Dictionary

All Word

69951 मान्यता ना. ३. कुनै विचार, सिद्धान्त, कुरो आदिलाई मान्ने भाव वा प्रक्रिया।
69952 मान्यता ना. ४. काम-कुरो स्विकारी प्रमाणित गर्ने वा ठुलो संस्थाद्वारा सानो संस्था वा त्यसका कामकाजमा दिने स्वीकृति।
69953 मान्यवर वि. मान गर्न योग्य; आदरणीय।
69954 माप ना. १. नाप्ने काम; नापो; मापन।
69955 माप ना. २. नाप्ने उपकरण।
69956 मापक ना. १. नाप्ने उपकरण; माना, पाथी, गज, फुट आदिमध्ये कुनै एक साधन।
69957 मापक ना. २. ढक। वि.
69958 मापक ना. ३. माप गर्ने वा नाप्ने, (जस्तै- स्तरमापक, दुग्धमापक, वर्षामापक)।
69959 मापकुण्डिका ना. अन्न, तेल आदि भर्ने मानो, पाथी, कुरुवा आदि।
69960 मापचोक ना. सम्पत्तिसम्बन्धी नियन्त्रण गर्ने तथा विवाहसम्बन्धी नियम लागु गर्ने लिच्छविकालीन एक अड्डा।
69961 मापदण्ड ना. १. नाप्नका लागि प्रयोग गरिने साधन।
69962 मापदण्ड ना. २. कुनै एउटा वस्तुको आकार, गुण आदिको लेखाजोखा गर्न प्रयोग गरिने अर्को वस्तु वा आधार।
69963 मापन ना. नाप्ने काम; माप।
69964 मापनीय वि. माप गर्न योग्य; नाप्न सकिने।
69965 मापविज्ञान ना. आयतन नाप्ने एक विज्ञान।
69966 मापा वि. कडा; जङ्गी।
69967 मापाको वि. कडा मिजासको; रिसाहा; जङ्गी।
69968 माफ वि. १. माफी वा क्षमा दिइएको। ना.
69969 माफ वि. २. दोषी वा अपराधीलाई दिइने सजायको छुट; क्षमा।
69970 माफ वि. ३. लिनुपर्ने रकम छोड्ने काम; मिनाहा; छूट।
69971 माफा ना. गाउँघरतिर प्रचलित पाल्कीजस्तो एक प्रकारको सवारी साधन।
69972 माफिक ना.यो. १. बमोजिम मुताबिक; अनुसार। क्रि.वि.
69973 माफिक ना.यो. २. निर्धारित स्थिति, परिमाण, गति आदिमा; मर्यादामुताबिक। वि.
69974 माफिक ना.यो. ३. विरुद्ध नभएको; अनुकूल; उपयुक्त।
69975 माफिया ना. कानुन, राज्यव्यवस्थालाई हाँक दिने ठुलठुला अपराध कार्यमा संलग्न छद्म अपराधीसमूह।
69976 माफी ना. १. दण्डसजाय आदिबाट मुक्ति दिने काम; क्षमा; माफ।
69977 माफी ना. २. मिनाहा; मुक्ति। वि.
69978 माफी ना. ३. रकमकलम वा तिरोभरो केही नलाग्ने; मिनाहा हुने।
69979 माफी छाप ना. माफीबिर्ता।
69980 माफी बिर्ता ना. तिरोभरो गर्नु नपर्ने गरी दिइएको बिर्ता।
69981 माम ना. भात।
69982 मामकी ना. बौद्ध धर्मअनुसार पञ्चतारामध्ये एक; रत्नसम्भवकी पत्नी र रत्नपाणिकी आमा।
69983 मामलो ना. हे. मामिला।
69984 मामा ना. १. आमाका दाजु वा भाइ।
69985 मामा ना. २. प्रहरी (लाक्षणिक अर्थमा)।
69986 मामा घर ना. जेल।
69987 मामा चेलो ना. मामाको छोरो।
69988 मामिला ना. १. परस्परमा हुने कुनै काम वा व्यवहार; कामकारबाई; मामलो।
69989 मामिला ना. २. झैझगडा; मामला; मुद्दा।
69990 मामिला निक्सारी ना. राणाकालमा प्रधानमन्त्रीले मुद्दा सुनी निकासा दिने अड्डा; कम्यान्डर-इन-चिफको दलानमा रहने अड्डा।
69991 मामुली वि. १. सामान्य साधारण।
69992 मामुली वि. २. निम्न तहको; नगण्य; महत्त्वहीन।
69993 माम्री ना. भाँडामा डढेर खरो भएको भात, ढिँडो आदिको चाम्रो पाप्रो।
69994 माया ना. १. मोहवश कसैका प्रति हुने हार्दिकतायुक्त अनुराग, प्रेम वा स्नेहको भाव; प्यार; प्रीति; ममता; ममत्व।
69995 माया ना. २. कुनै प्रकारको भ्रमपूर्ण, अवास्तविक तथा मिथ्या धारणा वा आभास; धोका; छल; कपट।
69996 माया ना. ३. कुनै छलपूर्ण काम वा कुरा (जादु-टुना, इन्द्रजाल, चटक आदि)।
69997 माया ना. ४. वेदान्तका अनुसार सम्पूर्ण सृष्टि र प्रपञ्चको कारण मानिने ईश्वरको अलौकिक तथा अदृश्य शक्ति; लीला।
69998 माया ना. ५. अविद्या; अज्ञान।
69999 माया ना. ६. जीवनलाई बन्धनमा राख्ने मोहरूपी शक्ति।
70000 माया ना. ७. धन; सम्पत्ति; दौलत।