Dictionary

All Word

69451 महेन्द्र ना. २. एक प्रसिद्ध पर्वत शृङ्खला।
69452 महेन्द्र ना. ३. नेता; प्रमुख व्यक्ति।
69453 महेन्द्र ताल ना. नेपालको एक प्रसिद्ध ताल; रारादह।
69454 महेन्द्र प्रज्ञा पुरस्कार ना. तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा प्रत्येक दुई वर्षमा नेपालका कुनै एक उत्कृष्ट साहित्यकारलाई प्रदान गर्ने गरिएको नगद पुरस्कार।
69455 महेन्द्र प्रहरी अलङ्कार ना. नेपालभित्र आन्तरिक अशान्ति मच्चिएका बखतमा सक्रिय रूपले कर्तव्य पूरा गर्ने तथा अद्वितीय बहादुरीका साथ जनधनको सुरक्षाका निम्ति काम गर्ने प्रहरी अधिकृतलाई प्रदान गर्ने गरिएको एक राष्ट्रिय अलङ्कार।
69456 महेन्द्रमल्ली ना. मध्यकालीन राजा महीन्द्र मल्लले सर्वप्रथम प्रचलनमा ल्याएको मोहर; नेपाली मोहर।
69457 महेन्द्रमाला ना. १. विदेशी राज्यका गद्दीनसिन राजा वा गद्दीनसिन रानीलाई मात्र प्रदान गर्ने गरिएको मध्यमणिसहितको एक मानपदवी।
69458 महेन्द्रमाला ना. २. पहिले जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित भाग- भागमा विभक्त माध्यमिक तहसम्मका नेपाली विषयका पाठ्यपुस्तक।
69459 महेन्द्र रत्न आभूषण ना. राष्ट्रिय जीवनका कुनै क्षेत्रमा महत्त्वपूर्ण रचनात्मक कार्य गर्ने वा दैवी प्रकोप परेका बेलामा सक्रिय रूपले कार्य सम्पन्न गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिएको एक अलङ्कार।
69460 महेन्द्र रत्न भूषण ना. राष्ट्रिय जीवनका कुनै क्षेत्रमा प्रशंसनीय रचनात्मक कार्य गर्ने वा दैवी प्रकोप परेको बेलामा प्रशंसनीय कार्य गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिएको एक अलङ्कार।
69461 महेन्द्र रत्न सुभूषण ना. राष्ट्रिय जीवनका कुनै क्षेत्रमा प्रभावकारी ढङ्गबाट रचनात्मक कार्य गर्ने वा दैवी प्रकोप परेका बेला प्रभावकारी स्वयंसेवा गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिएको एक अलङ्कार।
69462 महेन्द्र राजमार्ग ना. १०३० किलोमिटर भएको नेपालको सबभन्दा लामो राजमार्ग; पूर्व-पश्चिम राजमार्ग।
69463 महेन्द्र विद्या भूषण ना. विद्यावारिधि गर्ने वा स्नातकोत्तर तहमा सर्वप्रथम हुने व्यक्तिलाई राजाका तर्फबाट प्रदान गर्ने गरिएको एक पदक।
69464 महेन्द्र वीरविक्रम शाहदेव ना. नेपालका शाह वंशका आठौँ राजा (जन्म: १९७७ - मृत्युः २०२८ )।
69465 महेश ना. १. महादेव।
69466 महेश ना. २. परमेश्वर।
69467 महेश्वर ना. १. परमेश्वर।
69468 महेश्वर ना. २. शिव।
69469 महेश्वरी ना. दुर्गा।
69470 महोत्तरी ना. नेपालको जनकपुर अञ्चलअन्तर्गत पर्ने तराई भागको एक जिल्ला।
69471 महोत्सव ना. धेरै ठुलो उत्सव; सजधजपूर्वकको विशेष समारोह।
69472 महोदधि ना. महासागर।
69473 महोदय ना. १. महान् उदय; ठुलो उन्नति।
69474 महोदय ना. २. आफूभन्दा ठुला व्यक्ति वा मान्यजनलाई आदरपूर्वक गरिने सम्बोधन; महानुभाव।
69475 महोपाध्याय ना. ठुला उपाध्याय; प्रधानअध्यापक।
69476 महौषध ना. १. विशेष गुणकारी औषधी।
69477 महौषध ना. २. सूठो।
69478 महौषध ना. ३. पिपला।
69479 महौषध ना. ४. लसुन।
69480 महौषध ना. ५. वत्सनाभ।
69481 महौषधि/महौषधी ना. १. विशिष्ट प्रकारको अमोघ औषधी; अचुक दबाई।
69482 महौषधि/महौषधी ना. २. दुबो।
69483 महौषधि/महौषधी ना. ३. अतिबला।
69484 मा१ ना. १. धनकी देवी; लक्ष्मी।
69485 मा१ ना. २. 'आमा' - को छोटकरी रूप (सानीमा, ठुलीमा इ.)।
69486 मा२ ना. चौकोसको ठाडो काठ।
69487 मा३ विभ. अधिकरण कारक वा सप्तमी विभक्तिको चिह्न; कुनै शब्दका पछाडि जोडिएर त्यसभित्र, त्यसउपर आदि अर्थ बुझाउने प्रत्यय वा रूप (घरमा, कोठामा, रुखमा इ.)।
69488 मांस ना. १. प्राणीका शरीरमा छाला र हाडका बिचमा रहने नरम पदार्थ; मासु।
69489 मांस ना. २. फलफूलका बोक्रा र बियाँका बिचमा रहने नरम पदार्थ; गुदी।
69490 मांसक्षय ना. शरीरको मासु क्रमशः सुक्तै जाने प्रक्रिया; सुकेनाश।
69491 मांसपट ना. कलेजो, मुटु र फोक्सोलाई आन्द्राभुँडीसँग छुट्ट्याउने मांसपेशीको पातलो पर्दा ।
69492 मांसपिण्ड ना. मांसपेशी।
69493 मांसपुटिका ना. शरीरको कुनै स्थानबाट निस्कने, एकातिर बन्द भएको तर अर्कातिर झोलीजस्तो आकारको मासुको थैली; मासुको लोती।
69494 मांसपेशी ना. शरीरका विभिन्न भागमा रहने मासुका लोला; मांसपिण्ड; मसल।
69495 मांसभक्षी वि. मासु खाने; मांसाहारी; मासभोजी।
69496 मांसभोजी वि. मांसभक्षी।
69497 मांसल वि. १. मासुको भाग धेरै भएको; मांसपूर्ण।
69498 मांसल वि. २. मोटोघाटो; बलियो; हृष्टपुष्ट।
69499 मांसाहारी वि. १. मासु खाने; मांसभोजी।
69500 मांसाहारी वि. २. मासु खाएर जीवननिर्वाह गर्ने; मासुकै आहारा भएको।