Dictionary

All Word

67101 भोटे ना. २. त्यस जातिको मान्छे। वि.
67102 भोटे ना. ३. भोटको; भोटसम्बन्धी।
67103 भोटे ना. ४. भोटमा बसोबास गर्ने; तिब्बती। स्त्री. भोटिनी, भोटेनी।
67104 भोटेकुकुर ना. ठुलो टाउको र भयाप्ल्याङ्ङ परेका भुत्ला हुने एक जातको जङ्गे कुकुर।
67105 भोटेखयर ना. कपडा, ऊन आदि रँगाउने काममा प्रयोग हुने, रातो रङ हुने एक जातको खयर।
67106 भोटेघोडा ना. लेकमा विशेष गरी भोटतिरबाट आउने लामा - लामा बाक्ला रौँ हुने एक जातको घोडा।
67107 भोटेताल्चा ना. ढोकाका खैमलमा साङ्लोमा छिराएर लाइने ठुलो खालको ताल्चा।
67108 भोटेनुन ना. भोटबाट आउने एक किसिमको नुन।
67109 भोटेभेडो ना. भोटबाट आउने ठुलठुला सिङ र झ्याप्ले भुत्ला हुने एक जातको भेडो; भ्याङलुङ।
67110 भोटेमार्सी ना. मार्सी धानका विभिन्न भेदमध्ये मोटो खालको मार्सी।
67111 भोटेसाङ्लो ना. कुकुर बाँध्ने काममा प्रयोग हुने मोटो खालको साङ्लो।
67112 भोटेसेलो ना. भोटे वा तामाङहरूले गाउने लोकगीतको एक विशेष लय; सेलो।
67113 भोटो ना. दौराका बान्कीको र त्यसरी नै तुना बाँधिने अगाडिपछाडि फेर नभएको तथा कमरमुनि र जाँघमाथिसम्म मात्र आउने एक पोसाक।
67114 भोटो जात्रा ना. बर्सेनि ललितपुरको जाउलाखेलमा राता मत्स्येन्द्रनाथको रथबाट ऐतिहासिक भोटो देखाइने एक प्रसिद्ध जात्रा।
67115 भोर्नु स.क्रि. १. भोर गर्नु; बोर्नु; लसपस गर्नु।
67116 भोर्नु स.क्रि. २. भद्रगोल पार्नु।
67117 भोर १ ना. १. प्रातःकाल; बिहान। क्रि.वि.
67118 भोर १ ना. २. बिहानीपख; सखारै।
67119 भोर २ ना. १. झुक्याउने वा झुक्किने काम; झुकान; भ्रम।
67120 भोर २ ना. २. कुनै कामकुरामा पर्न आउने अव्यवस्था; गडबडी; गोलमाल।
67121 भोर २ ना. ३. छुवाछूत; बोर।
67122 भोरजुवा ना. बन्द हुन लागेको समयको अव्यवस्थित जुवा।
67123 भोरस ना. सहारा, भरोसा, आधार (उखान- गाई भए गोरस, भाइ भए भोरस)
67124 भोराइ ना. भोर पार्ने क्रियाप्रक्रिया।
67125 भोराउनु क.क्रि. भोर्न लाइनु।
67126 भोराउनु प्रे. क्रि. भोर्न लाउनु; बोराउनु।
67127 भोरिनु क.क्रि. भोरमा परिनु; भोर गरिनु।
67128 भोर्जन ना. भोजन; खानेकुरो। ( उदा.- भोक मिठो कि भोर्जन मिठो महाराज !)
67129 भोर्तलक ना. एक जातको माछोविशेष।
67130 भोर्लो ना. कोइरालाका आकारका र ठुलठुला पात हुने, सेता फूल फुल्ने च्याप्टा र लाम्चा टाटा फल्ने, पात दुनाटपरी गाँस्न र घुम छाप्ने काममा प्रयोग हुने, लहराका बोक्राबाट पाट निकालिने एक जातको लहरादार बोट।
67131 भोला वि. १. सरल स्वभावको; सिधासाधा आनीबानी भएको; सोझो; भलादमी; साधु। ना.
67132 भोला वि. २. शिव; महादेव।
67133 भोलाउलो वि. भोलाभाला स्वभावको; भलादमी पाराको।
67134 भोलानाथ ना. १. शिव; शङ्कर। वि.
67135 भोलानाथ ना. २. छलकपट नभएको मानिस; साह्रै सरल र सोझो व्यक्ति।
67136 भोलापन ना. भोला हुनाको भाव, गुण वा अवस्था।
67137 भोलाभाला वि. छलकपट नभएको; सिधासाधा; निष्कपट।
67138 भोलि क्रि.वि. आजभन्दा पछि आउने पहिलो दिन; आउँदो दोस्रो दिन; आउने दिन; अर्को दिन।
67139 भोलिपल्ट क्रि.वि. भोलिको दिनमा; आउने दिनमा।
67140 भोलिपल्टै क्रि.वि. अर्को दिनभित्रै; आउने दिनमै।
67141 भोलिपर्सि क्रि.वि. एकदई दिनपछि; भविष्यमा।
67142 भोलिबेर ना. अर्को दिन; भोलिपल्ट।
67143 भोले १ ना. फलाँटका जस्ता पात र बोट हुने, पाउलाको अचार खाइने एक जातको बोट।
67144 भोले २ ना. भोलाकै अर्को रूप; शिवजी, वमभोले, भोलेबाबा।
67145 भोलेन्टियर ना. स्वयंसेवक।
67146 भोल्ट ना. वैद्युतिक चालकशक्तिको एकांश परिमाण।
67147 भोल्टेज ना. यन्त्र आदिमा व्यवहृत चालक शक्तिको मोठ परिमाण।
67148 भोल्टो ना. धनुकाँड चलाउनेहरूले हातका औँला र नारीमा लाउने छालाको साधन।
67149 भोल्टोधारी ना. भोल्टो धारण गर्ने व्यक्ति; भोल्टो लाउने र धनुकाँडा चलाउने सेना।
67150 भौँ ना. आँखीभुईं; आँखीभौँ।