Dictionary

All Word

70351 मिझार ना. १. सार्कीलाई शिष्टतापूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द; मिजार।
70352 मिझार ना. २. गाउँको एक प्रकारको मुखिया; तालुकदारभन्दा तल्लो दर्जाको तिरो उठाउने व्यक्ति; मिझारे।
70353 मिझारी ना. मिझारले गर्ने काम; मिझारको पद; मिजारी।
70354 मिझारे ना. मिझार; मिजारे।
70355 मिट ना. मासु।
70356 मिट बल भित्रपट्टि कुटेको वा थुङथुङ्याएको मासु राखी बाहिर मैदाको आवरणले ढाकेर बनाइएको पकौडीका छाँटको डल्लो खानेकुरो।
70357 मिट मसला ना. मासुका परिकारमा हाल्न तयार गरिएको विशेष प्रकारको फुको मसला।
70358 मिटर ना. १. बिजुली, पानी आदिको गति तथा परिमाण नाप्ने र रेकर्ड गर्ने यन्त्र।
70359 मिटर ना. २. मोटर (ट्याक्सी), टेम्पो, मोटरसाइकल आदिको भाडा आँक्ने यन्त्र।
70360 मिटर ना. ३. मेट्रिक प्रणालीअनुसार विस्तार वा लमाइ नाप्ने नापो।
70361 मिट्टी ना. माटो; मट्टी।
70362 मिठा वि. हे. मिठो।
70363 मिठा चपत ना. स्नेहले वा जिस्किएर हल्का तवरले दिइएको चपेटा वा लपटो।
70364 मिठापानी ना. फलफूलको रसबाट तयार पारिएको ठन्डा पेय; एक प्रकारको सर्बत।
70365 मिठाई ना. गुलियो वा मिठो स्वादको रोटीविशेष; हलुवाई रोटी; मिष्टान्न।
70366 मिठास ना. मिठोपन; गुलियोपन; मधुरता; माधुर्य।
70367 मिठासे वि. स्वादे; जिबुल्के; मिठौरे; मिठोमिठो खान मन पराउने।
70368 मिठिनु अ.क्रि. १. अरूले मिठो खानेकुरा खाएको देखेर मुख रसाउनु।
70369 मिठिनु अ.क्रि. २. मिठो लाग्ने हुनु।
70370 मिठौरे वि. मिठो खान रुचाउने; स्वादे; मिठासे।
70371 मिठु ना. स्नेहले बोलाइने एक नाम।
70372 मिठे वि. मिठो हुने; मिठो।
70373 मिठे फापर ना. गुलियो स्वाद हुने एक जातको फापर।
70374 मिठो वि. १. मह, चिनी आदिको स्वादजस्तो; गुलियो; मधुर।
70375 मिठो वि. २. स्वादिलो; स्वादिष्ठ।
70376 मिठो वि. ३. मन पर्ने; प्रिय।
70377 मिठो वि. ४. राम्रो लाग्ने; रमाइलो | ना.
70378 मिठो वि. ५. गुलियो स्वाद।
70379 मिठो वि. ६. मनपर्दो स्वाद।
70380 मिठो वि. ७. स्वादिष्ठ खानेकुरो।
70381 मिठोमिठो ना. १. सामान्य प्रकारको खानेकुरो।
70382 मिठोमिठो ना. २. नमिठो बाहेकको खाना।
70383 मिठ्याइ ना. मिठिने भाव, क्रिया वा प्रक्रिया।
70384 मिठ्याइनु क.क्रि. मिठो वस्तु खाएर मुख मिठो पारिनु।
70385 मिठ्याउनु स.क्रि. १. मिठो वस्तु खाएर वा चाखेर मुख मिठो पार्नु।
70386 मिठ्याउनु स.क्रि. २. अरूले खाएको देखेर वा आफूले खान पाउने आशामा मिठो खाने कुराको अनुभव गर्नु; मिठो स्वाद सम्झेर जिभ्रो खेलाउनु।
70387 मिडिल वि. माध्यमिक (हाल निम्न माध्यमिक अर्थमा प्रचलित)।
70388 मिडिल स्कुल ना. निम्न माध्यमिक विद्यालय।
70389 मिडिया ना. माध्यम (सञ्चार क्षेत्रका)।
70390 मिडी ना. पिडौँलासम्म मात्र पुग्ने, घेरादार फुकेको फेर भएको, कम्मरपेटी जोडिएको र लम्बाइमै चोलीसमेत जडिएको, केटीहरूले लाउने कपडा।
70391 मित१ ना. कुनै दुई व्यक्तिका बिचमा विशेष औपचारिक विधिअनुसार पारस्परिक बन्धुभाव गाँसिएको हितैषी साथी; मित्र।
70392 मित२ वि. १. थोरै; ठिक्क; अलिकति।
70393 मित२ वि. २. सीमाबद्ध; सीमित; परिमित।
70394 मित२ वि. ३. नापिएको; नाप लिइएको।
70395 मितछोरो ना. मितको छोरो।
70396 मितबुहारी ना. १. मितकी बुहारी; मितेनी-बुहारी।
70397 मितबुहारी ना. २. मितिनीकी बुहारी; मितिनीबुहारी।
70398 मितबोलाइ ना. मित लाउने वाचा वा बोली।
70399 मितभाषिता ना. मितभाषी हुनाको भाव।
70400 मितभाषी वि. कम बोल्ने; अल्पभाषी।