Dictionary

All Word

69851 मानव पूर्वकाल ना. नृतत्त्वशास्त्रअनुसार किनिया नर- वानर र त्यसभन्दा पहिलेको समय।
69852 मानव बस्ती ना. मानिसको बसोबास भएको भूक्षेत्र।
69853 मानव युग ना. १. नृतत्त्वशास्त्रअनुसार पृथ्वीमा पहिलोपल्ट मानवको सृष्टि प्रारम्भ हुन थालेको युग; आजभन्दा पचासदेखि चालिस लाख वर्षपहिले प्रारम्भ भएको युग।
69854 मानव युग ना. २. प्रातिनूतनाश्मको समस्त भाग वा हिमकल्पको समस्त भागलाई भनिने युग।
69855 मानवशास्त्र ना. १. मानवजातिको उत्पत्ति, प्रकार, गुण, स्वभाव, संस्कृति आदिको अध्ययन गर्ने एक शास्त्र; नृतत्त्वशास्त्र; नृवंशशास्त्र।
69856 मानवशास्त्र ना. २. मूलतः मानवजातिको उन्नतिप्रगतिमा सहायक हुने इतिहास, दर्शन, पुरातत्त्व, दर्शन, मनोविज्ञान, अर्थशास्त्र, राजनीति, साहित्य आदिसित सम्बन्ध राख्ने सबै शास्त्रविषय।
69857 मानवानुगुण ना. नृतत्त्वशास्त्रअनुसार नरवानरानुगणभित्र पर्ने सङ्कीर्णनास भएकामध्ये अपुच्छको गणनामा आउने मानव र त्यससँग मिल्ने प्राणीको समूह।
69858 मानविकी ना. शिक्षाशास्त्रीय वर्गीकरणका दृष्टिले मानिसका विचार, सम्बन्ध आदिसँग सम्बन्धित ज्ञानहरूमध्ये दर्शन, भाषा, साहित्य, कला, भूगोल, गणित, इतिहास आदिसँग सम्बन्धित शाखा।
69859 मानविकी र सामाजिक शास्त्र ना. मानविकी र राजनैतिक, आर्थिक, सामाजिक आदि शास्त्रहरूको समुदाय।
69860 मानविकी र सामाजिक शास्त्र अध्ययन संस्थान ना. उक्त समुदायको पठनपाठनसँग सम्बन्धित संस्था।
69861 मानवीकरण ना. कुनै वस्तुलाई मानवको रूप दिनाको भाव तथा प्रक्रिया वा मानवका रूपमा कल्पित तथा प्रस्तावित गर्ने काम।
69862 मानवीय वि. १. मानवसम्बन्धी; मानव वा मनुष्यको।
69863 मानवीय वि. २. मानिस भएर गरिने; मनुष्योचित।
69864 मानवीय तत्त्व ना. मानिसमा हुनुपर्ने गुण वा वैशिष्ट्य।
69865 मानस ना. १. अनुभव र अनुभूति तथा विचार र संवेदना आदि हुने, मानिसमा रहेको आन्तरिक सत्ता; मन; हृदय।
69866 मानस ना. २. मानसरोवर।
69867 मानस ना. ३. तुलसीदासकृत रामायण (रामचरितमानस)। वि.
69868 मानस ना. ४. मनसँग सम्बन्ध राख्ने; मानसिक।
69869 मानसपुत्र ना. इच्छाले मात्र उत्पन्न सन्तति; कल्पित पुत्र।
69870 मानसपूजा ना. लौकिक विधि नअँगाली मनद्वारा नै सबै कृत्य गरिने पूजा।
69871 मानसरोवर ना. १. हिमालमा कैलास पर्वतमुनि रहेको ठुलो र पवित्र तीर्थ मानिने एक प्रसिद्ध दह।
69872 मानसरोवर ना. २. हठयोगमा शरीरभित्र कल्पना गरिएको अमृतरूपी भावसरोवर वा सो रहने स्थान।
69873 मानसिक वि. १. मनसम्बन्धी; मनसँग सम्बन्ध राख्ने; मानस; आत्मिक।
69874 मानसिक आघात ना. १. मनमा परेको आघात वा चोट।
69875 मानसिकता ना. मानसमा हुने भाव, गुण वा स्थिति; आत्मिकता।
69876 मानसी वि. १. मनसम्बन्धी; मानसिक; मनको।
69877 मानसी वि. २. मनैमन हुने (आराधना; पूजा इ.)।
69878 मानहानि ना. कसैको इज्जत, प्रतिष्ठा आदिमा क्षति पुऱ्याउने काम; मानभङ्ग; बेइज्जती; अपमान।
69879 माना ना. १. दश मुठी बराबरको अनाज आदि भर्ने भाँडो; मानु। वि.
69880 माना ना. २. दश मुठीको परिमाण भएको।
69881 मानाङ्क ना. लिच्छवि राजा मानदेवले प्रचलनमा ल्याएको टक; मानाङ्क-मुद्रा।
69882 मानाङ्क मुद्रा ना. मानाङ्क।
69883 मानाचामल ना. १. कुनै विशेष स्थितिमा अरूलाई जीवननिर्वाह वा पेटपालोका निम्ति दिइने खर्च, वृत्ति वा सिधा; पेटिया।
69884 मानाचामल ना. २. सरकारको सेवामा विशेष रूपले संलग्न भारदारका वंशज तथा उच्च खानदानका व्यक्तिलाई जीवन-निर्वाहका लागि दिइने र निजको मृत्युपछि सो जग्गा रैकरमा परिणत गरिने एक प्रकारको पुरानो बिर्ताप्रथा; खुवा बिर्ता।
69885 मानापाथी ना. मानु र पाथी वा त्यति परिमाणको वस्तु।
69886 मानार्थ वि. मानका निम्तिको; मानको खातिर।
69887 मानार्थ उपाधि ना. खास प्राज्ञिक आवश्यकताका लागि तयारी भएका पाठ्यांशहरू पूरा नगरी कुनै खास क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको व्यक्तिलाई सम्मान गर्न दिइने डिग्री वा उपाधि।
69888 मानार्थ सदस्य ना. मानार्थ दिइने सदस्यपद।
69889 मानिक ना. लालमणि।
69890 मानिका ना. १. एक प्रकारको रक्सी।
69891 मानिका ना. २. आठ पल वा साठी तोलाको तौल वा परिमाण।
69892 मानिका ना. ३. लिच्छविकालीन प्रचलनमा एक मुरीजतिको नापो।
69893 मानिका कर ना. पूरा उब्जनीको छैटौँ भाग लिइने एक प्रकारको पुरानो भूमिकर।
69894 मानिता ना. १. मान्यता; सम्मान; आदर; मानभाउ।
69895 मानिता ना. २. स्वाभिमान; गौरव।
69896 मानिनु क.क्रि. मान गरिनु; पुजिनु।
69897 मानिस ना. जैविक जातिमा मस्तिष्क तथा बुद्धिबलका कारणले सबैभन्दा श्रेष्ठ, विकसित तथा चेतनशील रूपमा रहेको र श्रमलाई सरल तथा सुगम तुल्याउन आवश्यकताअनुसार हतियारको निर्माण तथा प्रयोगसमेत गर्ने स्तनपायीवर्गको दुईखुट्टे प्राणी; मनुष्य; मान्छे।
69898 मानी१ ना. चार पाथीको परिमाण।
69899 मानी२ वि. १. कुनै मान वा कुराको अभिमान गर्ने, अभिमानी; अहङ्कारी; घमन्डी।
69900 मानी२ वि. २. मान भएको वा मान पाउने; प्रतिष्ठित; इज्जतदार।