Dictionary

All Word

67151 भौँतारिनु अ.क्रि. १. अनावश्यक रूपमा तथा विनाउद्देश्यले जताततै घुम्न; लरखराउनु।२. हैरानी भोग्ने गरी दौडधुपमा लाग्नु; धेरै हिँडडुलमा पर्नु।
67152 भौँताऱ्याइ ना. भौँतारिने चाल, क्रिया वा प्रक्रिया।
67153 भौप्वाल ना. बुइँगलको भान्साचुलो चलाउने ठाउँमा हावा र धुवाँ पास होस् भन्ने हेतुले छानामा आधी गोलो पारेर राखिने झ्यालजस्तो प्वाल।
67154 भौँरा ना. १. मुहालीका छाँटको एक प्रकारको बाजा।
67155 भौँरा ना. २. भमरा।
67156 भौगर्भिक वि. भूगर्भसम्बन्धी; भूगर्भको; धरातलभित्रको बनोटसम्बन्धी।
67157 भौगोलिक वि. भूगोलसँग सम्बन्धित; भूगोलको।
67158 भौज्या ना. १. देवर र भाउजूको अनुचित सम्बन्धबाट जन्मेको सन्तान; भाउजेलो। वि.
67159 भौज्या ना. २. भाउजूसँग अनुचित सम्बन्ध राख्ने।
67160 भौतिक वि. १. पृथ्वी, अप, तेज, वायु, आकाशजस्ता पञ्चमहाभूत तत्त्वबाट बनेको; पञ्चमहाभूतसम्बन्धी।
67161 भौतिक वि. २. पृथ्वीका सबै गुणयुक्त; पार्थिव।
67162 भौतिक वि. ३. हाडमासुयुक्त शरीरसम्बन्धी; प्राणीसम्बन्धी; भूतसम्बन्धी।
67163 भौतिकता ना. १. भौतिक पक्ष पर्याप्त हुनाको भाव वा अवस्था।
67164 भौतिक परिवर्तन ना. विज्ञानका प्रक्रियाअनुसार कुनै वस्तुको तौल, अस्तित्व आदिमा फरक नभई हुने परिवर्तन; पानी बाफमा, नुन झोलमा बदलिनुजस्ता भौतिक रूपमा नै हुन आउने परिवर्तन।
67165 भौतिक भूगोल ना. कुनै देश वा क्षेत्रको राजनीति, जनघनत्व, व्यापार आदि पक्षलाई नछोई प्राकृतिक बनोट वा रूप र उत्पादन आदि विषयलाई प्रस्तुत गर्ने भूगोल।
67166 भौतिक वातावरण ना. वस्तुपक्ष वा वस्तुगत रहनसहनको यथार्थ स्थिति; बाह्य तथा दृश्य वातावरण।
67167 भौतिकवाद ना. अदृश्य र पारलौकिक सत्ता वा ईश्वरलाई नमानेर जीवन र जगत्का वस्तुसत्यलाई नै मान्ने सिद्धान्त; भौतिक गुण तथा निर्माणतत्त्वलाई शाश्वत मान्दै भौतिक जगत्लाई परिवर्तनशील तथा विकासशील रूपमा बुझ्ने र पदार्थबाटै चेतनाको सृष्टि भएको हो भनी मान्ने वैज्ञानिक वा दार्शनिक सिद्धान्त वा मत।
67168 भौतिकवादी वि. भौतिकवादको अनुयायी वा समर्थक; भौतिकवादमा विश्वास राख्ने।
67169 भौतिक विज्ञान ना. भौतिक तत्त्व वा वस्तुहरूको विवेचन र विश्लेषणका साथ तिनको गुण छानबिन गरिने शास्त्र; वस्तुजगत्को सूत्रात्मक अध्ययन गर्ने विज्ञान; पदार्थविज्ञान।
67170 भौतिक विद्या ना. १. भौतिक शास्त्र; भौतिक विज्ञान।
67171 भौतिक विद्या ना. २. जादु-टुना गर्ने विद्या; इन्द्रजाल।
67172 भौतिक विद्या ना. ३. मरेका मान्छेहरूको हंस जगाई बातचित गरिने विद्या; भूतसाधना गर्ने विधि।
67173 भौतिक विद्या ना. ४. भूत-प्रेत आदिको बाधा हटाउने विद्या; झारफुके तन्त्रमन्त्र।
67174 भौतिक शास्त्र ना. भौतिक विज्ञान।
67175 भौतिक सम्पत्ति ना. सरकारी वा व्यक्तिगत कार्यालय वा घरका टेबुल, दराज, गाडी आदि विभिन्न अचल वस्तु; जग्गाजमिन, भवन आदि अचल सम्पत्ति।
67176 भौतिक साधन ना. शिक्षण संस्था आदिका लागि आवश्यक भवन, खेलमैदान, फर्निचर, कोठोजस्ता भौतिक सुविधाका सामानहरूको समूह।
67177 भौम ना. १. ज्योतिषका अनुसार नौ ग्रहमध्ये तेस्रो ग्रह; मङ्गल। वि.
