Dictionary

All Word

69701 मातृका ना. ४. तन्त्रशास्त्रका अनुसार सातवटी देवी (ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, इन्द्राणी, चामुण्डा र वाराही )।
69702 मातृका ना. ५. पञ्चाशत् वर्णमातृका।
69703 मातृका ना. ६. स्रोत; मूल।
69704 मातृका ना. ७. जादुको शक्ति निहित रहने अक्षरहरूको खास प्रकारको रेखाचित्र।
69705 मातृकुल ना. आमापट्टिको वंश; मामालीको कुल।
69706 मातृगण सात वा सोह्र मातृकाको गण वा वर्ग (सप्तमातृका र षोडशमातृका)।
69707 मातृघातक/ घाती वि. आमाको हत्या गर्ने; आमालाई मार्ने।
69708 मातृतन्त्र ना. माता नै गृहस्वामिनी मानिने र उनैले घरेलु व्यवस्था पनि गर्ने केही प्राचीन जातिमा तथा वर्तमानमा पनि कतैकतै प्रचलित एक सामाजिक व्यवस्था।
69709 मातृत्व ना. माता वा आमा हुनाको गुण, अवस्था वा भाव।
69710 मातृपक्ष वि. मातृकुलसँग सम्बद्ध पक्ष (मामा, मातामह आदि); मातृकुल।
69711 मातृभाषा ना. आमाको काखमा बसेर सिकिने तथा आफ्ना वर्ग वा जातिमा बोलिने भाषा।
69712 मातृशिशु कल्याण केन्द्र ना. स्वास्थ्यकार्यक्रमअन्तर्गत परिवार नियोजनका साथसाथै बच्चा र बच्चाको आमाको स्वास्थ्यसेवाका निम्ति खोलिएको केन्द्र।
69713 मातृसत्ता ना. १. परिवारमा आमाकै सत्ता सर्वोच्च तथा सर्वोपरि रहने सामाजिक व्यवस्था; मातृतन्त्र।
69714 मातृसत्ता ना. २. आमाका नामबाट वंशपरम्परा चल्ने सामाजिक व्यवस्था।
69715 मातृसत्तात्मक वि. मातृसत्ता प्रमुख भएको; मातृसत्ताका रूपमा चलेको।
69716 मात्त क्रि.वि. मात्र; खालि; केवल (उदा.- म मात्त एक्लै त्यहाँ जान्न।)।
69717 मात्तिनु अ.क्रि. १. मत्त हुनु; माद चढ्नु; लागु पदार्थको नशा लाग्नु।
69718 मात्तिनु अ.क्रि. २. धन, मन, यौवन आदिले गम्कनु; माथि पुगेर पनि चढेको हुनु; उन्मत्त हुनु।
69719 मात्तिनु अ.क्रि. ३. पात्तिनु; पुलपुलिनु।
69720 मात्तिनु अ.क्रि. ४. निहुँ खोज्नु; जोरी खोज्नु।
69721 मात्तै क्रि.वि. मात्र नै; मात्त।
69722 मात्र क्रि.वि. केवल; खालि; एकलै; मात्रै; मात्तै।
69723 मात्रा ना. १. कुनै वस्तुको एक पटकमा उपयोग गरिने मान; परिमाण।
69724 मात्रा ना. २. एक खेपमा खाइने ओखतीको परिमाण वा अंश।
69725 मात्रा ना. ३. व्यञ्जनका साथ जोडिने आकार, इकार, उकार आदि चिह्न (ा , ि, ु आदि)।
69726 मात्रा ना. ४. स्वरचिह्न।
69727 मात्रा ना. ५. अक्षरको उच्चारण गर्दा लाग्ने समय।
69728 मात्रा ना. ६. धनसम्पत्ति।
69729 मात्रावृत्त ना. मात्रिक छन्द।
69730 मात्रिक वि. मात्रासम्बन्धी; मात्राको गणना गरिने।
69731 मात्रिक छन्द ना. मात्राहरूलाई ध्यानमा राखेर वा मात्राको गणनाबाट चरण मिलाइने छन्दविशेष |
69732 मात्रै क्रि.वि. मात्र नै; मात्रै।
69733 मात्सर्य ना. १. मत्सरको भाव वा अवस्था।
69734 मात्सर्य ना. २. अरूको उन्नति देखेर हुने डाहा; ईर्ष्या; डाढो; जलन।
69735 माथ१ ना. टाउको; शिर; माथा।
69736 माथ२ ना. हे. मात२।
69737 माथवर वि. १. पत्यार गर्न सकिने; भरपर्दो; विश्वासी; मातवर।
69738 माथवर वि. २. भलादमी; सज्जन।
69739 माथवर वि. ३. पुँजीवाल; धनाढ्य; सम्पन्न।
69740 माथवरसिंह ना. नेपालको इतिहासमा विक्रमको उन्नाइसौँ शताब्दीको अन्ततिर प्रधानमन्त्री बनेका थापा कुलका एक प्रसिद्ध व्यक्ति।
69741 माथा ना. शिर; टाउको; माथा।
69742 माथापच्ची/ पच्चिसी ना. धेरै दिमाग खियाउनुपर्ने काम; गिदीपगालाइ।
69743 माथि ना. यो. १. मास्तिर; उँभो; उपर। क्रि.वि.
69744 माथि ना. यो. २. उच्च श्रेणी वा कोटिमा।
69745 माथि ना. यो. ३. अग्लो ठाउँमा; मास्तिर।
69746 माथि ना. यो. ४. पहिले; अगाडि (लेख, वक्तव्य आदिमा )।
69747 माथि ना. यो. ५. माथिल्लो ठाउँ वा भाग; चोटो।
69748 माथि ना. यो. ६. अतिरिक्त; थप।
69749 माथिको देउता ना. आकाशदेवी (केटाकेटीका सामु नाउँ नलिने चलनअनुसार)।
69750 माथिल्लो वि. १. मास्तिर वा उँभो रहेको; उपल्लो; माथिको।