Dictionary

All Word

69601 माछो ना. २. बन्द गरिएको झ्यालढोका अड्याउने एक किसिमको चुकुल।
69602 माजा ना. हे. माझा।
69603 माजु ना. काँडैकाँडा हुने र भाँच्दा एक प्रकारको चोप वा गुँद निस्कने झारविशेष।
69604 माजु फल ना. माजुबाट निकालिएको चोपको डल्लो; मायाफल।
69605 माझ्नु स.क्रि. १. भाँडाबर्तन, दाँत आदिमा भएको कस वा मैलो फ्याँक्नु; मल्नु।
69606 माझ्नु स.क्रि. २. सफासुग्घर गर्नु; स्वच्छ पार्नु।
69607 माझ्नु स.क्रि. ३. पखाल्नु; धुनु।
69608 माझ ना. १. दुई वस्तुका बिच रहने अन्तर।
69609 माझ ना. २. मध्य; बिच। ना. यो.
69610 माझ ना. ३. भित्र।
69611 माझमुझ ना. भाँडाबर्तन आदि माझ्ने, पखाल्ने काम।
69612 माझा१ ना. हात्तीको पिठ्यूँमा कसिने पछुवा अडिने डोरी; मादा।
69613 माझा२ ना. चङ्गा उडाउने धागो बलियो तथा धारिलो पार्नका लागि लगाइने काँच, चरेस आदिको धुलो वा मसला; माजा।
69614 माझामाझी ना. यो. बीचोबिच; ठिक्क माझमा; माझनेर।
69615 माझाली वि. १. माझमा बस्ने वा रहने।
69616 माझाली वि. २. माझखण्डको; माझको। ना.
69617 माझाली वि. ३. कर्णाली अञ्चलमा बोलिने नेपाली भाषिका; नेपाली भाषाको केन्द्रीय भाषिका; खसानी।
69618 माझनु क.क्रि. पखालिनु; टल्काइनु।
69619 माझी ना. १. पुर्ख्यौलीदेखि डुङ्गा खियाएर तथा माछा मारेर जीविका गर्ने एक जाति। वि.
69620 माझी ना. २. बिचको; माझको।
69621 माझी औँलो ना. चोर औँलो र साहिली औँलाका बिचको औँलो।
69622 माझी किरो ना. पानीमाथि रगरग खेल्ने, ठुलो भटमासको दिउलजस्तो कालो रङको एक किरो।
69623 माझीटार ना. १. माझीहरूको बस्ती भएको समथर जमिन।
69624 माझीटार ना. २. खोलामाथिको सम्म परेको कुलो नलाग्ने जग्गा।
69625 माझीबार मदिसे सिउँडीका भन्दा ठुला पात लाग्ने लामा तिखा काँडा हुने एक वृक्षविशेष।
69626 माटमेट ना. छिनाफाना; मारीमेटी।
69627 माटिनु अ.क्रि. १. ज्यादै पुरानो हुनु; बेकम्मा हुनु; सड्नु।
69628 माटिनु अ.क्रि. २. मटिलो बन्नु; माटोजस्तो हुनु।
69629 माटी ना. माटो।
69630 माटीकोरे ना. १. किसान; खेतीवाल।
69631 माटीकोरे ना. २. पहरामा प्वाल पारेर गुँड लाउने, हरियो शरीर, रातो टाउको र तिखो चुच्चो हुने एक चरो।
69632 माटे वि. १. माटोसम्बन्धी; माटाको।
69633 माटे वि. २. माटाको काम गर्ने।
69634 माटे वि. ३. माटो खाने बानी परेको वा माटो खाने इच्छा गर्ने। ना.
69635 माटे वि. ४. गहुँको सुक्खा रोटी।
69636 माटो ना. १. जमिनको माथिल्लो भागमा पाइने, ढुङ्गो, बालुवा, पानी, खनिज पदार्थ आदि बाहेकको, बोटबिरुवा, बालीनाली आदि उम्रने, जीवजन्तु आदि बस्ने र हिँड्ने, भाँडाकुँडा आदि बनाउने काममा प्रयोग हुने, लेउ, सडेपडेका वस्तु आदि मिलेर बनेको उर्वर, बुरबुराउँदो तथा कमलो, गन्धयुक्त वस्तु; मट्टी; माटी।
69637 माटो ना. २. खेतबारी; जमिन; जग्गा।
69638 माटी घिसाइ ना. माटाको अपहरण; माटोक्षय।
69639 माटीक्षय ना. माटोघिसाइ।
69640 माटीविज्ञान ना. हे. मृत्तिकाविज्ञान।
69641 माड्नु स.क्रि. १. मर्दन गर्नु; अँठ्याएर रगड्नु; मालिस गर्नु; मिच्नु; मल्नु; दाब्नु।
69642 माड्नु स.क्रि. २. मऱ्याकमुरुक पार्नु; कुल्चीमिल्ची गर्नु; थिचोमिचो गर्नु।
69643 माड ना. १. अन्नादिको पिठो पकाएर बनाइएको कागत आदि टाँसिने लेदो पदार्थ।
69644 माड ना. २. भात पकाउँदा पाक्ने बेलामा निस्कने बाक्लो सेतो झोल।
69645 माड ना. ३. लदरो पारी बनाइएको खाद्य पदार्थ; खोले।
69646 माडमुड ना. बेसरी माड्नेवर्ने काम; रगडाइ।
69647 माडा ना. लप्सी, आँप आदिको गुदी पकाएर पातलो पारी सुकाइएको अमिलो खाद्य पदार्थ।
69648 माडिनु क.क्रि. माड्ने काम गरिनु; मलिनु; रगडिनु।
69649 माडी/माडु ना. १. ठुलो फराक ठाउँ।
69650 माडी/माडु ना. २. पुण्य स्थल; धार्मिक उद्देश्यले मानिस जम्मा हुने ठाउँ; मेला; मण्डी।