Dictionary

All Word

69101 महला ना. खसीबाख्राका मुखमा आउने एक प्रकारको खटिरा; मोहोला।
69102 महलो ना. १. खान हुने, गुलियो रातो फल फल्ने एक वृक्ष। वि.
69103 महलो ना. २. महजस्तो स्वादिलो; गुलियो।
69104 महल्ला ना. नगर वा गाउँको कुनै भाग; टोल; मुहल्ला।
69105 महसुर वि. १. कुनै कुरामा वा कसैसँग पनि नडराउने; साह्रै आँटिलो।
69106 महसुर वि. २. धुर्त; बदमास।
69107 महसुर वि. ३. सिपालु; पोख्त।
69108 महसुऱ्याइँ ना. महसुर हुनाको भाव वा अवस्था; आँटिलोपन; साहस।
69109 महसुल ना. १. सरकारी वा अन्य संस्थाद्वारा विशेष काम वा प्रयोजनका निम्ति उठाइने धन; भन्सार; जगात; कर।
69110 महसुल ना. २. भाडा।
69111 महसुल सुविधा ना. महसुल लिँदा वा उठाउँदा दिइने सुविधा।
69112 महसुली ना. महसुल।
69113 महसुले ना. पाखोलाई खेत बनाएर कमाई तिरो तिरी खाएको जग्गा।
69114 महसुस ना. १. अनुभव; आवश्यकताबोध। वि.
69115 महसुस ना. २. अनुभव वा बोध भएको; विदित; हे. अनुभूत।
69116 महा वि. १. ठुलो; महान्। ना.
69117 महा वि. २. कुनै शब्दको अगाडि रहेर ठुलो, महान् आदि अर्थ बुझाउने विशेषणवाचक शब्दको रूप (जस्तै- महाकाव्य, महापुरुष आदि)।
69118 महाकवि ना. १. महाकाव्यका रचयिता वा ठुला कवि।
69119 महाकवि ना. २. शुक्राचार्य।
69120 महाकष्ट ना. १. ज्यादै ठुलो कष्ट; अति ठुलो वेदना वा पीडा।
69121 महाकष्ट ना. २. भुटो; चिन्ता; पिर।
69122 महाकाय वि. १. ठुलो शरीर भएको; स्थूलकाय। ना.
69123 महाकाय वि. २. गणेश।
69124 महाकाय वि. ३. हात्ती।
69125 महाकाय वि. ४. शिव वा विष्णुको विशेषण।
69126 महाकाल ना. १. कुनाकुना परेका लामा भेट्ना र फर्सीका जस्ता पात हुने, चिचिन्डोका जस्ता फल फल्ने (कुकुर्बिटेसी समूहको) एक लहरो।
69127 महाकाल ना. २. प्रलयकर्ताका रूपमा प्रसिद्ध शिवजीको एक विकराल रूप; रुद्र।
69128 महाकाल ना. ३. काठमाडौंको टुँडिखेलमा अवस्थित एक भैरव।
69129 महाकाल ना. ४. अनन्तकाल।
69130 महाकाली ना. १. दुर्गाको एक भयङ्कर रूप; रुद्राणी।
69131 महाकाली ना. २. नेपालको पश्चिम सीमान्तमा बहने एक ठुलो नदी।
69132 महाकाली नाच ना. भक्तपुरमा देखाइने एक प्रसिद्ध प्राचीन परम्परागत नृत्य।
69133 महाकाव्य ना. काव्यशास्त्रअनुसार कथासूत्रमा आबद्ध, प्रख्यात विषयवस्तुमा आधारित र सर्गबद्ध तथा रसयुक्त ठुलो गहन काव्य।
69134 महागज ना. पुरातत्त्वशास्त्रका अनुसार पुराप्रातिनूतनाश्ममा पाइने सुदूर पूर्वको हात्ती।
69135 महागुरु ना. आमा, बाबु वा गुरुको समूह।
69136 महागौरी ना. १. नौरथामा पूजा गरिने नवदुर्गामध्ये आठौँ दुर्गा।
69137 महागौरी ना. २. रातो देखिने एक प्रकारको बेत; पाखाबेत।
69138 महाजन ना. १. ठुलो मानिस; प्रतिष्ठित व्यक्ति; प्रमुख व्यक्ति।
69139 महाजन ना. २. व्यापारी; सेठ; साहुकार; कोठीवाल।
69140 महाजन ना. ३. मानिसहरूको समूह।
69141 महाजन ना. ४. धनी मानिस।
69142 महाजनी ना. व्यापारव्यवसाय; रुपियाँपैसाको कारोबार गर्ने पेसा।
69143 महाजाँच ना. जग्गाजमिनको विस्तृत जाँच वा सर्वेक्षण।
69144 महाजाल ना. ठुलो जाल वा षड्यन्त्र; खतरापूर्ण योजना।
69145 महाजाली वि. महाजाल रच्ने; षड्यन्त्रकारी।
69146 महाज्ञानी वि. ब्रह्मज्ञानी; विद्वान्; उच्च ज्ञान प्राप्त गरेको।
69147 महातल ना. तलतिरका सात लोक अतल, वितल, सुतल, तलातल, महातल, रसातल, पातालमध्ये पाँचौँ लोक।
69148 महात्मा ना. १. महान् आत्मा भएको व्यक्ति; अति उत्तम स्वभाव वा विचार भएको व्यक्ति।
69149 महात्मा ना. २. साधुसन्त।
69150 महात्मा ना. ३. महापुरुष।