Dictionary

All Word

69901 मानी३ वि. घट्टको माथिल्लो तथा जाँताको तल्लो फग्ल्याँटाका प्वालमा राखिने र घुम्न सजिलो पार्ने काठ, फलाम आदिको डन्डी; माने।
69902 मानीघर ना. घट्ट; जाँतोको मानी छिराउने दुलो।
69903 मानीपाथी ना. मानी बनाएबापत कामीले चलनअनुसार पाउने एक पाथी अन्न।
69904 मानु ना. १. दश मुठी अन्न भरिने, अटाउने वा नाप्ने भाँडो; मानो।
69905 मानु ना. २. त्यति अन्नको परिमाण।
69906 मानु ना. ३. पेटपालोको साधन; दानापानी।
69907 मानुचामल ना. हे. मानाचामल।
69908 मानु छुट्टिनु टु. अंशबन्डा गरेर बेग्लै बस्नु; अलग घरजम गर्नु।
69909 मानुमुठी ना. १. धेरथोर अन्नपात; अलिअलि अनाज; दुई-चार मुठी |
69910 मानुमुठी ना. २. विशेषतः असहाय व्यक्तिलाई वा सघाउनुपर्ने स्थितिमा दिइने अलिअलि अन्नपात वा खर्च।
69911 मानुमुरी ना. खेती गर्दा एक मानाको एक मुरीका दरले फल्ने उब्जनी हुने धान आदि अन्न।
69912 मानुष ना. मानिस; मनुष्य।
69913 मानुषिक वि. मनुष्यसम्बन्धी; मानिसको जस्तो; मानवीय।
69914 मानुषी ना. आइमाई; स्वास्नीमान्छे; स्त्री; महिला।
69915 मानूँ संयो. जस्तो; तुल्य; समान; मानौँ।
69916 माने१ ना. खान हुने जङ्गली कर्कलो; मानकन्द।
69917 माने२ ना. अर्थ; आशय; अभिप्राय; मतलब; तात्पर्य।
69918 माने३ वि. १. मानुको; मानासम्बन्धी (परिमाण वा नापो )।
69919 माने३ वि. २. मानाभर रहने, अटाउने, हालिने वा पाक्ने र त्यत्ति नै खाने वा खान सक्ने, जस्तो- एकमाने, तीनमाने, पाँचमाने (भाँडो, व्यक्ति आदि)।
69920 माने४ ना. जाँतोको तल्लो तथा घट्ट आदिका माझमा माथिल्लो फग्ल्याँटाका प्वालमा हालिने काठ वा फलामको डन्डी; हे. मानी पनि।
69921 माने५ ना. १. बौद्ध धर्मावलम्बीहरूले हातमा लिएर घुमाउने 'ॐ मणिपद्मे हुँ' लेखिएको एक वस्तु।
69922 माने५ ना. २. बौद्धधर्मावलम्बीहरूले चिहानमाथि ध्वजा गाडी बनाएको स्तम्भ।
69923 माने गाउँ ना. लामा, तामाङहरूको माने भएको ठाउँको बस्ती।
69924 माने डाँडो ना. माने थापना गरिएको डाँडो।
69925 माने भन्ज्याङ माने रहेको भन्ज्याङ।
69926 माने मधौरु ना. बिरामी भएको बहाना गरेर काम नगर्ने मानिस।
69927 मानो१ अव्य. मानूँ; मानौँ।
69928 मानो२ ना. दश मुठी अन्न बराबरको भाँडो; मानु।
69929 मानौँ अव्य. समान; तुल्य; मानूँ।
69930 मान्छे ना. मानिस; मनुष्य।
69931 मान्छेको भाँडो ना. ठिक मानिस; लाजघिनको ख्याल भएको मान्छे (उदा.- त्यो मान्छेको भाँडै होइन, जे मन लाग्यो त्यही गर्छ)।
69932 मान्छे खाने कुरा ना. नबुझिने बोली वा भाषा (उदा.- तिमी मान्छे खाने कुरा नगर, नेपालीमा भन )।
69933 मान्द्य ना. १. मन्द हुनाको भाव वा स्थिति; मन्दता; सुस्ती।
69934 मान्द्य ना. २. दुर्बलता; कमजोरी।
69935 मान्द्य ना. ३. रोग; बिमारी।
69936 मान्द्य ना. ४. न्यूनता; कमी।
69937 मान्द्रिलो वि. मान्द्रो जस्तो।
69938 मान्द्रे वि. १. मान्द्रो बुने झैँ गरी बुनेको; मान्द्राको जस्तो बनोट भएको।
69939 मान्द्रे वि. २. बाक्लो र बलियो (राडी)। ना.
69940 मान्द्रे वि. ३. मान्द्रो बुन्ने र बेच्ने मानिस।
69941 मान्द्रे मेसो ना. १. मान्द्रो बन्दाको जस्तो मेसो वा सिलसिला; मान्द्रो बेरिए झैँ भएको रोल वा ताँती।
69942 मान्द्रे मेसो ना. २. राडीका बुनोटको एक मेसो।
69943 मान्द्रे मेसो ना. ३. मान्द्रो बेरे झैँ भई लुँडिँदै आएको छाल। क्रि.वि.
69944 मान्द्रे मेसो ना. ४. उपर्युक्त किसिमले; ताँतीका ताँती लागेर।
69945 मान्द्रो ना. बाँसको चोयाबाट चित्रो बुने झैँ चुल्ठेमेसो पारी बुनिने, तर चित्रोमेसोमा झैँ एक-एक पात नटिपी दुई-दुई पात टिपेर बुनिने, बिस्कुन सुकाउने, कठघरामा ओछ्याउने आदि काम लिइने वस्तु।
69946 मान्धाता ना. अयोध्याका पुराणप्रसिद्ध एक सूर्यवंशी राजा।
69947 मान्य वि. १. मान गर्न लायक; आदरणीय।
69948 मान्य वि. २. मान्न योग्य; स्वीकार गर्न सकिने।
69949 मान्यता ना. १. मान्य हुनाको भाव वा अवस्था; मनाइ।
69950 मान्यता ना. २. मान्ने काम; मान; इज्जत।