Dictionary

All Word

70251 मास छर्न जानु टु. मर्नु।
70252 मासतमास ना. स्रेस्तामा महिनाभरको काम वा विवरण; महिनाको अन्त।
70253 मासमुसुरो ना. १. फलाहारमा नआउने तथा बर्त बस्दा खान नहुने दलहन; अन्न।
70254 मासमुसुरो ना. २. मास र मुसुरो।
70255 मासलहरी ना. लाम्चा पात हुने, साना हरिया फूल फुल्ने एक प्रकारको भुईँझार।
70256 मासा१ ना. आठ रत्तीको तौल वा परिमाण।
70257 मासा२ ना. मासको; महिने (जस्तो- चौमासा; बाह्रमासा)।
70258 मासान्त ना. मासको अन्तिम दिन; मसान्त।
70259 मासिनु अ.क्रि. १. खर्च हुनु; सकिनु।
70260 मासिनु अ.क्रि. २. नष्ट हुनु।
70261 मासिनु अ.क्रि. ३. कम हुनु; घट्नु।
70262 मासिनु अ.क्रि. ४. जातिच्युत हुनु (ऐति.)। क.क्रि.
70263 मासिनु अ.क्रि. ५. खर्च गरिनु; नासिनु।
70264 मासिक वि. १. माससँग सम्बन्धित; मासको; महिनाको।
70265 मासिक वि. २. प्रत्येक महिनामा हुने; प्रतिमास हुने |
70266 मासिक वि. ३. महिनामा एक पटक निस्कने वा प्रकाशित हुने (पत्रपत्रिका आदि)। ना.
70267 मासिक वि. ४. महिनावारी; तलब।
70268 मासिक वि. ५. मरेको वर्ष दिनसम्म वा बर्खी नफुकुन्जेल प्रतिमास मृत्युतिथिमा गरिने श्राद्ध।
70269 मासिक वि. ६. स्त्रीहरूको मासिक धर्म; रजस्वला।
70270 मासिक कट्टा ना. १. महिनैपिच्छे साउँमा यति कट्टी हुँदै जाने भन्ने बोली परेको कागज वा तमसुक।
70271 मासिक कट्टा ना. २. सोअनुसार महिनावारी कट्टी हुँदै जाने ॠण वा मूल धन; महिनावारी कट्टी।
70272 मासिक धर्म ना. स्त्रीहरूको महिनैपिच्छे हुने रजस्राव; रजस्वला; नछुने।
70273 मासिक पत्र ना. महिनामहिनामा प्रकाशित हुने पत्र।
70274 मासिक पत्रिका ना. महिनामा एक पटक प्रकाशित हुने पत्रिका।
70275 मासिक शुल्क ना. महिना महिनामा लाग्ने दस्तुर; फी।
70276 मासी ना. १. नलीहाडभित्र हुने गिलो पदार्थ; मज्जा।
70277 मासी ना. २. आउँ; आम।
70278 मासी ना. ३. खुबी; सामर्थ्य।
70279 मासु ना. १. प्राणीका शरीरमा हुने हाड, नसा र छालादेखि भिन्न रक्त वर्णको नरम पदार्थ; मांस।
70280 मासु ना. २. फलका बोक्रा र कोयाका बिचमा रहने पदार्थ।
70281 मासु ना. ३. पोसाकमा सिउनीभित्र रहने जगेडा कपडाको भाग।
70282 मास्केवारी ना. स्रेस्ताप्रणालीअनुसार महिनाभरि गरिएका कामको सङ्क्षिप्त फाँटवारी।
70283 मास्टर ना. १. शिक्षक; अध्यापक; गुरु।
70284 मास्टर ना. २. सुजीकारको मानबोधक शब्द।
70285 मास्टर ना. ३. सङ्गीत, वाद्य आदिका विशेषज्ञ।
70286 मास्टरी ना. मास्टरले गर्ने काम; मास्टरको पेसा वा काम; पढाउने वा सिकाउने इलम।
70287 मास्तिर क्रि.वि. माथिल्लो भागमा; उँभोतिर; माथितिर।
70288 माहात्म्य ना. १. महिमा; गुणानुवाद; गुणगान; बखान।
70289 माहात्म्य ना. २. कुनै इष्ट देव वा दिव्य विभूतिका महत्त्वको वर्णन।
70290 माहात्म्य ना. ३. महिमा, गुण आदिको वर्णन गरिएको ग्रन्थ।
70291 माहात्म्य ना. ४. गौरव; महत्त्व।
70292 माहारा ना. प्रेमी र प्रेमिकाको भेट गर्ने ठाउँ; मिलनस्थल।
70293 माहिली वि. १. दिदीबहिनीहरूमा जन्मका क्रमले दोस्री; जेठी र साहिँलीका बिचकी; माइली।
70294 माहिली वि. २. माहिलाकी (स्त्री)।
70295 माहिली वि. ३. क्रम वा आकारमा पहिली वा ठुलीभन्दा पछिकी; दोस्री।
70296 माहिलो वि. १. दाजुभाइहरूमा जन्मका क्रमले दोस्रो; माइलो।
70297 माहिलो वि. २. माहिलीको (लोग्ने )।
70298 माहिलो वि. ३. दोस्रो स्तर वा श्रेणीको (जस्तो- माहिलो सुन )।
70299 माहिलो डोको ना. घाँसपात गर्दा बोकिने मझौला खालको डोको।
70300 माहिलो भटमास ना. कतै सेतो तथा कतै कैलो गेडा हुने एक जातको भटमास।