67178 भौम ना. १. भूमिबाट आउने।
67179 भौम ना. २. भूमिसम्बन्धी; जग्गा- जमिनको।
67180 भौम वार ना. सात वारमध्ये तेस्रो वार; मङ्गलवार।
67181 भौमिक वि. भूमिसम्बन्धी; जमिनसँग सम्बन्धित।
67182 भ्या क्रि.वि. भेडो कराएको आवाज आउने गरी।
67183 भ्याइ ना. कुनै काम गर्न भ्याउने क्रिया वा प्रक्रिया।
67184 भ्याइनु क.क्रि. निश्चित समयमा काम सिद्ध्याउनु; फुर्सद पाइनु।
67185 भ्याउनु स.क्रि. १. कुनै काम गर्नाका निम्ति समय पाउनु वा फुर्सदले भेट्टाउनु; भियाउनु।
67186 भ्याउनु स.क्रि. २. गर्नुपर्ने काम गर्न योग्यता, सामर्थ्य आदि प्राप्त गर्नु।
67187 भ्याउनु स.क्रि. ३. थालेको काम समयमै टुङ्ग्याउनु वा सक्नु।
67188 भ्याउसुलो ना. हाप्सिलो।
67189 भ्याकभ्याक क्रि.वि. बन्चरो, खुकुरी आदिले धमाधम काट्ने गरी।
67190 भ्याकभ्याकी/भ्याकभ्याक्ती क्रि.वि. छिटोपिटो भ्याकभ्याक पारेर।
67191 भ्याकुर ना. तरुलको जस्तो लहरो र लाम्चा चोसैचोसा परेका पात हुने, ठुलो र बाटुलो गाँठो परेको कन्द फल्ने वनस्पतिविशेष; त्यसैको सेतो, पहेँलो, निलो आदि रङ हुने कन्द।
67192 भ्याकुरो ना. १. बट्टाईभन्दा केही ठुलो र लाटोकोसेरो जस्तै झ्याप्स्याक्क परेको, फुस्रा रङको भुत्ला हुने एक जातको चरो। वि.
67193 भ्याकुरो ना. ३. मोटोघाटो भईकन जुम्सो; ज्याम्तो।
67194 भ्याकुरो ना. ३. गोज्याङ्ग्रो; अधबेस्रो।
67195 भ्याक्क क्रि.वि. [अ.मू. भक्> भ्याक्+क] भुत्ते चालले प्रहार हुने वा अलपत्र भई लड्ने, पछारिने चालमा।
67196 भ्याक्से ना. १. गाँड निस्कन आँटेको जस्तो भएर बढेको गलो। वि.
67197 भ्याक्से ना. २. बेछाँटले बढेको वा मोटाएको; भद्दा।
67198 भ्यागुती ना. घोडाका टापका माझमा हुने मासुको डल्लो; पुतली।
67199 भ्यागुते ना. १. दुईदेखि चार फिटसम्मको उचाइ हुने, भ्यागुताका मुखका आकारका राता, सेता, निला र पहेँला फूल फुल्ने एक बोट; त्यसैको फूल।
67200 भ्यागुते ना. २. गाईभैँसीको घाँटीमा खटिरा आउने एक रोग। वि.