Dictionary

All Word

70301 माहुते ना. हात्ती हाँक्ने मानिस; हात्तीवान; माउते; फिलवान।
70302 माहुर१ ना. विवाहमा दुलहा तथा दुलहीले परस्परमा खुवाउने चिनी, घिउ र मह मिसाई तयार पारिएको पदार्थ; मधुपर्क।
70303 माहुर२ ना. विवाहमा पण्डित वा पुरोहितले वरवधूलाई दिइने आशीर्वादपत्र।
70304 माहुर३ ना. सधवा स्त्रीहरूले हात, गोडा र नङमा लगाउने, लाहाका फूलबाट तयार पारिएको पदार्थ; नखराग; माउर।
70305 माहुरी ना. फूलका पराग र रस चुसेर मह तयार पार्ने, चार पखेटा हुने एक किरो; माउरी; मौरी।
70306 माहुरी घर ना. मह झिक्न सजिलो पर्ने गरी वैज्ञानिक ढङ्गबाट तयार गरिएको, माहुरी बस्ने घर; घार।
70307 माहुरे वि. माहुर अर्थात् मधुपर्कसम्बन्धी।
70308 माहुरे थाल ना. विवाहमा दुलहा दुलहीले माहुर खुवाउन राखिने थाल।
70309 माहेन्द्री ना. १. महेन्द्र अर्थात् इन्द्रको शक्ति।
70310 माहेन्द्री ना. २. पूर्व दिशा।
70311 माहेन्द्री ना. ३. गाई।
70312 माहेन्द्री ना. ४. इन्द्राणी।
70313 माहेश्वर वि. १. शिवको पूजा गर्ने; शैव।
70314 माहेश्वर वि. २. महेश्वरसम्बन्धी; महेश्वरको।
70315 माहेश्वर सूत्र ना. महेश्वरबाट पाणिनिले प्राप्त गरेका अइउण् आदि चौध सूत्र।
70316 माहेश्वरी ना. १. दुर्गा।
70317 माहेश्वरी ना. २. सप्त-मातृकामध्ये एक। वि.
70318 माहेश्वरी ना. ३. महेश्वरसम्बन्धी।
70319 मिक्स्चर ना. औषधालयमा विविध रासायनिक पदार्थको योगद्वारा तयार पारिएको झोलिलो औषधी।
70320 मिच्नु स.क्रि. १. शरीरमा हातले धेरै थिचेर तथा दलेर माड्नु; मल्नु; दाब्नु।
70321 मिच्नु स.क्रि. २. थिचोमिचो गर्नु; दमन गर्नु; दबाउनु।
70322 मिच्नु स.क्रि. ३. बेअदबी गर्नु; नटेर्नु; नमान्नु।
70323 मिच्नु स.क्रि. ४. साँधसीमाको उल्लङ्घन वा अतिक्रमण गर्नु; गिजोल्नु।
70324 मिचमाच ना. धमाधम मिच्ने र थिच्ने काम; किचकाच।
70325 मिचाइ ना. मिच्ने भाव, क्रिया वा प्रक्रिया।
70326 मिचाइनु क.क्रि. मिच्न लाइनु; मिचाइमा पारिनु।
70327 मिचाउनु प्रे. क्रि. मिच्न लाउनु; मिचाइमा पार्नु।
70328 मिचान ना. मिच्ने काम; मिचाइ।
70329 मिचामिच ना. १. धमाधम वा परस्परमा मिच्ने वा पेल्ने काम; पेलापेल; ठेलाठेल।
70330 मिचामिच ना. २. कामकाजको घचारो; धेरै मिचो।
70331 मिचाहा वि. १. अर्कालाई मिच्ने वा दबाउने स्वभाव भएको।
70332 मिचाहा वि. २. भनेको कुरा नटेर्ने; हेपाहा; अटेरी।
70333 मिचाहा वि. ३. पेलाहा; ठेलाहा।
70334 मिचाहा वि. ४. चलनचाँजोको अतिक्रमण गर्ने।
70335 मिचिनु क.क्रि. मिच्ने काम गरिनु; मलिनु; माडिनु।
70336 मिचो ना. १. कामको चटारो वा चापाचाप; कामको बोझ; कामको भिड।
70337 मिचो ना. २. घुइँचो; हुलमूल।
70338 मिचा ना. कान्छो छोरो।
70339 मिचा खान ना. भिर्कोटे राजा भूपाल रायका कान्छा छोरा अजयसिंहको स्थानीय प्रचलित नाम।
70340 मिच्छिनु अ.क्रि. १. पाहुनापाछा, केटाकेटी आदिसँग झिजिनु।
70341 मिच्छिनु अ.क्रि. २. लुगाफाटा, गरगहना आदिको लगातार प्रयोगबाट झर्कनु।
70342 मिच्छ्याइ ना. मिच्छिने भाव क्रिया वा प्रक्रिया।
70343 मिच्छ्याइनु क.क्रि. मिच्छिने पारिनु।
70344 मिच्छ्याउनु प्रे.क्रि. मिच्छिन लाउनु; मिच्छ्नेि पार्नु।
70345 मिजायसी वि. हे. मिजासिलो/मिजासी।
70346 मिजार ना. हे. मिझार।
70347 मिजारे ना. मिझारे।
70348 मिजास ना. १. राम्रो बोलीवचन र मिष्ट व्यवहार; शिष्टाचार।
70349 मिजास ना. २. बानीबेहोर; शीलस्वभाव; बानी; शील।
70350 मिजासिलो/मिजासी वि. राम्रो वा असल मिजास भएको।