Dictionary

All Word

70201 मालिका ना. २. पङ्क्ति; लहर।
70202 मालिका ना. ३. कण्ठहार।
70203 मालिका ना. ४. एक प्रकारको चमेलीफूल।
70204 मालिका ना. ५. देवी; भगवती।
70205 मालिक्नी ना. १. मालिककी पत्नी।
70206 मालिक्नी ना. २. स्त्री मालिक।
70207 मालिक्याइँ ना. मालिक हुनाको भाव वा अवस्था; मालिकको अधिकार; स्वामित्व; स्वामिता; प्रभुत्व; प्रभुता।
70208 मालिङ्गो ना. लेकमा हुने; औँलाभन्दा केही ठुलो गोलाइ भएको, मेच, कुर्सी, मान्द्रा, भकारी आदि बुन्ने काममा प्रयोग गरिने बलियो खालको निगालो।
70209 मालिनी ना. १. दुई नगण, एक मगण र दुई यगण मिली बन्ने सातआठ अक्षरमा यति हुने, पन्ध्र अक्षरको चरण भएको एक वार्णिक छन्द।
70210 मालिनी ना. २. चम्पानगरीको नाम।
70211 मालिनी ना. ३. स्वर्गङ्गा।
70212 मालिनी ना. ४. दुर्गा।
70213 मालिनी ना. ५. माली जातकी स्त्री; मालीकी पत्नी।
70214 मालिन्य ना. १. मलिन हुनाको भाव वा स्थिति; मलिनता; मैलोपन।
70215 मालिन्य ना. २. दुःख; कष्ट।
70216 मालिन्य ना. ३. कालिमा।
70217 मालिस ना. शरीरमा तेल, औषधी आदि मल्ने वा घस्ने काम; मर्दन; तेलारी।
70218 माली१ वि./ना. १. माला लगाउने; माला पहिरने।
70219 माली१ वि./ना. २. बगैँचासम्बन्धी काम गरेर वा फूल बेचेर जीविका चलाउने जाति वा व्यक्ति; मालाकार।
70220 माली१ वि./ना. ३. बागवान; बगैँचे।
70221 माली२ ना. १. मान्यजनका जिउमा घस्ने, चिल्लो हालिने काठको भाँडो; पौरो।
70222 माली२ ना. २. झालेमाले गाई।
70223 मालुम वि. १. थाहा भएको; ज्ञात; विदित।
70224 मालुम वि. २. प्रकट; स्पष्ट।
70225 माले१ वि. मालाकार बुट्टा भएको; टाटेपाङ्ग्रे; छिरबिरे; झालेमाले (बहर वा गोरु )।
70226 माले२ ना. मालदिभ्सको राजधानी।
70227 माले३ ना. मार्क्सवादी-लेनिनवादीको सङ्क्षिप्त रूप; नेपालको एउटा वामपन्थी पार्टी।
70228 मालोपमा ना. साहित्यमा एक उपमेयलाई अनेक उपमानद्वारा वर्णन गरिने तथा प्रत्येक उपमानको भिन्नाभिन्नै धर्म हुने उपमा अलङ्कारको एक भेद।
70229 माल्का ना. चर्खाको चक्का र सुइरोमा फित्ताका रूपमा लगाइने मोटो धागो।
70230 माल्टा१ ना. भूमध्यसागरको एउटा टापु, रातो गुलियो रस हुने मोसमका जातिको त्यस्तै फल तथा त्यसैको बोट।
70231 माल्टा२ ना. पाटन जिल्लाको दुर्गम र सुन्दर बस्ती।
70232 माल्य ना. १. माला; हार।
70233 माल्य ना. २. फूल।
70234 माल्यार्पण श्रद्धापूर्वक कुनै सम्मान्य पुरुष, प्रतिमा आदिमा माला चढाउने काम।
70235 मावल ना. मामाको घर; आमाको माइती; मावली।
70236 मावली ना. १. मामा र मामाका वंश।
70237 मावली ना. २. मामाको घर; मावल।
70238 मावली दाजु ना. मामाको आफूभन्दा जेठो छोरो।
70239 मावली बाजे ना. आमाको बाबु।
70240 मावली भाइ ना. मामाको आफूभन्दा कान्छो।
70241 माषपर्णी ना. वनमास।
70242 मास्नु स.क्रि. १. खर्च गर्नु; व्यय गर्नु; समाप्त पार्नु; सिद्ध्याउनु।
70243 मास्नु स.क्रि. २. ठुलो माल बिगारी सानो माल बनाउनु (जस्तो- फाली मासी करुवा/सियो)।
70244 मास्नु स.क्रि. ३. सटही गर्नु; भजाउनु; साट्नु।
70245 मास्नु स.क्रि. ४. दास बनाउनु; कमारो तुल्याउनु।
70246 मास्नु स.क्रि. ५. निर्मूल पार्नु; नाश गर्नु; मार्नु।
70247 मास१ ना. महिना; मैन्हा।
70248 मास२ ना. बाटुला किसिमका झुसिला पात हुने, पहेँला फूल फुल्ने र लामालामा कोसा फल्ने एक लहरो वा त्यसैका कोसाभित्रका दाल खाइने काला गेडा।
70249 मासगेडी ना. १. मासको नदलिएको सिङ्गो गेडा।
70250 मासगेडी ना. २. सोही गेडाजस्तो, अक्षरका दाहिनातर्फ दिइने सानो थोप्लो; ङ अक्षर चिनाउने शब्द; नाकाथोप्ली।