Dictionary

All Word

67001 भैलिनी ना. २. भैलो गाउने वा भैलो खेल्ने।
67002 भैलो ना. १. कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका राति र कतैकतै पछिसम्म पनि गाइने, विशेष प्रकारको गाथा वा गीत।
67003 भैलो ना. २. त्यस्तो गाथा गाएर श्रद्धाले दिएको सेलरोटी, रुपियाँ-पैसा आदि माग्ने वा सांस्कृतिक उत्सव मनाउने काम।
67004 भैषज ना. औषधी; ओखती।
67005 भैषज्य ना. १. औषधोपचार; चिकित्सा।
67006 भैषज्य ना. २. स्वास्थ्य र आरोग्य प्रदान गर्ने शक्ति।
67007 भोँचा ना. सुनचाँदी आदि गाल्दा अगेनामा राखेर तताइने भाँडो; घरिया; क्रूसिबल।
67008 भो १ वि.बो. मान्य जनलाई गरिने एक प्रकारको सम्बोधन।
67009 भो २ वि.बो. १. कुनै कुराबाट आफू अघाइसकेको अवस्था व्यक्त गर्दा वा झज्याहट, घृणा, निषेध आदि देखाउँदा प्रयोग हुने अव्यय शब्द; भयो (उदा.- भो, मलाई छकाउनुपर्दैन। उनले बोलेको पूरा हुन त भो त्यत्तिकै। भो, पुग्यो)।
67010 भो २ वि.बो. २. मनग्गे भयो; पुग्यो।
67011 भोक ना. १. भुँडी काउकाउ गरी आहाराको आवश्यकता परेको अनुभव; खाने इच्छा; क्षुधा; छुद्दे।
67012 भोक ना. २. कुनै कुरा पाउनका निम्ति उत्कट अभिलाषा; इच्छा।
67013 भोकमरी ना. विशेषतः अन्नको अभावमा भोकभोकै मर्ने अवस्था।
67014 भोक हडताल ना. कुनै राजनीतिक वा सामाजिक माग पूरा नभएसम्म नखाने प्रतिज्ञा गरी अधिकारीहरूका समक्ष विरोध दर्साउने प्रक्रिया; त्यसरी भोकै बसी गरिने हडताल; अनशन।
67015 भोकाइ ना. भोकाउने भाव, क्रिया वा प्रक्रिया।
67016 भोकाइनु अ.क्रि. भोक लागिनु।
67017 भोकाउनु अ.क्रि. १. भोक लाग्नु; के खाऊँ के खाऊँ हुनु; खान मन लाग्नु।
67018 भोकाउनु अ.क्रि. २. कुनै योग्य वस्तुप्रति उत्कट अभिलाषा जाग्नु; चाहना हुनु।
67019 भोको वि. १. खानेकुरा नखाएको; नखाईकन भोकै रहेको।
67020 भोको वि. २. भोगको इच्छापूर्ति नभएको; भोगको लालसा जागेको।
67021 भोक्कर ना. तामाको, मुरलीजस्तो पारी बनाइएको, फुकेर बजाइने लाम्चो एक बाजा; बानो।
67022 भोक्तव्य वि. भोग गर्न उचित; भोग्न लायक; भोग्नुपर्ने।
67023 भोक्ता वि. १. कुनै वस्तु वा सुख - दुःखका अवस्थाको भोग गर्ने; उपभोग गर्ने; भोग्ने।
67024 भोक्ता वि. २. भोजन गर्ने; खाने।
67025 भोक्ता वि. ३. शासन गर्ने; शासक। ना.
67026 भोक्ता वि. ४. भोग गर्ने व्यक्ति।
67027 भोक्ता वि. ५. राजा; शासक।
67028 भोक्ता वि. ६. स्त्रीको पति वा प्रेमी।
67029 भोग्नु स.क्रि. १. जीवन र जगत्‌को सुखदुःखका सबै पाटाको अनुभव गर्नु; राम्राराम्रा सबै कुरा खेप्नु।
67030 भोग्नु स.क्रि. २. कुनै वस्तु वा स्थितिको उपभोग गर्नु।
67031 भोग्नु स.क्रि. ३. बेहोर्नु; सुमर्नु।
67032 भोग्नु स.क्रि. ४. स्त्रीसम्भोग गर्नु; सहवास गर्नु।
67033 भोग ना. १. सुखदुःख आदिको अनुभव गर्ने काम; भोगाइ।
67034 भोग ना. २. पाप वा पुण्यको फल; प्रारब्ध। ३ सुखदुःखको अनुभव गर्ने देह।
67035 भोग ना. ४. कुनै वस्तु आफ्नो अधिकार वा उपयोगमा ल्याउने काम; मनमाफिकको चलन।
67036 भोग ना. ५. कुनै ग्रह एकै राशिमा रहने समय वा काल।
67037 भोग ना. ६. खानेकुरो खाने काम; भक्षण; खवाइ।
67038 भोग ना. ७. देवदेवी आदिलाई अर्पण गरिने नैवेद्य, बलि आदि।
67039 भोग ना. ८. शासन; राज्य।
67040 भोग ना. ८. समागम; मैथुन। १०. लिच्छविकालमा पशुपालन गरेबापत सरकारलाई तिर्नुपर्ने कर; वस्तुकर।
67041 भोग ना. ११. आफ्नो सम्पत्तिमा अरू कसैको हस्तक्षेप नरही आफूखुसी गर्न पाउने स्थिति वा शक्ति।
67042 भोगकर ना. सरकारलाई तिर्नुपर्ने खेतीको उब्जनी वा पशुपालनसम्बन्धी कर।
67043 भोगकाल ना. १. कुनै घटना वा कुरो थालनीदेखि टुङ्ग्याउनीसम्म घटित हुने समय (राशिका ग्रह आदिको )।
67044 भोगकाल ना. २. सुखदुःख आदि भोगिने पूरा समय।
67045 भोगचलन ना. कुनै वस्तुमाथि पूरै रूपमा आफ्नो अधिकारको प्रयोग वा उपयोग; भोग र चलन गर्ने काम।
67046 भोगटे ना. १. ज्यामिर जातको डल्लो र ठुलो, बाक्लो बोक्रा भएको, गोल फल हुने, रसिलो र गुलियो, बिजुलैबिजुला भएको गुदी लाग्ने एक जातको फल; फोक्से।
67047 भोगटे ना. २. हल्का हरियो रङका बाटुला र फराकिला पात हुने, पाक्ता सेतो र पहेँलो रङका मसिना दाना झुप्पैझुप्पा परेर फल्ने प्रायः चार हजार फिटभन्दा माथि हुने एक वनस्पति; त्यसैको फल।
67048 भोगटे ना. ३. सेता आकारका मसिना दाना झुप्पैझुप्पा परेर फल्ने, पाकेपछि रक्सी बनाउने काममा प्रयोग हुने एक जातको फल।
67049 भोगपत्र ना. ऋण नफछ्र्याएबापत साहुले ऋणीको सम्पत्ति ग्रहण गर्न पाउने हक सुम्पने कानुनी कागज।
67050 भोगबन्धक ना. सापटी दिएका रुपियाँको भोगचलन गर्ने गरी लिनेदिने काम।