Dictionary

All Word

67651 मटिहानी ना. २. सोही ठाउँमा रहेको प्रसिद्ध एक मठ वा उक्त मठवरिपरि पर्ने गाउँ।
67652 मटीतेल ना. हे. मटितेल।
67653 मटे ना. माटाको सानो भाँडो वा भुँड्को।
67654 मटेइलो वि. राम्रो माटो भएको; माटैमाटो भएको; मटिलो।
67655 मटेउलो वि. मटिलो; मट्यौलो।
67656 मटेङ्ग्रो ना. मट्याङ्ग्रो; माटाको सानो गोली।
67657 मट्क्यानु ना. माटाको खानी।
67658 मट्टिनु अ.क्रि. कुनै वस्तु सडेर वा गलेर माटो हुनु; कामै नलाग्ने हुनु।
67659 मट्टी ना. १. मृत्तिका; माटो।२. मृत्युस्थान; मर्ने ठाउँ।
67660 मट्टी ना. ३. शव; लास।
67661 मट्टी तेल ना. मटीतेल।
67662 मट्टी दिनु स.क्रि. मुर्दालाई गाड्नु।
67663 मट्टै क्रि.वि. १. चाहिएभन्दा पनि धेरै हुने; सस्तै; छेलोखेलो।
67664 मट्टै क्रि.वि. २. तुरुन्तै; झट्टै।
67665 मट्ठा ना. १. पानी, चिनी आदि मिसाएर दहीलाई मन्थन गरी तयार पारिएको पेय पदार्थ।
67666 मट्ठा ना. २. नौनी झिकिसकेपछि बचेको तरल वस्तु; मही।
67667 मट्याइ ना. १. माटोमा मिल्ने वा मटिने क्रियाप्रक्रिया।[मट्याउ+आइ]
67668 मट्याइ ना. २. मट्याउने क्रिया वा प्रक्रिया।
67669 मट्याइनु क.क्रि. माटो पारिनु।
67670 मट्याइलो वि. मटेइलो; मट्यौलो; मटिलो।
67671 मट्याउनु स.क्रि. / प्रे.क्रि. माटो बराबर पार्नु; माटो झैँ पारी सडाउनु; मटिने पार्नु।
67672 मट्याङ्ग्रे वि. मट्याङ्ग्रोजस्तो; सानो काँटीको; पुर्सुने (मान्छे, बस्तुभाउ आदि)।
67673 मट्याङ्ग्रो ना. आगोमा पोली साह्रो पारेको माटाको डल्लो; गुलेलीमा राखेर हान्ने गोली।
67674 मट्यौलो वि. माटैमाटो भएको; मट्याइलो।
67675 मठ१ ना. धनु, गुलेलीजस्ता हतियारको समात्ने ठाउँमा जोडिएको काठको लाम्चो टुक्रो; धनु वा गुलेलीको समात्ने ठाउँ; मुठ।
67676 मठ२ ना. १. जोगीसन्न्यासी वा सन्तमहन्त बस्ने ठाउँ; साधुहरूको आश्रम।
67677 मठ२ ना. २. अध्ययन गर्ने विद्यार्थी वा वटुहरू बस्ने ठाउँ; गुरुकुल।
67678 मठ२ ना. ३. देवदेवीको मन्दिर; देवालय।
67679 मठ२ ना. ४. प्रायः घरको आँगनमा तुलसी रोप्न अग्लो पारी बनाइएको चौकी; तुलसी रोप्ने ठाउँ।
67680 मठ२ ना. ५. योगी वा तपस्वीहरूको पुरश्चरण गर्ने ठाउँ।
67681 मठधारी ना. मठको प्रधान व्यक्ति; मठाधीश; महन्त।
67682 मठार्नु स.क्रि. ताछतुछ पारेर काट्नु; पातलो र छोटो पार्नु।
67683 मठार ना. कुनै वस्तुलाई हतियारले काटेर ठिक्क बनाउने काम; मठाराइ।
67684 मठाराइ ना. मठार्ने क्रिया वा प्रक्रिया।
67685 मठारिनु क.क्रि. मठार्ने काम गरिनु।
67686 मठी ना. १. सानो मठ; मढुली।
67687 मठी ना. २. मठको मूल महन्त; मठाधीश।
67688 मठ्या/ मठ्याहा वि. १. तल्लो जातकी आमाबाट जन्मेको सन्तान; वर्णसङ्कर; ठिम्मल। ना.
67689 मठ्या/ मठ्याहा वि. २. त्यसरी जन्मेको व्यक्ति; ठिमाहा सन्तान।
67690 मडा ना. प्रायः पूर्वी तराईमा पाइने, सुपारीका जस्ता दाना फल्ने, शीतल हुने र टाउको दुखेको रोगमा फाइदा गर्ने नरिवलका जातको एक बोट वा त्यसैको फल।
67691 मडाइ ना. माड्ने भाव, क्रिया वा प्रक्रिया।
67692 मडाइनु क.क्रि. माड्न लाइनु।
67693 मडाउनु प्रे.क्रि. माड्न लाउनु।
67694 मडार्नु स.क्रि. कुनै चिज साह्रो वस्तु वा भुईँमा दल्नु; रगड्नु; माड्नु; दल्नु।
67695 मडार ना. माडमुड पार्ने काम।
67696 मडाराइ ना. मडार्ने भाव, क्रिया वा प्रक्रिया।
67697 मडारिँदो वि. मडारिने स्वभावको; मडारिन थालेको।
67698 मडारिनु अ.क्रि. १. छटपटी वा बेचैनीले अतासिनु।
67699 मडारिनु अ.क्रि. २. अकासमा घना बादल खुबसित खेल्नु।
67700 मडारिनु अ.क्रि. ३. नदीको पानी जोडले उर्लीउर्ली बग्नु।