Dictionary

All Word

69501 मांसाहारी वि. ३. हिंस्रक।
69502 मांसोपजीवी ना. मासुको बिक्री गरेर जीविका गर्ने व्यक्ति; बकरे।
69503 माइक ना. खास गरी विद्युत्तरङ्गद्वारा ध्वनिलाई ठुलो पार्ने एक यान्त्रिक उपकरण; ध्वनिप्रसारक यन्त्र; माइक्रोफोन।
69504 माइकोराइजा ना. बोटबिरुवाको जरामा ढुसी लागी हुर्कन बाधा पुऱ्याउने रोगविशेष।
69505 माइक्रोफोन ना. हे. माइक।
69506 माइक्रोवेभ ना. १. जमिनको तल्लो तथा उपल्लो सतहको सूक्ष्म तरङ्ग।
69507 माइक्रोवेभ ना. २. दूरसञ्चार-व्यवस्थाको सन्देश-प्रसारणको एक प्रणाली।
69508 माइजू/माइज्यू ना. मामाकी पत्नी; मातुली।
69509 माइजू/माइज्यू चेली ना. मामाकी छोरी।
69510 माइजू/माइज्यू चेलो मामाको छोरो।
69511 माइत ना. विवाहिता नारीको आमाबाबु वा दाजुभाइको घर; माइतीको घर; नारीको पितृमातृगृह।
69512 माइती ना. विवाहिता नारीको बाबुआमाको घर; माइत।
69513 माइतो ना. पिङ खेल्दा पाइतोसँग अनुप्रास मिलाउन चलाइएको माइत शब्दको रूप।
69514 माइल ना. १७६० गज बराबरको रैखिक माप वा परिमाण; मिल।
69515 माइलखुट्टी ना. एक निर्धारित स्थानबाट माइलमा दुरी देखाउन निर्धारित ठाउँहरूमा गाडिने ढुङ्गो वा स्तम्भ; कोसे ढुङ्गो (माइल स्टोन)।
69516 माइली वि. हे. माहिली।
69517 माइलो वि. हे. माहिलो।
69518 माई ना. १. माता; आमा।
69519 माई ना. २. आराध्या स्त्रीदेवता; देवी।
69520 माई ना. ३. सन्न्यासिनी; जोगिनी।
69521 माई ना. ४. शीतला; बिफर।
69522 माईबेनी ना. इलामका माई र जोगमाई दुई नदीका दोभानको माघभरि मेला लाग्ने स्थान।
69523 माउ ना. १. आमा (पशुपक्षी, किराफटेङ्ग्रा आदिको); पोथी पशुपक्षी।
69524 माउ ना. २. घरपरिवारको मुख्य मानिस, थकाली।
69525 माउ ना. ३. चित्रो, मान्द्रो, गुन्द्री आदि बुन्दा टिपिने तीनवटा चोया वा धागो।
69526 माउ ना. ४. ट्रली वा रेल तान्ने इन्जिन।
69527 माउ ना. ५. ऊनी लुगा, कागज आदि काट्ने किरो। वि.
69528 माउ ना. ६. मुख्य; प्रमुख।
69529 माउ कस्तूरी ना. कस्तूरीको माउ; पोथी कस्तूरी।
69530 माउकुरो ना. मातृभाषा; मातृबोली।
69531 माउते ना. हे. माहुते।
69532 माउथलो ना. १. कुनै जाति, भाषा आदिको पहिलो मुख्य ठाउँ; मूल स्थान; उद्‍गमस्थल।
69533 माउथलो ना. २. मातृभूमि।
69534 माउर ना. हे. माहुर।
69535 माउरी ना. माहुरी; मौरी।
69536 माउसुली ना. घरकोठाका दलिन र भित्ताभित्ता टाँसिएर दगुर्ने, भुसुना, किरा आदि टिपेर खाने, छेपाराको जातको लाम्चो किरो; घरछेपारो।
69537 माऊ ना. हे. माउ।
69538 माकल ना. बाँदर; लङ्गुर।
69539 माकल टोपी ना. चेहराबाहेक कपालको सम्पूर्ण भाग छोप्ने, न्यानो खालको बाँदरमुखे टोपी।
69540 माकुरा ना. हे. माकुरो।
69541 माकुराको जालो ना. १. साह्रै फितलो जाल वा षड्यन्त्र।
69542 माकुराको जालो ना. २. माकुराको जाल।
69543 माकुराजाले वि. माकुराको जालोजस्तो गोलागोला मसिना रेखा भएको (बुट्टा, पछ्यौरा आदि)।
69544 माकुरी ना. १. माडबारीका जस्तो आकारको, बिचमा युँ जडिएको, कानमा लगाउने एक प्रकारको गहना।
69545 माकुरी ना. २. भाद्र शुक्ल पञ्चमीका दिन स्वास्नी मानिसहरूद्वारा सप्तर्षिलाई चढाइने एक प्रकारको फूल।
69546 माकुरे वि. माकुरोजस्तो; माकुराका छाँटको।
69547 माकुरे यान ना. वैज्ञानिकहरूले चन्द्रमामा पदार्पण गर्दा प्रयोगमा ल्याएको माकुराका आकारको यान (लुनार)।
69548 माकुरो ना. शरीरको पछिल्लो भागबाट च्यापच्याप परेको ज्यादै मसिनो तन्तु निकालेर जाल बनाई झिँगा, भुसुना आदि ससाना किराहरू अल्झाएर खाने एक जातको आठखुट्टे किरो।
69549 माक्षिक ना. १. मह; मधु।
69550 माक्षिक ना. २. रूपामक्खी।