Dictionary

All Word

66951 भेषज ना. ३. पानी; जल।
66952 भेषधारी वि. वेशभूषा धारण गर्ने; वेशधारी।
66953 भेषी वि. १. भेष भएको; भेषधारी।
66954 भेषी वि. २. भेष बनाउने (जस्तो- छद्मभेषी)।
66955 भेस ना. १. लुगाफाटो; वस्त्र।
66956 भेस ना. २. पहिरन; लवाइ; बाना।
66957 भेस ना. ३. अरूले आफूलाई चिन्न नसकून् भन्नाका निम्ति लगाएको वस्त्र; बनावटी वेश।
66958 भेस ना. ४. नाचमा कसैको अनुकरण गर्न बनाइएको कृत्रिम रूप।
66959 भेस ना. ५. साधुसन्न्यासीको पोसाक।
66960 भेसी वि. भेस लिएको; भेस धारण गर्ने।
66961 भैँ ना. भुईं; भूमि।
66962 भैँऐँसेलु ना. भुईऐँसेलु।
66963 भैँकटहर भुईंकटर।
66964 भैँकाफल ना. भुईंकाफल।
66965 भैँकुभिन्डो भुइँकुभिन्डो।
66966 भैँखुट्टे वि. भुईंखुट्टे।
66967 भैँचम्पा ना. भुईंचम्पा।
66968 भैँचरी ना. भुईंचरी।
66969 भैँचालो ना. ज्वालामुखी - विस्फोटन आदिका कारणले पृथ्वीको गतिमा असन्तुलन आई सतह हल्लिने काम; भूकम्प; भुईंचालो।
66970 भैँजुरेली ना. भुईंजुरेली।
66971 भैँझार ना. भुइँझार।
66972 भैँफुट्टा ना. भुइँफुट्टा।
66973 भैँमाल ना. उच्च ठाउँमा रहेको समथर जमिन; दुईतिर नदी भई बिचमा रहेको अग्लो र समथऱ्याइलो जग्गा; टार।
66974 भैँसालो ना. भैँसी पाल्ने गोठालो; भैँसीपाला।
66975 भैँसी ना. दुध, दही, घिउ आदिका लागि घरमा पालिने, प्रसिद्ध चौपाया पाल्तु जनावर; राँगाको पोथी।
66976 भैँसे वि. भैँसीजस्तो भैँसीसँग सम्बन्धित; भैँसीको।
66977 भैँसे चरी ना. भैँसीलाई बोलाउँदा प्रयोग हुने 'हेइ-हेइ' शब्द झैँ गरी कराउने एक जातको चरो।
66978 भैँसे च्याउ ना. रुखमा उम्रने र तरकारी खान हुने, बाक्लो खालको च्याउविशेष।
66979 भैँसे तरुल ना. जङ्गलमा हुने तरुलको एक जात; एक प्रकारको वनतरुल।
66980 भैँसे तिल ना. अररो बोट र ठुलठुला खस्रो गेडा हुने एक जातको तिल।
66981 भैँसे दाद ना. भैँसी बस्ने आहालको हिलो पानीका सम्पर्कबाट शरीरमा उछिने एक प्रकारको दाद।
66982 भैँसे पाहा ना. फोहोर पानी जम्ने पोखरी वा भैँसी बस्ने आहालमा हुने एक जातको ठुलो खालको भ्यागुतो।
66983 भैँसे लहरो ना. प्रसिद्ध सोमलता बुटीको एक भेद।
66984 भैँसे लुतो ना. शरीरभरि ठुलठुला फोका उठेर फुट्तै, पाक्तै गर्ने रक्तविकार वा चर्मसम्बन्धी रोग।
66985 भैया ना. १. भाइ।
66986 भैया ना. २. भैयाद।
66987 भैयात/भैयाद ना. भाइ, भतिजा आदि बन्धुवर्ग; दाजुभाइ; कुलकुटुम्ब।
66988 भैरव वि. १. भयानक; डरलाग्दो; भयङ्कर। ना.
66989 भैरव वि. २. शिवजीको प्रथमादि गणमध्ये एक।
66990 भैरव वि. ३. गीतसूत्रका सप्तस्वरमध्ये ऋषभ र धैवत कोमल हुने, बाँकी स्वर सामान्य हुने, विशेष गरी शरद् ऋतुका प्रथम प्रहरमा गाइने एक राग; सङ्गीतका ६ मध्ये एक।
66991 भैरव वि. ४. भय; त्रास।
66992 भैरवपाती ना. हे. भैरुम्पाती।
66993 भैरवी ना. १. दुर्गा; भवानी; देवी।
66994 भैरवी ना. २. दश महाविद्यामध्ये एक।
66995 भैरवी ना. ३. सङ्गीतका रागिनीहरूमध्ये एक।
66996 भैरवी चक्र ना. पञ्च मकारका विधिअनुसार भैरवी देवीको पूजा गर्न चक्राकार रूपमा बसेका वाममार्गी तान्त्रिकहरूको मण्डली
66997 भैरवीय वि. भैरवसम्बन्धी; भैरवको।
66998 भैरुम्पाती ना. हिमाली भेगमा पाइने, धुपीका जस्ता मसिना पात र खैरा डाँठ हुने एक जातको सानो पोथ्रो बोट; भैरवपाती।
66999 भैलक्के वि. सुझबुझै नराखी बोल्ने; प्वाक्क बोल्ने।
67000 भैलिनी ना. १. कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीको गाथा र मङ्गल गाउँदै हिँड्ने नारीसमुदाय। वि.