Dictionary

All Word

69401 महासामन्त ना. लिच्छविकालमा सामन्तभन्दा उच्च ओहदामा रहेको शासनभार सँभाल्ने प्रमुख उच्चाधिकारी।
69402 महासाहसिक वि. १. ठुलो साहस गर्ने; अतिसाहसी। ना.
69403 महासाहसिक वि. २. बलपूर्वक अर्काको धनमाल हरण गर्ने व्यक्ति; डाँकू।
69404 महासेनानी ना. शाही सेनाको उच्च तहको एक पद; कर्णेल; कर्नेल।
69405 महास्नान ना. १. विशेष अवसर वा पर्वमा वैदिक मन्त्रोच्चारण गरी पञ्चामृत आदिद्वारा देवमूर्ति, प्रतिमा आदिलाई गराइने स्नान।
69406 महास्नान ना. २. ॠषितर्पणीका दिन नदी आदिमा गएर महासङ्कल्पका विधिले गरिने स्नान।
69407 महाहार ना. राजामहाराजाहरूले राजकीय वेशभूषाका साथ लगाउने विशेष प्रकारको रत्न वा हार।
69408 महिना ना. वर्षको बाह्र भागको एक भाग; प्रायः तिस दिन र घटबढ हुँदा उनन्तीसदेखि बत्तिस दिनसम्मको हुने अवधि; मास।
69409 महिनावारी वि. १. महिनामहिनाको; प्रत्येक महिनाको। ना.
69410 महिनावारी वि. २. मासिक स्राव हुने; नछुने।
69411 महिनावारी वि. ३. मासिक वेतन; तलब।
69412 महिनामारी वि. महिना पूरा भएपछि पाइने (तलब आदि)।
69413 महिमा ना. १. माहात्म्य; प्रशंसा।
69414 महिमा ना. २. कीर्ति; यश; ख्याति।
69415 महिमा ना. ३. प्रभाव; प्रताप।
69416 महिमा ना. ४. अष्टसिद्धिमध्ये एक।
69417 महिमा ना. ५. उच्च पदवी; ठुलो मान।
69418 महिमान्वित वि. महिमाले युक्त भएको; महिमामण्डित।
69419 महिमा मण्डितमय वि. महिमा भएको; महिमायुक्त।
69420 महिमावान् वि. महिमाले युक्त; महिमा भएको; गौरवशाली।
69421 महिला ना. १. स्त्री; नारी; आइमाई।
69422 महिला ना. २. भद्र नारी।
69423 महिला ना. ३. प्रियंगु नामको लहरो।
69424 महिला ना. ४. एक सुगन्धित वृक्ष।
69425 महिला दीर्घा ना. सभाघरहरूमा महिलावर्गका निम्ति बस्न बनाइएको ठाउँ।
69426 महिला सङ्गठन ना. महिलाहरूको अधिकार तथा हितको संरक्षणका निम्ति बनेको, वर्गीय सङ्गठनको एक अङ्ग।
69427 महिष ना. १. राँगो।
69428 महिष ना. २. महिषासुर दानव।
69429 महिष ना. ३. ठुलठुला कत्ला हुने मोटो खालको एक जातको माछो।
69430 महिषासुर ना. मार्कण्डेय पुराणका अनुसार दुर्गाले मारेको राँगाको आकारको एक दानव।
69431 महिषी ना. १. राजाका साथ अभिषेक भएकी पटरानी; महाराज्ञी।
69432 महिषी ना. २. भैँसी।
69433 मही१ ना. दही, नौनी झिकिसकेपछि रहन गएको तरल पेय पदार्थ; मोही; छान्ना; मट्ठा।
69434 मही२ ना. १. धरती; पृथ्वी।
69435 मही२ ना. २. माटो; भूमि।
69436 मही२ ना. ३. भूसम्पत्ति।
69437 मही२ ना. ४. राज्य; देश।
69438 महीतल ना. संसार; धरातल।
69439 महीतिघ्रे वि. त्यसै पनि ठुलठुला तिघ्रा लागेको; भुसतिघ्रे।
69440 महीधर ना. १. पहाड।
69441 महीधर ना. २. विष्णु।
69442 महीप/महीपति ना. पृथ्वीका अधिपति; राजा।
69443 महीपाल ना. राजा।
69444 महीपुत्र ना. १. भौम; मङ्गल ग्रह।
69445 महीपुत्र ना. २. खेतीवाल; कृषक।
69446 महीपुत्र ना. ३. नरकासुर।
69447 महीश ना. राजा।
69448 महुवर ना. सपेरा, इन्द्रजाली आदिले बजाउने तुम्बासमेत भएको एक किसिमको मुरली।
69449 महुवा ना. सेता फूल फुल्ने, चिउलीजस्ता फल फल्ने, सालका जस्ता ठुलठुला पात हुने एक रुख वा त्यसको फल।
69450 महेन्द्र ना. १. महान् इन्द्र।