण्डनको रैथाने।
67770 मण्डप ना. १. सप्ताह, व्रतबन्ध, यज्ञ आदि शुभ कार्य गर्नाका निम्ति चारैतिर बेरेर बनाइएको स्थान।
67771 मण्डप ना. २. देवपूजा गर्ने ठाउँ; पूजाघर; मन्दिर।
67772 मण्डप ना. ३. चारैतिर खुला रहने गरी छाएर बनाएको बस्ने ठाउँ; विश्रामस्थान।
67773 मण्डप ना. ४. बगैँचा; कुञ्ज।
67774 मण्डल ना. १. बाटुलो परिधि; गोल फन्को; घेरा।
67775 मण्डल ना. २. सूर्य, चन्द्र वा त्यस्तै चहकिलो वस्तुका वरिपरि देखिने चम्किलो घेरो; बिम्ब; सावा।
67776 मण्डल ना. ३. वृत्ताकार; परिधि।
67777 मण्डल ना. ४. समान उद्देश्यका मानिसहरूको जमात; समिति।
67778 मण्डल ना. ५. ॠग्वेदका खण्डहरूमध्ये कुनै खण्ड।
67779 मण्डल ना. ६. नगर वा बस्तीको कुनै एक टोल; महल्ला।
67780 मण्डल ना. ७. राज्यभित्रको कुनै एक सानो भूभाग।
67781 मण्डलाइ ना. १. योगीहरूका जमातमा सबैभन्दा मान्य, मूल योगी।
67782 मण्डलाइ ना. २. योगीको सर्वोच्च पद।
67783 मण्डलाकार वि. वरिपरि धेरै मात्रामा गोलो आकार भएको; वृत्ताकार; बाटुलो।
67784 मण्डली ना. हे. मन्डली।
67785 मण्डले ना. हे. मन्डले।
67786 मण्डलेश्वर ना. १. कुनै एक मण्डलको शासक; सानो क्षेत्रको राजा।
67787 मण्डलेश्वर ना. २. साधुसन्न्यासीहरूका सम्प्रदायको प्रमुख आचार्य; महामठाधीश।
67788 मण्डित वि. सिँगारिएको; सजिसजाउ; भूषित।
67789 मण्डूक ना. भ्यागुतो।
67790 मण्डूकपर्णी ना. चार प्रकारका ब्राह्मी बुटीमध्ये एक; घोडताप्रे।
67791 मण्डूक ब्राह्मी ना. घोडताप्रे।
67792 मण्डूर ना. फलाम गाल्दा निस्केको कसर; फलामको कीट।
67793 मत१ ना. लेप्चा जातिको कर्मकाण्ड गराउने पुरोहित; लेप्चाको धर्मगुरु।
67794 मत२ ना. मादक पेय पदार्थ; मदिरा; रक्सी, जाँड आदि।
67795 मत३ ना. १. कुनै विषयका सम्बन्धमा सोची-सम्झी प्रकट गरिने विचार; राय; सम्मति।
67796 मत३ ना. २. कुनै धार्मिक भावनाले प्रेरित सम्प्रदाय; पन्थ।
67797 मत३ ना. ३. आन्तरिक अभिप्राय; आशय।
67798 मत३ ना. ४. निर्वाचनमा कुनै व्यक्ति, व्यवस्था वा पक्षलाई छान्न दिइने सम्पति; भोट।
67799 मत गणना ना. चुनावमा मतपत्रहरू गन्ने काम; भोटको गन्ती।
67800 मतदाता ना. मतदान गर्ने कानुनी हैसियत तथा अधिकार प्राप्त नागरिक (नेपालको संविधानअनुसार मतदाता हुन १८ वर्ष उमेर पुग्नुपर्छ)।