Dictionary

All Word

69751 माथिल्लो वि. २. उच्च श्रेणी वा उपल्लो तहको (दर्जा, विभाग इ.)।
69752 माद ना. १. मद; मात; नशा।
69753 माद ना. २. अभिमान; घमन्ड।
69754 माद ना. ३. प्रसन्नता; हर्ष।
69755 मादक वि. १. मताउने; नशा लाग्ने; बेहोस पार्ने।
69756 मादक वि. २. आनन्ददायक |
69757 मादकता ना. मादक हुनाको भाव वा अवस्था।
69758 मादक पदार्थ ना. मात लगाउने वस्तु (रक्सी, गाँजा, चरेस इ.)।
69759 मादक फसल ना. गाँजा, सुर्ती आदिको बाली वा उत्पादन।
69760 मादन ना. १. मद; मात; नशा।
69761 मादन ना. २. कामदेव । वि.
69762 मादन ना. ३. नशामा लट्ठ पार्ने; मादक।
69763 मादल ना. १. रोटेपिङको दुई खाँबाका बिचमा रहने बलो।
69764 मादल ना. २. धुरा वा धुरी पस्ने रथ, बग्गी वा गोरुगाडाका पहियाका बिचको अवयव; नाउ।
69765 मादल ना. ३. दाहिनेतिर साँगुरो र देब्रेतिर केही ठुलो मुख भएको, तेर्सो पारेर कम्मरमा भिरी नाङ्गो हातले बजाइने छालाका खरीसहितको नेपालको अति लोकप्रिय तालबाजा।
69766 मादलु ना. मादल (कविता, गीत र लोकगीतमा प्रचलित )।
69767 मादले वि. १. मादल भिर्ने वा बजाउने।
69768 मादले वि. २. मादलजस्तो।
69769 मादले वि. ३. ठुलो; बडेमाको।
69770 मादले वि. ४. रमाइलो गर्ने; रमिता देखाउने।
69771 मादा१ ना. हात्तीका पीठमा कसिने पछुवा अड्ने डोरी; माझा।
69772 मादा२ वि. पोथी।
69773 मादी ना. १. अन्नपूर्णा हिमालका हिमनदीहरूबाट उत्पत्ति भई तनहुँ जिल्लाको दमौलीमा आई सेतीमा मिसिने एक नदी।
69774 मादी ना. २. कोसी अञ्चल सङ्खुवासभा जिल्लाअन्तर्गत पर्ने एक गाउँ।
69775 माधव ना. १. विष्णु।
69776 माधव ना. २. वैशाख महिना।
69777 माधव ना. ३. वसन्त ॠतु।
69778 माधवी ना. १. सुगन्धित सेतो फूल फुल्ने वासन्ती लता।
69779 माधवी ना. २. तुलसी।
69780 माधवी ना. ३. महबाट तयार पारिएको एक पेय पदार्थ।
69781 माधवी ना. ४. सं. १९६५-मा मातृप्रसादका नाउँले स्व. राममणि आ. दी. द्वारा सम्पादित र काशीबाट प्रकाशित नेपाली साहित्यिक मासिक पत्रिका।
69782 माधवी लता ना. दशपन्ध्र सेन्टिमिटर लामा हरिया पात हुने, माथि पहेँलो र तल सेतो रङको सुगन्धित फल हुने सदाबहार एक लहरो।
69783 माधिमे ना. नाङ्गै हात र बेतको घुमेको गजाले बजाइने, धुन्या बाजासमूहको मुख्य तालबाजा; काठमाडौँ उपत्यकाको धिमे बाजाको ठुलो प्रकार।
69784 माधुरी ना. १. मिठास; मधुरता।
69785 माधुरी ना. २. रक्सी।
69786 माधुर्य ना. १. मिठोपन; मधुरोपना; मधुरता; सौन्दर्य; लावण्य।
69787 माधुर्य ना. २. साहित्यमा सरस र सुगम हुने तथा पाठकलाई मनोहर लाग्ने पाञ्चाली रीतिसँग सम्बन्धित काव्यात्मक गुण।
69788 माध्य वि. मध्यवर्ती; माझको; केन्द्रीय; बिचको।
69789 माध्यम वि. १. मध्यवर्ती अंशसँग सम्बद्ध; केन्द्रीय; एकदम माझको। ना.
69790 माध्यम वि. २. कुनै काम सिद्ध गर्ने साधन वा उपाय; कुनै काम सम्पन्न गर्ने साधन वा व्यक्ति।
69791 माध्यमिक वि. १. माझको; बिचको। ना.
69792 माध्यमिक वि. २. बौद्ध धर्मका चार सम्प्रदायमध्ये एक।
69793 माध्यमिक विद्यालय ना. निम्न माध्यमिकभन्दा माथिल्लो, प्रवेशिका परीक्षाका तहसम्मको नियमित पढाइ हुने विद्यालय; आठौँदेखि दसौँ कक्षासम्म मात्र पढाइ हुने विद्यालय।
69794 माध्यमिक शिक्षा ना. माध्यमिक विद्यालयमा दिइने वा पूरा हुने शिक्षा।
69795 माध्याह्निक वि. मध्याह्नको; मध्यदिनको; मध्याह्न सम्बन्धी।
69796 माध्व वि. १. मधुबाट बनेको वा तयार भएको; मधुनिर्मित।
69797 माध्व वि. २. मधुर; मिठो। ना.
69798 माध्व वि. ३. मध्वाचार्यद्वारा चलेको एक वैष्णव सम्प्रदाय।
69799 माध्वी ना. १. मधुबाट बनाइएको एक किसिमको रक्सी।
69800 माध्वी ना. २. माधवीलता।