Dictionary

All Word

67051 भोगबन्धकी वि. १. भोगबन्धकमा परेको ऋण चुक्ता नहुन्जेल ब्याजबापत बन्धकी भोग गर्न दिइएको। ना.
67052 भोगबन्धकी वि. २. सोअनुसार भोगबन्धक भएको तमसुक।
67053 भोगभाग ना. भाग्यवादीका अनुसार जीवनले भोग्नुपर्ने सुखदुःख; पापपुण्य आदिको फल; भाग्यको भोग।
67054 भोगवादी वि. भौतिक संसारकै सुख-दुःखमाथि विश्वास गर्ने; परलोकका बारेमा विश्वास नगर्ने।
67055 भोगविलास ना. शारीरिक वा इन्द्रियजन्य रूपमा हुने सुखसुविधाको अधिक भोग; ऐसआराम; मोजमज्जा।
67056 भोगाइ ना. भोग्ने भाव, क्रिया वा प्रक्रिया।
67057 भोगाइनु क.क्रि. भोग्न लाइनु; भोग्ने पारिनु।
67058 भोगाउनु स.क्रि. / प्रे.क्रि. १. दुःखकष्ट दिएर चेताउनु; काबु पार्नु।
67059 भोगाउनु स.क्रि. / प्रे.क्रि. २. भोग्न लाउनु।
67060 भोगिनी ना. १. खालि भोगका लागि ल्याइएकी स्वास्नी; रखौटी।
67061 भोगिनी ना. २. राजाकी उपपत्नी।
67062 भोगिनी ना. ३. सर्पिणी।
67063 भोगिनु क.क्रि. सुखदुःखको अनुभव गरिनु।
67064 भोगी वि. १. व्यवहारको दुःख-सुख वा राम्रो-नराम्रो भोगिसकेको; भुक्तभोगी।
67065 भोगी वि. २. इन्द्रियहरूको सुख भोग गर्न चाहने; भोगविलासमा लीन भएको; विलासी।
67066 भोगी वि. ३. स्त्रीहरूमा रत; स्त्रीलम्पट।
67067 भोगी वि. ४. भोग गर्ने; खाने।
67068 भोगी वि. ५. कुनै कुरा अघोर मन पराउने। ना.
67069 भोगी वि. ६. सुखचैन, आमोदप्रमोदमा लीन भएको मानिस; भोग गर्ने व्यक्ति।
67070 भोग्य वि. १. भोग गर्न उचित भोग्न लायक। ना.
67071 भोग्य वि. २. भोग गरिने वा भोग्न सकिने वस्तु।
67072 भोज १ ना. कुनै चाडबाड, बिहेबटुलो आदिमा धेरै मानिस सम्मिलित भएर खाइने विशेष भोजन; भतेर; सहभोजन।
67073 भोज २ ना. भारतको मालवाक्षेत्रमा राज्य गर्ने, कालिदासका समयका एक प्रसिद्ध दानी, विद्वान् र कवि राजा।
67074 भोजन ना. १. भोकनिवारणका निम्ति भरपेट खाइने खानेकुरो; खाद्य पदार्थ।
67075 भोजन ना. २. खाने काम; भक्षण।
67076 भोजन ना. ३. विशेष उत्सव वा अवस्थामा खाइने भोजभतेर।
67077 भोजनभट्ट वि. साह्रै धेरै खाने; खन्चुवा।
67078 भोजनालय ना. १. खानेकुरा तयार पार्ने घर वा कोठो; भान्साघर।
67079 भोजनालय ना. २. सहरबजारमा ग्राहकहरूलाई भात खुवाई पैसा लिने व्यवस्था भएको पसल; होटेल।
67080 भोजनीय वि. भोजन गर्न उचित; खान लायक; भोज्य।
67081 भोजपत्र/भोजपात ना. १. पातलो र चिल्लो कागतजस्तो पत्रैपत्र बोक्रो हुने एक जातको मझौला खालको रुख; भोजपात।
67082 भोजपत्र/भोजपात ना. २. प्राचीन कालमा लेख्नका निमित्त कागतका सट्टामा प्रयोग गरिने सोही रुखको बोक्रो वा पत्र।
67083 भोजपुर ना. नेपालको पूर्वाञ्चल विकासक्षेत्रअन्तर्गत कोसी अञ्चलको पहाडी भेकमा पर्ने एक जिल्ला र त्यसको सदरमुकाम।
67084 भोजभतेर ना. विशेष उत्सव वा पर्वमा धेरै जना मिलेर खान तयार गरिएको भातभान्सा; त्यस्तो सामूहिक भोजन।
67085 भोजिन्सो ना. बाटुला पात हुने, साना हरिया फूल फुल्ने, कालो रङको एउटै गेडो फल लाग्ने, आयुर्वेदमा विषालु मानिएको एक बोट।
67086 भोजी वि. भोजन गर्ने वा खाने (जस्तै- मिष्टान्नभोजी, मांसभोजी इ.)।
67087 भोजे वि. १. भोज मन पराउने; भोज खोज्दै हिँड्ने।
67088 भोजे वि. २. धेरै खाने।
67089 भोज्य वि. १. खान योग्य; खान लायक। ना.
67090 भोज्य वि. २. खानका निम्ति उपयुक्त वस्तु; भोजन; खाद्य पदार्थ।
67091 भोज्य काल ना. भोजन गर्ने समय; खाने बेला।
67092 भोट १ ना. कुनै व्यक्ति वा कुरालाई छान्न निर्णयका निम्ति दिइने स्वैच्छिक राय; मत।
67093 भोट २ ना. नेपालको उत्तरतिर पूर्वदेखि पश्चिम वारपार सिमाना जोडिएको एक देश तथा हाल जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र; तिब्बत।
67094 भोटचिनियाँ वि. तिब्बती, चिनियाँ, थाई, बर्मेली, बोदो र करेनी भाषाखलकसम्बन्धी; चिनियाँतिब्बती।
67095 भोटबर्मेली वि. भोटचिनियाँ भाषिक खलकको (एक शाखा)।
67096 भोटिया वि. १. भोट मूल भएको (भाषा, जाति आदि)। ना.
67097 भोटिया वि. २. भोट वा भुटान देशको मान्छे; भोटे।
67098 भोटाङ ना. हे. भुटान।
67099 भोटी ना. एक जातको कालो रङको हिले माछो।
67100 भोटे ना. १. भोट वा तिब्बतमूलको प्रसिद्ध जाति।