Dictionary

All Word

70101 मार्गरक्षक वि. सडकको रेखदेख गर्ने; बाटामा पालोपहरा बस्ने।
70102 मार्गरेखा ना. खास कार्य वा प्रक्रियालाई ठिक बाटामा लैजाने निर्देशक बुँदा।
70103 मार्गशीर्ष ना. पूर्ण चन्द्रमा मृगशिरा नक्षत्रमा पर्दा हुने महिना; मङ्सिर महिना।
70104 मार्गस्थ वि. मार्गको; मार्गसम्बन्धी।
70105 मार्ग बिमा ना. स्थलमार्गबाट आयातनिर्यात गर्दा गरिने वस्तुको बिमा।
70106 मार्गी ना. १. मार्गमा हिँड्ने यात्री; बटुवा; पथिक।
70107 मार्गी ना. २. कुनै धार्मिक आदि मार्ग वा सम्प्रदायमा संलग्न (जस्तो- बौद्धमार्गी, वाममार्गी इ.)।
70108 मार्गी ना. ३. मार्गसित सम्बन्धित; मार्गको।
70109 मार्च ना. १. झन्डै फागुन आधाआधीदेखि चैत आधाआधीसम्म पर्ने, ग्रेगोरी पात्रोअनुसारको एकतिसदिने तेस्रो महिना।
70110 मार्च ना. २. सैनिक टोलीको प्रस्थान; कबाज।
70111 मार्जक वि. मार्जन गर्ने; माझ्ने; धोइपखाली गर्ने।
70112 मार्जन ना. १. माझमुझ, धोइपखाली, नुहाइधुवाइ आदिद्वारा मैलो, फोहर र दोष हटाएर निर्मल तुल्याउने काम।
70113 मार्जन ना. २. आफूमाथि जल छर्केर गरिने शुद्धि।
70114 मार्जन ना. ३. दोष, त्रुटि आदिको परिष्कार।
70115 मार्जनी ना. बढारकुँढार गर्ने साधन; कुचो वा झाडु।
70116 मार्जनीय वि. मार्जन गर्न उचित वा आवश्यक; माझ्नुपर्ने।
70117 मार्जार ना. बिरालो।
70118 मार्जित वि. मार्जन गरिएको; माझिएको; स्वच्छ पारिएको।
70119 मार्जिन ना. १. लेख्दा वा छाप्दा बायाँपट्टि छाडिने भाग; खाली किनारा।
70120 मार्जिन ना. २. मूल्यनिर्धारण गर्दा स्फीतिलाई समेत ध्यानमा राखी कटाइने अंश।
70121 मार्तण्ड ना. १. सूर्य; भानु।
70122 मार्तण्ड ना. २. सुनामक्खी।
70123 मार्तण्ड ना. ३. आँकको रुख।
70124 मार्तोल ना. पेच कस्दा वा खोल्दा प्रयोग गरिने एक हतियार; पेचकस; घन; हथौडा।
70125 मार्दङ्गिक वि. मृदङ्ग बजाउने; मृदङ्गिया।
70126 मार्फत ना. यो. कसैका माध्यमबाट; द्वारा; तर्फबाट; हस्ते।
70127 मार्फा ना. १. ट्याम्कोभन्दा ठुलो र दमाहाभन्दा सानो एउटै गजाले बजाइने एक तालबाजा।
70128 मार्फा ना. २. टुकुचे बजार र जोमसोमका बिचमा पर्ने एक बस्तीको नाम।
70129 मार्बल१ ना. एक प्रकारको कडा र टल्कने सेतो वा रङ्गीन ढुङ्गो; सिङ्गमर्मर; सङ्गमर्मर।
70130 मार्बल२ ना. एक जातको शाली धान।
70131 मार्मिक वि. १. मर्मसम्बन्धी; मर्मको।
70132 मार्मिक वि. २. मर्मलाई छुने; हृदयलाई प्रभावित पार्ने; मर्मस्पर्शी।
70133 मार्मिक वि. ३. मर्म बुझ्ने वा मर्मको विचार गर्ने; मर्मज्ञ।
70134 मार्मिकता ना. मार्मिक हुनाको भाव वा अवस्था।
70135 मार्रा ना. बाजी थापिने वा जूवा आदि खेलमा जित्नेले गड्केर भन्ने शब्द; मारा।
70136 मार्सल वि. १. लडाइँका निमित्त उपयोगी; युद्धोपयोगी।
70137 मार्सल वि. २. फौजी; जङ्गी। ना.
70138 मार्सल वि. ३. फौजी कमान्डर।
70139 मार्सल वि. ४. संसद्को मर्यादापालक।
70140 मार्सल ल ना. फौजी कानुन; जङ्गी कानुन; जङ्गी नियम वा व्यवस्था।
70141 मार्सी ना. एक जातको असल धान वा त्यसको चामल।
70142 माल१ ना. गाईगोरु, छेपारो आदिका घाँटीमा झुन्डिने छाला; गलकम्बल।
70143 माल२ ना. खिइएर वा घिस्सिएर ठाउँठाउँमा खाल्टाखुल्टी परेका वा पातलो भएका कलपुर्जामा पछिबाट थपिने धातुको रसायन।
70144 माल३ ना. १. व्यावहारिक जीवनमा उपयोग हुने तथा किनबेच गरिने कुनै पनि प्राकृतिक वा मानवीय श्रमद्वारा उत्पादित वस्तु; चिजबिज; जिन्सी सामान; जिनिस।
70145 माल३ ना. २. धन; सम्पत्ति।
70146 माल३ ना. ३. जग्गा-जमिनको तिरो तहसिल गर्ने अर्थ- मन्त्रालयअन्तर्गतको एक अड्डा; मालपोत कार्यालय; मालअड्डा।
70147 माल३ ना. ४. मदेस; तराई।
70148 माल३ ना. ५. गाँजा।
70149 माल कागुनु ना. लाम्चा पात हुने, मञ्जरीका आकारका साना फूल फुल्ने, केराउजत्रा पहेँला दाना फल्ने लहरो वा त्यसैको फल।
70150 मालकोश ना. सङ्गीतशास्त्रअनुसार ॠषभ र पञ्चम स्वर नरहने, गान्धार, धैवत र निषाद कोमल हुने, शास्त्रअनुसार रातको चौथो प्रहर र विशेष गरी शिशिर ॠतुमा गाइने औडवजातिको एक राग।