Dictionary

All Word

69551 माक्षिक ना. ३. सुनामक्खी।
69552 माखा ना. हे. माखो।
69553 माखामुन्द्रो ना. कानमा गहनाका रूपमा लगाइने माखाका आकारको गहना।
69554 माखे वि. माखोजस्तो; माखाका आकारको।
69555 माखेसाङ्लो ना. १. दुईतिरबाट च्यापेर बिचमा अँठ्याउने काम वा काइदा।
69556 माखेसाङ्लो ना. २. रहस्य वा मेसो थाहा नपाई फुकाउन नसकिने एक किसिमको साङ्ली।
69557 माखेसाङ्लो ना. ३. त्यस्तै अप्ठेरो वा उम्कन नसकिने अवस्था; जटिल समस्या; असमञ्जस स्थिति।
69558 माखो ना. १. झिँगो; मक्षिका।
69559 माखो ना. २. नाकमा लाइने एक प्रकारको गहना।
69560 माखेमुन्द्रो ना. गरगहना।
69561 माख्ले ना. धान कुटेर वा मकै पिनेर चामल, च्याँख्ला बनाउँदा आउने वस्तु; कनिका।
69562 माग्नु स.क्रि. १. कुनै कुरो पाउनका निम्ति कसैसित प्रार्थना गर्नु; याचना गर्नु।
69563 माग्नु स.क्रि. २. गरिब वा दरिद्रले अन्न, वस्त्र, पैसा आदि पाऊँ भनेर प्रार्थना गर्नु; भिक्षा गर्नु।
69564 माग्नु स.क्रि. ३. अधिकार वा यस्तै कुनै कामकुरोका लागि प्रार्थना गर्नु; माग गर्नु।
69565 माग ना. १. माग्ने काम; याचना; प्रार्थना।
69566 माग ना. २. आग्रह जनाएर गरिने अनुरोध; अधिकारपूर्वक मागिएको कुनै कुरो।
69567 माग ना. ३. कुनै कुराको विशेष आवश्यकता वा खाँचो।
69568 मागढोल ना. जे पाए पनि माग्ने काम; यताउति घुमेर माग्ने काम।
69569 मागपूर्ति ना. चाहनाको पूर्ति; खाँचोपूर्ति।
69570 मागमुग ना. माग्नेवर्ने काम; माङमुङ।
69571 मागधी ना. १. प्राकृत भाषाको एक भेद। वि.
69572 मागधी ना. २. मगध देश; मगध देशसम्बन्धी।
69573 माग फाराम ना. कार्यालयहरूमा कागज, मसी आदि मसलन्द तथा अन्य सामग्रीहरू प्राप्त गर्न सामानको विवरण खोली भरिने एक प्रकारको फाराम।
69574 मागल ना. विवाह आदि मङ्गलकार्यमा गाइने गीत; महाल।
69575 मागलिनी ना. मागल गाउने कन्या र ऐभाँती नारी।
69576 मागिनु क.क्रि. याचना गरिनु; भिक्षा थापिनु।
69577 माग्ने वि. १. माग वा प्रार्थना गर्ने। ना.
69578 माग्ने वि. २. घरघर मागेर जीवननिर्वाह गर्ने व्यक्ति; मगन्ते; भिक्षुक।
69579 माग्ने वि. ३. नामको पछिल्तिर जोडिई कार्यभागी भएको बुझाउने शब्द (भनाइमाग्ने पोलाइमाग्ने आदि)।
69580 माघ ना. १. पुसपछि र फागुन अघिको महिना।
69581 माघ ना. २. कालिदास, भारविकै कोटिका संस्कृति साहित्यका ठुला कवि।
69582 माघे वि. १. माघ महिनाको; माघ महिनासम्बन्धी।
69583 माघे वि. २. माघ महिनामा पर्ने वा हुने।
69584 माघे झरी ना. माघ महिनामा पर्ने झरी।
69585 माघे ठिही ना. माघ महिनाको ज्यादै ठिहिऱ्याउने जाडो; अति जाडो।
69586 माघे सग्राँती ना. चेलीतिहार।
69587 माङ्गलिक वि. १. मङ्गलसूचक; मङ्गलसम्बन्धी; शुभ।
69588 माङ्गलिक वि. २. सौभाग्यशाली। ना.
69589 माङ्गलिक वि. ३. नाटक आदिमा प्रारम्भमै मङ्गलपाठ गर्ने पात्र।
69590 माङ्गल्य वि. १. मङ्गलकारक; शुभ।
69591 माङ्गल्य वि. २. भाग्यवान्। ना.
69592 माङ्गल्य वि. ३. मङ्गल हुनाको भाव वा अवस्था।
69593 माङबा ना. लिम्बूजातिमा भूतप्रेत आदि मन्साउने पुरोहित।
69594 माच ना. बस्तुभाउलाई खुवाउनका निम्ति घाँस, पराल आदि सुरक्षित राख्न बनाइने अग्लो टार; टौवा; मचान।
69595 माचाङ्गी वि. हे. मानचङ्गी।
69596 माछा ना. हे. माछो।
69597 माछाकत्ले वि. माछाको कत्लाजस्तो (बुट्टा, भुईँ आदि)।
69598 माछाकाँडे वि. माछाको काँडाजस्तो भएको; माछाको काँडाको आकारको (सियाको टाँका, बुट्टा, कपाल आदि)।
69599 माछाभाला ना. माछा मार्ने एक प्रकारको भाला।
69600 माछो ना. १. पानीभित्र रहने, चिसो रगत साथै प्रायः कत्ला पनि हुने विभिन्न आकारप्रकारमा पाइने, खाद्योपयोगी एक जलजन्तु; माछा।