Dictionary

All Word

69151 महात्मा ना. ४. समदर्शी व्यक्ति।
69152 महात्मा ना. ५. परमात्मा; ईश्वर।
69153 महादशा ना. १. लोकविश्वासअनुसार मानिसका भाग्यमा पर्ने प्रबल ग्रहको प्रभाव; मानिसका जीवनमा जन्मनक्षत्रका आधारमा ग्रह र योगिनीहरूले भोग गर्ने निर्धारित पूर्णकाल।
69154 महादशा ना. २. ठुलो आपत्।
69155 महादान ना. विशेष फलको प्राप्तिहेतु गरिने तुलादान, गजदानजस्ता महत्त्वपूर्ण ठुला दान।
69156 महादानी वि. साह्रै ठुला दानी।
69157 महादेव ना. सबैभन्दा ठुलो देवता; शङ्कर; शिव।
69158 महादेवी ना. १. पार्वती; दुर्गा।
69159 महादेवी ना. २. प्राचीन कालमा पटरानीका निम्ति प्रचलित उपाधि वा संज्ञा।
69160 महादेश ना. पृथ्वीका प्रमुख र ठुलठुला सात भूक्षेत्र (एसिया, युरोप, अस्ट्रेलिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका र अन्टार्टिका)।
69161 महादेशीय वि. महादेशसम्बन्धी; महादेशको।
69162 महादेशीय ढाल ना. महादेशीय तख्ताबाहिरको ढाल।
69163 महादेशीय तख्ता ना. ६०० फिटसम्मको समुद्री पानीको गहिराइमा परेको समभूमि।
69164 महाद्वीप ना. पुराणअनुसार पृथ्वीका सात विभाग (जम्बू, प्लक्ष, शाल्मलि, कुश, क्रौञ्च, शाक र पुष्कर)।
69165 महाधिपति ना. १. सर्वोच्च स्वामी वा अधिकारी।
69166 महाधिपति ना. २. महाराज।
69167 महाधिवेशन ना. राजनीतिक, सामाजिक आदि सङ्घ-संस्थाका सबै तह र स्थानका प्रतिनिधि वा सम्बद्ध व्यक्तिहरू भेला भई विधानअनुसार आयोजना गरिने ठुलो सम्मेलन (कन्फरेन्स)।
69168 महाधूप ना. तलेजु, नरदेवी आदि नरबलि खाने विश्वास गरिएका देवदेवीलाई चढाउन मानिसको मासुसमेत मिसाइन्छ भन्ने कुरा स्विकारिएको एक धूप।
69169 महान् वि. ठुलो; उच्च; विशाल; महत्।
69170 महानदी ना. १. उद्‍गमस्थानदेखि समुद्रसम्म नसुकी आफ्नै नामले बहने नदी।
69171 महानदी ना. ३. बङ्गालको खाडीमा मिसिने एक नदी।
69172 महानरक ना. ठुलठुला एक्काइसवटा नरक (तामिस्र, अन्धतामिस्र, रौरव, महारौरव, नरक, महानरक, कालसूत्र, सञ्जीवन, महावीचि तपन, प्रतापन, संहात, काकोल, कुड्मल, प्रतिमूतिक, लोहशङ्कु, ॠजीष, शाल्मली, वैतरणी, असिपत्रवन र लोहदारक)।
69173 महानल ना. १. ठुलो खालको देउनिगालो।
69174 महानल ना. २. ठुलो अग्नि।
69175 महानवमी ना. आश्विन शुक्ल नवमी; दुर्गानवमी।
69176 महानाटक ना. सबै अर्थप्रकृति, सन्धि, लास्याङ्ग, नाट्यालङ्कार तथा नाटकका लक्षणद्वारा आभूषित नाटक; हनुमन्नाटक।
69177 महानिद्रा ना. देहावसान; मृत्यु; मरण।
69178 महानिद्रिका ना. ज्यादा निद्रा लाग्ने औषधी।
69179 महानिम्ब ना. एउटै भेट्नुमा निमका जस्ता मसिना पात हुने, साना फूल फुल्ने र पहेँला लाम्चा फल लाग्ने (मोलिएसी समूहको) एक वृक्ष; बकाइनु।
69180 महानिर्वाचन ना. प्रचलित शासनप्रणालीअनुसार राज्यप्रशासनका विभिन्न एकाइमा उचित प्रतिनिधित्वका लागि राष्ट्रव्यापी रूपमा गरिएको निर्वाचन; आमचुनाव।
69181 महानिर्वाण ना. बौद्धमतअनुसार बुद्ध वा अर्हत्लाई मात्र प्राप्त हुने उच्चकोटिको निर्वाण; बौद्धदर्शनअनुसार व्यष्टि सत्ताको पूर्ण नाश हुने स्थिति।
69182 महानिशा ना. १. आधारात; रातको दोस्रो वा तेस्रो पहर।
69183 महानिशा ना. २. प्रलयकालको समय।
69184 महानुभाव ना. आफ्ना महान् गुणहरूको प्रभाव अरूमा पार्ने व्यक्ति; महापुरुष; महाशय।
69185 महाने ना. माल, अमाल, वनजाँच आदि अड्डाको दैदस्तुर उठतीपुठती गर्ने र जग्गाजमिन, वनजङ्गलको रेखदेख गर्ने तल्लो दर्जाको कर्मचारी।
69186 महान्धकार ना. ठुलो अन्धकार; ज्यादै अँधेरो।
69187 महान्यायाधिवक्ता ना. राज्य, सरकार वा राष्ट्रको प्रमुख कानुन अधिकृत (एटर्नी जनरल)।
69188 महापण्डित ना. ठुला विद्वान्; ठुला पण्डित; प्राज्ञ।
69189 महापत्तन ना. महानगर।
69190 महापथ ना. १. लामो चौडा सडक; राजमार्ग; राजपथ।
69191 महापथ ना. २. मृत्यु; मरण।
69192 महापद्म ना. १. सय पद्म बराबरको सङ्ख्या।
69193 महापद्म ना. २. नारदमुनि।
69194 महापद्म ना. ३. कुबेरका नौ निधिमध्ये एक।
69195 महापद्म ना. ४. धेरै पात हुने एक जातको सेतो कमल।
69196 महापातक ना. १. जघन्य अपराध; पात।
69197 महापातक ना. २. पाँच प्रकारका महान् पाप; पञ्च महापातक।
69198 महापातकी वि. पञ्च महापातक गर्ने; ठुलो पाप गर्ने।
69199 महापात्र ना. मृतकका नाउँमा दान गरिएको वस्तु लिने ब्राह्मण; काट्टे; महाब्राह्मण।
69200 महापाप ना. महापातक।