Dictionary

All Word

70151 मालगाडी ना. मालसामान ओसारपसार गर्ने रेलगाडी।
70152 मालगुजार ना. मालगुजारी बुझाउने जमिन्दार।
70153 मालगुजारी ना. जमिन्दारले सरकारलाई तिर्ने जमिनको तिरो; भूमिकर; जग्गाकर।
70154 माल गोदाम ना. व्यापारका मालसामान राख्ने घर वा ठाउँ; रेल, जहाज, भन्सार आदिको गोदाम।
70155 मालचरी ना. कऱ्याङकुरुङ; क्रौञ्च पक्षी।
70156 मालजाँच ना. आयात गरिएका मालसामानहरूको सम्बन्धित अधिकारी वा भन्सार आदिद्वारा गरिने जाँच।
70157 मालता ना. भाले र पोथी अङ्ग भिन्नाभिन्नै फूलमा हुने, हाँगा, पात झर्दा सेतो चोप निस्कने, हिमाली भेकमा हुने एक रुख।
70158 मालताल ना. मालहरूको समूह; मालमत्ता।
70159 मालती ना. १. दुई-दुई पात जोरिएको लाम्चा पात हुने, लाम्चै झुप्पा भएर सुगन्धित सेता फूल फुल्ने एक लहरो वा त्यसैको फूल।
70160 मालती ना. २. एक नगण, दुई जगण र एक रगणको योगबाट बन्ने (जगतीको भेद) एक वार्णिक छन्द।
70161 मालती ना. ३. जात्री वा जाइफलको वृक्ष।
70162 मालती फल ना. जाइफल।
70163 मालदह ना. १. भारतको पश्चिम बङ्गालको असल जातको आँप हुने एक स्थान।
70164 मालदह ना. २. सोही ठाउँबाट प्रसिद्ध हुँदै गएको उत्तम खालको कलमी आँप।
70165 मालदाम्लो ना. दाइँ गर्दा सबै गोरुलाई मियाको एउटै फेरोमा बाँध्नका निम्ति प्रयोग गरिने दाम्लो वा नारा।
70166 मालदार ना. १. धनवान्; धनी; महाजन। वि.
70167 मालदार ना. २. लुर्कन भएको (खसी, बोका आदि)।
70168 मालदार ना. ३. भनेजस्तो; काइदामाफिकको।
70169 मालदिभ्स/मालद्वीप ना. १. हिन्दमहासागरमा रहेको टापुदेश।
70170 मालदिभ्स/मालद्वीप ना. २. सार्क देशहरूमध्ये सबैभन्दा सानो देश।
70171 मालधनी ना. मालको स्वामी र हकदार; मालिक।
70172 मालनेटा ना. १. सल्यान जिल्लाको एक प्रसिद्ध बजारको नाम।
70173 मालनेटा ना. २. अदुवाका लागि प्रसिद्ध सोही ठाउँ।
70174 मालपुवा ना. गुलियो पदार्थ र मसलाहरू हाली घिउमा पकाइएको, गहुँको थेप्चो बाटुलो आकारको रोटीविशेष।
70175 मालपोत ना. सरकारमा बुझाइने जग्गा जमिनको तिरो; भूमिकर; मालगुजारी।
70176 मालपोत मिनाहा ना. मालपोतको छुट।
70177 मालबाँस ना. एक जातको बाँस।
70178 मालभूमि ना. १. पहाड वा पर्वतको फेदीको जमिन; बेँसी।
70179 मालभूमि ना. २. टार; सम्म जग्गा।
70180 मालभोग ना. १. असल जातको केरा।
70181 मालभोग ना. २. एक जातको गाढा पहेँलो धान वा त्यसको चामल।
70182 मालमदेस ना. खेतखेतै भएको मदेस। (उदा.- हो हो बरदा, मालमदेसको सह ल्याऊ - दाइँगीत)।
70183 मालसिरी ना. हे. मालश्री।
70184 मालश्री ना. १. सङ्गीतशास्त्रका अनुसार सायङ्कालमा गाइने रागिनीको एक प्रकार।
70185 मालश्री ना. २. सोही रागमा रचिएको गीत; मालसिरी।
70186 मालश्री ना. ३. दसैँमा बिहानबेलुकी गाइने दुर्गादेवीको स्तुति भएको गीत।
70187 मालसामान ना. मालमत्ता; मालताल; सरसामान।
70188 माला ना. १. फूल, दुबो आदि एउटै सूत्रमा उनेर लाउन वा चढाउन तयार पारिने वस्तु; सुवर्ण वा चाँदीको सूत्रमा जोडेर मणिमाणिक्य आदि जडी बनाइएको हार।
70189 माला ना. २. लहर; ताँती; पङ्क्ति; सिलसिला (पर्वतमाला, ग्रन्थमाला आदि)।
70190 माला ना. ३. समूह; समुच्चय।
70191 मालाकार ना. १. माली | वि.
70192 मालाकार ना. २. मालाका आकारको।
70193 मालादीपक ना. साहित्यशास्त्रका अनुसार पहिले भनिएका कुरा पछिपछि क्रमशः उत्कर्षका कारण हुँदै जाने दीपक अलङ्कारको एक भेद।
70194 मालामाल वि. १. प्रायः अकस्मात् भएको धनी; धनधान्यले परिपूर्ण; साह्रै धनी; सम्पन्न। क्रि.वि.
70195 मालामाल वि. २. प्रशस्त धनसम्पत्ति कमाएर वा माल जोरेर।
70196 मालिक ना. १. माल वा सम्पत्तिको स्वामी वा अधिकारी; मालधनी; धनी।
70197 मालिक ना. २. पति; खसम; लोग्ने।
70198 मालिक ना. ३. ईश्वर; ईश; अधिपति।
70199 मालिक ना. ४. अन्नदाता।
70200 मालिका ना. १. सानो खालको माला।