Dictionary

All Word

70451 मिथ्यापवाद ना. झुटो आरोप; मिथ्याभियोग।
70452 मिथ्याभाषी वि. झुटो बोल्ने; असत्यवादी।
70453 मिथ्याभियोग ना. मिथ्यापवाद।
70454 मिथ्यावादी वि. झुटो बोल्ने; असत्यवादी; ढँटुवा।
70455 मिनट ना. हे. मिनेट।
70456 मिना ना. सुन, चाँदी आदिका गहनामा बुट्टा भर्ने एक प्रकारको रङ।
70457 मिनाकारी ना. मिना भर्ने काम।
70458 मिनार ना. स्तम्भका आकारमा बनेको उच्च इमारत; धरहरा।
70459 मिनाहा वि. १. माफ गरिएको वा छोडिएको; छुट।
70460 मिनाहा वि. २. घटाइएको; कम गरिएको। ना.
70461 मिनाहा वि. ३. असुलउपर गर्नुपर्ने रकमको छुट; त्यस्तो छुट दिने काम।
70462 मिनाहा मोजरा ना. आयव्ययको हिसाबमा केही रकम नपुग वा घटीबढी भएमा केही माफी दिने र केही कट्टा गर्ने काम।
70463 मिनिस्टर ना. मन्त्री; अमात्य।
70464 मिनिस्टरी ना. १. मन्त्रीको काम वा पद।
70465 मिनिस्टरी ना. २. मन्त्रिमण्डल; मन्त्रिपरिषद्।
70466 मिनी वि. सानो; छोटो; होचो।
70467 मिनी बस ना. सानो आकारको बस गाडी।
70468 मिनी स्कर्ट ना. स्वास्नीमानिसहरूले लगाउने छोटो लमाइ भएको एक पोसाक।
70469 मिनी मार्केट ना. सानो बजार।
70470 मिनेट ना. साठी सेकेन्डको समयावधि; एक घण्टाको साठी भागको एक भाग; मिनट।
70471 मिन्जालिका ना. आबर्जेमा खर्चको रकम वा सो खर्च भएको गोस्वारा बोली।
70472 मिन्ट ना. सिक्का बनाउने ठाउँ; टक्सार; टकशाला।
70473 मिम ना. १. सभ्य श्वेत स्त्री; मीम।
70474 मिम ना. २. तासको बाह्रौँ फुट्टी; मिसी।
70475 मिम पोसाक ना. युरोपेली स्त्रीहरूले लगाउने खास प्रकारको पोसाक; टाँक भएको ब्लाउज र फ्रक जोरेर बनाइएको एक प्रकारको जनाना पोसाक।
70476 मिमलहरी ना. बाक्ला हरिया पात हुने, बिचबिचमा टपका आकारको फूलको झुप्पा हुने एक लहरो वा त्यसको फूल।
70477 मिमियाँ ना. शरीरमा चोटपटक लागेमा सेवन गरिने एक औषधी।
70478 मियाँ१ ना. १. धानको नाथ्री।
70479 मियाँ१ ना. २. चामलमा मिसिने कनिकाजस्तो भुस।
70480 मियाँ२ ना. मुसलमानको आदरवाची शब्द।
70481 मियो ना. १. दाईँ गर्न खलाका बिचमा बलियो गरी गाडिने लामो खम्बा।
70482 मियो ना. २. घर वा परिवारको मूली।
70483 मियो ना. ३. सङ्घ- संस्थाको प्रमुख व्यक्ति।
70484 मिर ना. १. सरदार।
70485 मिर ना. २. प्रधान; मुख्य व्यक्ति।
70486 मिर उमराउ ना. कार्याधिकारी पुरुषहरूका अगुवा; मुख्य सैनिकको एक पद।
70487 मिरगी ना. हे. मिर्गी।
70488 मिरजाब ना. नक्खी।
70489 मिरमिच्चे वि. छरितो; पातलो; ख्याउटे।
70490 मिरमिर क्रि.वि. १. भुईँमा उज्यालो खस्नखस्न खोज्ने गरी; अलिअलि उज्यालोका साथमा; रिमरिम; भुकभुक। ना.
70491 मिरमिर क्रि.वि. २. त्यस्तो उज्यालो हुने बिहानीपखको समय; झसमिस।
70492 मिरमिरे वि. मिरमिर भएको; थोरैथोरै (उज्यालो); भुकभुकाउँदो।
70493 मिरमुन्सी ना. पहिलेपहिले परराष्ट्रविभागको काम गर्ने मुख्य अधिकारी।
70494 मिरसुब्बा ना. सुब्बाभन्दा माथि र सरदारभन्दा मनिको एक उच्च निजामती दर्जा।
70495 मिर्ग ना. हरिण; मृग।
70496 मिर्गाई ना. मृगजस्तो देखिने एक थरी गाई; नीलगाई।
70497 मिर्गासन ना. सन्ध्यावन्दन आदि पवित्र कार्यमा प्रयोग गरिने मृगका छालाको आसन; मृगासन।
70498 मिर्गी ना. छारेरोग।
70499 मिर्गौलो ना. रगतबाट खराब तत्त्वहरू अलग गरेर पिसाबका रूपमा बाहिर निकाल्ने शरीरभित्र मेरुदण्डका दायाँ-बायाँ रहने जोडी अवयव।
70500 मिर्धा वि. १. बहादुर; नायक। ना.